"विकिपिडिया:लेख शीर्षकहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६९:
* [[क्रिस्टियानो रोनाल्डो]]: यी विश्वप्रसिद्ध फुटबल खेलाडीको नामको मूल उच्चारण ‘क्रिस्तिआनो रोनल्दो’ हुने भए पनि नेपाली भाषाको शब्द बनावट तथा उच्चारण सहजता अनुसार ‘क्रिस्तिआनो रोनल्दो’ भन्दा ‘क्रिस्टियानो रोनाल्डो’ नै सहज हुन्छ। साथै नेपाली भाषामा प्रकाशित विभिन्न प्रकाशनहरूमा ‘क्रिस्टियानो रोनाल्डो’ नै प्रचलनमा रहेकोले यही रूपलाई प्रयोगमा ल्याउनु पर्छ।
 
;लिप्यन्तरण परिपाटी सम्बन्धी थप जानकारी [[ध्वन्यात्मक लिप्यन्तरण]]मा हेर्नुहोस्।
 
विदेशी नामलाई नेपालीमा कसरी [[अनुवाद]] गर्ने भन्ने विषयमा निर्णय गर्दा नेपाली भाषाको प्रयोगको नियम, सिद्धान्त र परिपाटीलाई अवलम्बन गर्नुहोस्। यदि त्यस नामको लागि नेपाली-भाषाकरणको कुनै स्थापित नियम वा तरिका नभेटिए सो नामलाई शुद्धतामा ह्रास नआउने गरी र नेपालीभाषी पाठकले बुझ्न सक्ने तथा जनजिब्रोले सजिलै लिनसक्ने रूपमा नेपालीकरण गर्नुपर्दछ (जिब्रोले स्वतः विदेशी शब्द वा नामहरूलाई बोल्न सजिलोको लागि केही परिवर्तन गर्दछ जसकारण हामीले कुनै विदेशी शब्द उच्चारण गर्दा त्यस उच्चारणमा मूल उच्चारणको दाँजोमा स्पष्ट भिन्नता देख्न सक्तछौँ)।