"तेह्रथुम जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →बाह्य लिङ्कहरू: clean up, replaced: == बाहिरी कडीहरू == → == बाह्य लिङ्कहरू == स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १२:
|अग्लो उचाई = २,९६३ मिटर
|होंच उचाई = ३५४ मिटर
|जनजातीहरू = [[ब्राह्मण|बाहुन]], [[क्षेत्री]], [[लिम्बु जाति|लिम्बू]], [[राई जाति|राई]], [[गुरुङ जाति|गुरुङ]]
|भाषाहरू = [[नेपाली]],[[लिम्बु जाति|लिम्बू]], [[राई भाषा|राई]]
|माविसु = ९०
पङ्क्ति १९:
}}
{{DistrictsOfNepal}}
'''तेह्रथुम''' ({{lang-en|[[:en:Tehrathum District|Tehrathum District]]}}{{Audio|Terhathum.ogg|सुन्नुहोस्}} [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्रमा पर्ने एक पहाडी जिल्ला हो। पुरानो जिल्ला विभाजनको "[[भोजपुर जिल्ला (नेपाल)|पूर्व ४ नम्बर]]" भन्दा पनि पूर्वका १७ वटा वरपरका थुम्काहरु मध्येका १३ वटा थुम्काहरुलाई समेटेर यो जिल्लाको नामाकरण गरिएको भए पनि हाल निकै कम "थुम्का"हरू यो जिल्लामा पर्दछन। यो भौगोलिक हिसाबले अलि विकट नै भए पनि पूर्वाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाहरूमध्ये निकै अघि नै सडकले जोडीएको जिल्ला हो। नेपालको "[[चिया क्षेत्र]]"मा पनि पर्ने यो जिल्लामा हाल मुख्य रूपले[[बेमौसमी तरकारी]], [[अदुवा]], [[चिया]], [[दूध|दुध]], [[अकवरे खुर्सानी]], [[सुन्तला]], [[कागती]] तथा औषधीजन्य बहुमुल्य [[जडीबुटी]], [[अम्रिसो|अम्लिसो]](अम्रिसो), [[अलैंची]] लगायतका [[नगदे वाली]]हरू लगाइन्छ।<ref name="nepaldainik.com">http://nepaldainik.com/2011040216970.html</ref>
== जिल्लाको नामाकरण ==
पङ्क्ति ३९:
== जिल्लाको इतिहास ==
तेह्रथुम जिल्लाको नामाकरण [[पृथ्वीनारायण शाह]]ले नेपाल एकिकरण गरी सकेपछि जग्गाको तिरोभरो उठाउने व्यवस्थासँग सम्बन्धित रहेको पाइन्छ। [[पृथ्वीनारायण शाह]]को एकिकरण अभियानको लागि पूर्व क्षेत्रमा खटी आएको [[अभिमान सिंह बस्न्यात|अभिमान सिंह बस्नेत]] नेतृत्वको गोर्खाली सेनाले खुम्बुवान क्षेत्रमा विजय गरेपछी वि.सं.१८३१मा गोर्खाली सैन्यका रामकृष्ण कुंँवरलाई लिम्बुहरूले [[चैनपुर (स्पष्टता)|चैनपुर]]मा बोलाई मेलमिलाप गरी आफूहरू नेपाल सरकारको आश्रयमा बस्न स्वीकार गरेका थिए। यसरी लिम्बुवान क्षेत्र नेपाल अधिराज्यमा समावेश भई सकेपछि गोर्खालीले लिम्बुहरूको रितिथिति तथा अन्य सामाजिक व्यवस्थामा खलल नगर्ने वचन दिएका थिए। लिम्बुवानमा प्रचलित थिति अनुसार [[किपट]]को अमालप्रथा यथावत थामियो। [[किपट]]को राजीनामा नहुने भयो। यहाँका सुब्बाहरूलाई पञ्चखत वाहेक अन्य मुद्दा मामिलाहरू हर्ने र "ठ्रि्रे मुग्रे" गरी दण्ड जरिवाना समेत गर्न पाउने अधिकार हुने गरी [[पृथ्वीनारायण शाह]]बाट लालमोहर बक्स भएको थियो। अव सत्रथुममा रहेको लिम्बुवान क्षेत्रको धनकुटा गौडा अन्तरगत रही तिरो भरो धनकुटा गौडामा बुझाउनु पर्ने भयो। पछि ब्रि्रम संबत १९५२ सालमा सत्रथुम मध्ये मित्लुङ्ग पहाड, जलहरा, बेलहरा, र छथर थुम धनकुटामा रही बाँकी आठर्राई, फेदाप, याङ्गरूप, पाँचथर, ताप्लेजुङ्ग, मेवाखोला, माईखोला, तमोर खोला, पाँचखप्पन, दशमझिया, चैनपुर, सभाउत्तर र संखुवा उत्तर गरी तेह्र (१३) थुमको तिरो उठाउने गरी तेह्रथुम मालको स्थापना भयो।
बि.सं.२०१८ सालमा नेपाल अधिराज्यलाई ७५ जिल्लाहरूमा विभाजन गरिंदा तेह्रथुम माल अन्तरगत पर्ने क्षेत्रलाई ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा र तेह्रथुम गरी चारवटा जिल्लामा छुट्याइयो। १३ वटा थुमहरू मध्ये यस जिल्लामा आठर्राई,फेदाप, माईखोला र साविक धनकुटा जिल्लामा रहेको छथर थुमको पूर्वी भाग मात्रको क्षेत्रफल कायम रहे पनि साविक तिरो उठाउने माल अड्डा यसै जिल्लाको क्षेत्रमा परेको हुँदा यो जिल्लाको नाम पनि तेह्रथुम रहन गएको कुरा ऐतिहासिक तथ्यबाट पुष्टी हुन्छ। बि.सं. २०१८ साल पछि यस जिल्लामा कायम भएका ४२ गाउँ पञ्चायतहरू मध्येबाट तांखुवा र परेवादिन दुई गाउँ पञ्चायतहरू [[धनकुटा जिल्ला]]मा गाभिन गएको छ भने निगुरादिन, फूलवारी, हाङ्गपाङ्ग, चांगे गरी ४ वटा गाउँ पञ्चायतहरू (आठराई थुम अन्तरगत क्षेत्रबाट) र ढुंगेसाँघु, साँघु, फाकुम्वा, थिंलावु ४ वटा गाउँ पञ्चायतहरू (माईखोला थुम क्षेत्रबाट) [[ताप्लेजुङ जिल्ला]]मा गाभिन गएको छ। यसरी हालको तेह्रथुम जिल्लामा आठर्राई,फेदाप र छथर थुम क्षेत्र अन्तरगत पर्ने बाँकी क्षेत्रहरूमात्र रहेको छ। तत्कालिन १३ वटा थुमहरूको प्रशासकीय केन्द्रको रूपमा रहेको तेह्रथुम जिल्लालाई हाल राजनीतिक रूपमा १ निर्वाचन क्षेत्र, ३२ गाविस र ११ वटा इलाकामा बाडिएको छ। <ref>{{cite web|url=http://ddctehrathum.gov.np/infopage.php?pagename=Brief_Introduction|title=संक्षिप्त परिचय |publisher='''जिविस तेह्रथुम'''}}</ref>
|