"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४४:
 
==धुलेश्वर मन्दिर परिसर==
धुलेश्वर मन्दिर परिसरमा ज्वालाघर, भैरव मन्दिर, मष्टा मन्दिर, गाधीघर र शिव मन्दिर रहेका छन् । ज्वालाघरमा २ वटा नेपाली भाषाको शिलालेख रहेका छन्। शिलालेखमा लेखिएका अधिकांश अक्षरहरू पढ्न नसकिने अवस्थामा छन्। एक शिलालेखमा महाराजा राजेन्द्रले शाके संवत १७४८ मा स्थापना गरेको धुलेश्वर देवताको मन्दिर भन्ने लेखेको पढ्न सकिन्छ भने अर्को शिलालेखमा शाके संवत १७७८ मा करनेल कुलमान सिंह बस्नेतले छानो हाली बनाएको देवस्थल हो भन्ने पढ्न सकिन्छ। मन्दिरमा भएका अधिकांश पुरातात्वीक सामानहरू द्वन्दकालमा [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|माओवादी]]ले कब्जा गरेर लगिसकेका छन्। २०६७ चैत्र २६ गतेको रात्री ज्वालाघरको ताल्चा भाँचेर यहाँ राखेका नरपतेश्वर महादेवको मूर्ती र शिव परिवारको मूर्तीहरू चोरी भएका छन्। यसको सरोकारवालाबाट आजसम्म कुनै पनि पहल भएको छैन। हुनत पहिले पनि २०३७ सालमा उक्त मूर्तीहरू चोरी भएका थिए साढे तिन बर्ष पछी यी मूर्तीहरू [[छामगाड खोला|छामघाट खोला]]मा भेटिएका थिए। ज्वालाघर नै यहाँको मुख्य मन्दिर हो। ज्वालाघरको भित्र कुंडमा होम गर्दा जमिनबाट हावाको साथमा धुलो निस्किने भएकोले यो स्थानको नाम धुलेश्वर पर्न गएको हो। धुलेश्वर मन्दिर परिसरमा रहेको शिव मन्दिरको वीचमा शिवलिंग अवस्थित छ। शिवलिंगको एक पट्टी बसाह (नंदीश्वर) र अर्को पट्टी सिंह छन्। मन्दिर परिसरमा रहेको काल भैरव मन्दिरमा काल भैरव, बाल भैरव र बटुक भैरवका शिला (मुर्ती)हरू राखिएका छन्। काल भैरवलाई जिव बली दिएर पूजा गर्ने परम्परा छ भने बाल भैरव र बटुक भैरवलाई गाईको दुधको धार दिएर पूजा गरिन्छ। मन्दिर परिसरमा रहेको मष्टा मन्दिरमा मष्टा देवताको शिला रहेको छ। बाल भैरव र बटुक भैरव जस्तै मष्टा देवतालाई पनि गाईको दुधको भोग लगाएर पूजा गर्ने प्रचलन रहेको छ। यी देवताहरूलाई मुख्य पूजा गरिने दिन [[चैते दशैं|चैते दशैं]] र [[दशैं|बडा दशैं]]मा मात्र भोग लगाईन्छ भने अन्य दिन नित्य पूजा गर्दा धुप, दिप र नैवद्य चढाउने परम्परा छ। मन्दिर परिसरमा रहेको गाधीघरमा तिर्थयात्रीहरूको लागी खाने र बस्ने सुविधा रहेको छ। गाधीघरको जिर्णोद्धार २०५५ सालमा भएको थियो। चैते दशैं र बडा दशैंमा विशेष पूजाको दिनमा यहाँ श्रद्वालुहरूको घुइंचो लाग्ने गर्दछ। कुमार पूजारीले मात्र पूजा गर्ने परम्परा रहेको धुलेश्वर मन्दिरमा बिहान र बेलुका नित्य पूजा गरिन्छ।
 
== अन्य स्थलहरू==
पङ्क्ति ५५:
 
==कसरी पुग्ने?==
धुलेश्वर मन्दिर जानको लागी [[कर्णाली राजमार्ग]] अथवा मध्य पहाडी मार्ग भएर दैलेखको दुल्लुसम्म बस अथवा मोटरसम्म पुग्न सकिन्छ। दुल्लुबाट डाडीमाडी जाने सहायक मोटर मार्ग धुलेश्वर मन्दिर भएर जाने भएकोले मन्दिरको प्रवेस द्वारसम्म गाडीको सुविधा रहेको छ। यदी दुल्लुबाट पैदल गएमा करिब एक घंटामा धुलेश्वर मन्दिर पुग्न सकिन्छ। पैदल गएमा [[खस]] राजा नागराजको सितकालिन राजधानी अथवा बाइसे, चौबिसे राज्यकालको पश्चिम नेपालको बलियो राज्य दुल्लु स्थित नेपाली भाषाको पहिलो शिलालेख [[कृतिखम्बाकीर्तिखम्बा|कृतिखम्ब]], धर्मगद्धी दुल्लु दरबारको भगनावसेस, पौवा, बाल नरसिंह कुँवरको समाधी स्थल बालेश्वर मन्दिर, आदी धार्मिक तथा ऐतिहासीक स्थलहरूको रमाइलो दृष्यालोकन पनि हुने भएकाले पैदल हिंड्न असक्त व्याक्तीहरू बाहेक अरूले दुल्लुबाट धुलेश्वरसम्म पैदल गएमा नै आनन्द हुन सक्छ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित