"विकिपिडिया:लेख शीर्षकहरू" का संशोधनहरू बिचको अन्तर

→‎नेपाली-भाषामा शीर्षकहरू: शीर्षक स्तर सुधार
पङ्क्ति ८३:
{{Main|विकिपिडिया:नेपालीमा सामान्य त्रुटिहरू}}
 
====नुक्ता (़)====
नेपाली भाषामा नुक्ता वा तलथोप्लीको प्रयोग गरिँदैन। खासगरि नुक्ताको प्रयोग नेपालभित्र बोलिने हिन्दी, उर्दु तथा मैथिली भाषामा रहेतापनि नेपालीमा यस्को प्रयोग देखिँदैन। उदाहरणको लागि
* काकड़भिट्टा = काकडभिट्टा (नेपाली)
पङ्क्ति ९२:
नेपाली भाषामा 'ड़' र 'ढ़' लाई 'ड' र 'ढ' कै परिपुरक वितरणमा आउने ध्वनि मानिएको हुँदा यी वर्णहरू 'ड' र 'ढ' कै संवर्ण हुन् र यस्तो परिवर्तनलाई मुक्तपरिवर्तन भनिएको छ। तसर्थ यी वर्णहरू ध्वन्यात्मक रूपमा भिन्न सुनिए पनि वर्णात्मक रूपमा फरक लेखिँदैनन्। तथापि दार्जीलिङ तथा सिक्किम तिरको नेपाली भाषामा 'ड़' र 'ढ़' प्रयोग गर्ने अभ्यास रहेको देखिन्छ। तसर्थ त्यस क्षेत्र विशेषको शब्दहरूमा 'ड़' र 'ढ़' को प्रयोग भए त्यसलाई अनुचित मानिने छैन्।
 
====अवग्रह (ऽ)====
अवग्रहको प्रयोग संस्कृत भाषामा व्यापक रूपले गरिएतापनि नेपालीमा यसलाई प्रयोग गर्नुहुँदैन। अवग्रहले सन्धि विशेषको कारण विलुप्त भएको 'अ' लाई प्रदर्शित गर्नको लागि प्रयोग गरिन्छ। उदाहरणको लागि
* शिवोऽहम् (संस्कृत) - शिवोहम (नेपाली)
 
====ॲ र ऑ====
यी दुई वटा वर्णहरू मराठी र कोङ्कणीमा प्रयोग गरिन्छन् जसको ISO 15919 लिप्यन्तरण क्रमशः ê र ô हुन्छ। यी वर्णहरूको प्रयोग हिन्दी भाषामा मुलतः अङ्ग्रेजी मूल उच्चारणकै स्वरूपमा उच्चारणीय वर्ण लेखनको लागि गरिन्छ। जस्तै - डॉलर dôlar, "dollar", ऑस्ट्रेलिया aôstreliya ''australia'' । तथापि नेपाली भाषामा यी वर्णहरूको प्रयोग नहुने हुनाले त्यसको प्रयोग गर्नुहुँदैन।
 
====विसर्ग (ः)====
संस्कृत भाषामा बढी प्रयोग हुने विसर्ग स्वर अपवाद बाहेक नेपाली भाषामा यस चिह्नको प्रयोग न्यून रहेकोले यसलाई ती शब्दहरू बाहेकमा प्रयोग गर्नुहुँदैन। उदाहरणको लागि दुःख, वस्तुतः, अतः, क्रमशः, निःसन्देह, प्रायः
 
====शीर्षकमा हलन्त (्) को प्रयोग====
शब्दको अन्तमा व्यञ्जनवर्ण हलन्त रूपमा आएमा त्यहाँ हलन्त चिह्नको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको प्रयोग हुँदै आएको छ। जस्तै [[तत्सम]] शब्दहरू- श्रीमान्, विद्वान्, बृहत्, स्वागतम्, पृथक् आदि। सामान्यतया संस्कृत शब्दहरूको अन्तमा आउने हलन्तलाई छोड्न सकिन्छ जस्तै - ‘संसद्’को ठाउँमा संसद, ‘महान्’को ठाउँमा महान गर्न सकिन्छ। तर लेखको शीर्षक यदि शुद्ध रूपमा हलन्तयुक्त नै हो भने हलन्तरूप मैँ राख्नुहोस् जस्तै - रामेश्वरम् र हलन्त नभएको नामलाई हलन्त भएको नाममा पुनर्निर्देशित गर्नुहोस्।
 
====अर्द्धविराम (;), पूर्णविराम (।), विकल्पबोधक चिह्न (/), प्रश्नवाचक चिह्न (?), विस्मयादिबोधक चिह्न वा उद्गार चिह्न (!), निर्देशन चिह्न (:-) र उद्धरण चिह्न (‘ ’ वा “ ”)====
विशेष परिस्थिति बाहेक (कम्पनीको नाम- याहु!) नेपाली विकिपिडियाको शीर्षकमा उपरोक्त चिह्नहरूको प्रयोग गर्नुहुँदैन।
 
