"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७३:
कौरबहरु र पाण्डवहरु शस्र बिद्यामा पारंगत भए पछि गुरु दक्षिणाको रुपमा द्रोपदलाई बन्धि बनाएर ल्याउनलाई भने ।
 
पहिले दुर्यधन र उनका भाइहरुलाई पठाए । गुरुले भने जस्तै कार्य पूरा गर्न उनले अह्राए बमोजिम गए । तर पूरा गर्न सकेन । त्यस पछि पाण्डवहरुलाई पठाए । द्रोणले भने जस्तै उनिहरुले द्रुपद र उनका मंत्रिहरुलाई कैदि बनाएर द्रोणलाई बुझाइ दिए । द्रोणले हाँसि हाँसि [[द्रुपद (महाभारत)|द्रुपद]]लाई संबोधन गरी भने – “बडा राजा नडराउ, तीमीलाई केहि गर्ने छैन । केटाकेटीमा हामी संगति थियौँ । तर तिमीले यो कुरा बिर्सेर मलाई अनादर गरेका थियौ । राजा मात्र राजाको साथी हुन सक्छ भनेका थियौ । अब तिम्रो राज्य जितेर म राजा भएको छु । अझ पनि तिम्रो मित्रता पाउन म खोज्द छु । त्यसैले मैले जितेर मेरो भै सकेको राज्यको आधा तिमिलाई दिन्छु । बराबरीमा मात्र मित्रता सम्भव छ भन्ने तिम्रो बिश्वास थियो । अब तिम्रो राज्यको आधा आधा भाग पाएर हामी दुबै जना बाराबरीका भएका छौँ । आफुलाई भएको अनादरको पुरा प्रतिकार भइ सक्यो भन्ने ठानी उनले द्रुपदलाई छाडि दियो र स सम्मान  गरे ।
 
द्रुपदको घमण्ड यसरी गि-यो । घाउ चोट निको हुन्छ तर अनादर भनेको कहिल्यै निको नहुने  भएकोले द्रोण उपरको शत्रुता र उनि माथि रीस फेर्ने इच्छा द्रुपदको मनमा जीवन भर नै रहि रह्यो । राजाले द्रोणलाई मार्ने एउटा छोरा र [[अर्जुन]] सित बिबाह गरी दिन एउटी छोरी बरदान दिन देबताहरुलाई खुशि पार्न यज्ञ, ब्रतहरु गरे । जस्को फल स्वरुप छोरा दृष्टद्युम्न र छोरी [[द्रौपदी]] पाए । उनका प्रयास सफल भए ।
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित