"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
 
'''नारायणगोपाल''' (वि. सं. [[सन् १९९६|१९९६]] [[असोज १८]] - [[२०४७]] [[मङ्सीर १९]])(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम '''नारायणगोपाल गुरुवाचार्य''', एक सफल तथा ख्यातिप्राप्त नेपाली [[आधुनिक संगीत|आधुनिक]] गायक हुन्। उनलाई नेपालको '''स्वरसम्राट'''को उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्।{{citation needed}}
नारायणगोपाल [[नेपाली भाषा]]का पहिलो पुस्ताका गायक हुन्, जसले गायनलाई पेशाको रूपमा अङ्गाले।{{citation needed}} उनले १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्।{{citation needed}} उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन्। नारायणगोपाल गुरुबाचार्यको जन्म [[वि.सं.]] १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा [[काठमाडौं]]को किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले [[मानविकी शास्त्र]]मा [[स्नातकोत्तर]] गरे। भारतको बडोदामा शास्त्रीय [[सङ्गीत|संगीत]]को अध्ययन थालेर पूरा नगर्दै छाडे। डिस्क र टेपमा गरी जम्मा १ सय ३६ वटा गीतहरू रेकर्ड गराए।{{citation needed}}
 
==गायन यात्राको सुरुवात==
पङ्क्ति २८:
‍‍==बीसको दशकमा उनको शालीनता==
नेपाली सुगम संगीत बीसको दशका स्वर्णिम युगमा प्रवेश गरिसकेको थियो। यो समय नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत खोजेर रचेर गाउन थालिसकेको कालावधि थियो। यही समय पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो। यसलाई जित्न वा छोप्न नेपाली गीतिजगतमा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो, यही क्रममा नारायणगोपालले [[गोपाल योञ्जन]]सँग मिलेर असाध्यै लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए। बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता गीतले [[गोपाल योञ्जन]]लाई नयाँ जीवन दियो भने नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा विशेष स्थान बनाए र उनी एकाएक नेपाली युवाका नायक बन्न पुगे। उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिएनन् र उनले मानक खडा गरे। यही समय उनी हरेक संगीतकार प्रिय गायक भए। त्यतिवेला उनले युग बनिसकेका संगीतकार नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, धर्मराज थापाजस्ता साधकका गीतलाई कण्ठबाटै गाए र उनी नेपाली सुगम संगीतका एक छवि बन्न पुगे। उनलाई चेतनाका गायक पनि भन्न थालियो।
बीस दशकमै उनले आफ्ना प्रशंसिका पेमालासँग विवाह गरेपछि उनको बसाइँ केही समय पोखरा, केही समय हेटौँडा भयो, यसै सन्दर्भमा उनको पोखरामा कवि [[भूपि शेरचन|भूपी शेरचन]]सँग र हेटौँडामा गीतकार संगीतकार भीम विरागसँग उठबस सुरु भयो यसको परिणमतः उनले ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै संगीतमा गाएर कालजयी बनाए, भूपी शेरचनको सानै हुरीमा बैँसको सपना, अल्झेछ क्यारे पछ्यौरी, तिम्रो चियाको बुट्टामा र भीम विरागको रचना र संगीतमा तिमीले पनि मजस्तै माया दिएर हेर गाए।
प्रेम बिवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मितज्यू [[गोपाल योञ्जन]]लाई जान्छ। यी दुवैले उनलाई आआफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्कोले राम्रो गीत गाउन।
 
पङ्क्ति ६१:
* वि. सं. २०४८ सालमा [[त्रिशक्ति पट्ट|त्रिशक्तिपट्ट, तेस्रो]] (मरणोपरान्त)
 
खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्‍यो कि बजाउन थालिहाल्ने खालको उनको बानी र शौख थिए। बागीनाको प्रकाशक तथा [[सांस्कृतिक संस्थान]]का महाप्रबन्धक, [[सञ्चार मन्त्रालय]]मा सल्लाहकारसमेत भएका नारायण गोपालले गीति नाटकको कथा ''कान्छी मस्याङ'' लेखेका थिए। उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे [[बीरवीर अस्पताल|बीर हस्पिटल]]मा भएको भयो।
 
===प्रमुख एल्बमहरू===