====अनुस्वार वा शिरबिन्दु (ं)====
'य' देखि 'ह' सम्मका वर्ण (य, र, ल, व, श, ष, स, ह) भन्दा पहिले नासिक्य वर्ण आएमा शिरविन्दु वा अनुस्वार (ं) को प्रयोग गरिन्छ। उदाहरणको लागि अंश शब्द हेरौँ; यसमा श वर्ण भन्दा अघि नासिक्य वर्ण म आउँछ तसर्थ यसलाई अम्श नलेखी अंश लेखिन्छ भन्नु को अर्थ प्रयुक्त नासिक्य वर्णलाई शिरबिन्दुको रूपमा लेखिन्छ। अझ गहिराइबाट हेर्दा अंश शब्दको उच्चारणमा पनि भिन्नता देखिन्छ; कसैले अम्श उच्चारण गर्दछन् भने कसैले अङ्श। अर्थात् उच्चारण सहजताको आधारमा ङ, ञ, ण, न तथा म मध्ये कुनै एक वर्णको प्रयोग गर्न सकिन्छ। अतः कुनै एक नासिक्य वर्णको प्रयोग नगरी शिरबिन्दुकै प्रयोग गर्नुपर्दछ।
 
पङ्क्ति ११७:
पुनश्च: चम्चा, गम्छा, चम्किलो, गम्कनु यी शब्दहरूमा पञ्चम वर्ण ‘म’ आए पनि ‘म’ पछिको वर्ण सोही वर्ग अथवा ‘प’ वर्गको नभएको हुनाले यस्ता शब्दहरूमा ‘म’ लाई जस्ताको त्यस्तै लेख्नुपर्छ। यस्तो अवस्थामा पञ्चम वर्णलाई शिरबिन्दुले बदल्न सकिँदैन; शिरबिन्दुले परिवर्तन गर्दा शब्दको उच्चारण नै फरक पर्न जान्छ। जस्तै - ‘चम्चा’ शब्दलाई ‘चंचा’ लेख्दा पञ्चम वर्ण अनुसार यसको उच्चारण ‘चञ्चा’ हुन जान्छ जुन गलत छ। तसर्थ यस्ता शब्दहरूमा उच्चारण अनुसार कै पञ्चम वर्णको प्रयोग गर्नुपर्दछ।
 
====चन्द्रबिन्दु (ँ)====
जुन स्वरहरूको उच्चारण मुख र नाक दुबै बाट गरिन्छ ती अनुनासिक कहलाइन्छन् र तिनै स्वरहरूलाई लेख्नको लागि अनुनासिकको चिह्न चन्द्रबिन्दु (ँ) को प्रयोग गरिन्छ। यो ध्वनि (अनुनासिक) वास्तवमा छुट्टै वर्ण नभई स्वरहरूको गुण हो। जस्तै- हाँस, काँगियो, चाहिँ, गरिनँ, थिएँ आदि। चन्द्रबिन्दुलाई कुनै पनि वर्णमा परिवर्तित गर्न सकिँदैन तर अनुस्वारलाई वर्णमा परिवर्तित गर्न सकिन्छ। यसरी मुख र नाकको सहायताले उच्चारण हुने अक्षरहरूमा चन्द्रबिन्दुको प्रयोग गर्नुपर्दछ।
 
पङ्क्ति १२५:
लेखको शीर्षक (नाम) को शुद्ध उच्चारण तथा लेखनको दृष्टिबाट पञ्चमाक्षर मैँ राख्नुपर्छ, चाहे त्यो कुनै पनि विषयसँग सम्बन्धित नै किन नहोस्। खोज तथा पुनर्निर्देशनको लागि अनुस्वार (ं) प्रयोग गरी लेखिएको नामलाई पारम्परिक (शुद्ध) पञ्चमाक्षरको आधारमा लेखिएको शीर्षक (नाम) मा पुनर्निर्देशित गर्नुपर्दछ ताकि शुद्ध उच्चारण तथा लेखन रहोस्। उदाहरणको - लागि ‘पंडित’लाई ‘पण्डित’मा पुनर्निर्देशित गर्नु पर्दछ। त्यस्तै - ‘पशुपतिनाथ मंदिर’लाई ‘पशुपतिनाथ मन्दिर’मा पुनर्निर्देशित गर्नु पर्दछ। यसको अतिरिक्त आवश्यक परेमा लेखको शुरुवातमा कोष्ठकमा वैकल्पिक नामको रूपमा सो नामलाई दिन सकिन्छ।
 
====र को विभिन्न रूप====
नेपाली भाषाको वर्णमालामा रहेको 'र' वर्णलाई लेख्न निम्नलिखित तरिकाहरूको प्रयोग गरिन्छ।