"तमन्ना भाटिया" का संशोधनहरू बिचको अन्तर

+फिल्मोग्राफी
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २०:
२००५ मा, उनले १५ वर्षको उमेरमा [[बलिउड]] चलचित्र, [[चान्द सा रोशन चेहरा]]बाट अभिनय सुरु गरिन् र [[तेलुगु सिनेमा]] र [[तमिल सिनेमा]]मा काम गर्नु अघि, २००५ मा रिलीज भएको [[अभिजीत सावन्त]]को आपका अभिजीत एल्बमबाट "लफ्जो में" एल्बम गीतमा देखा परिन् । त्यहि वर्ष, तमन्नाले तेलुगु चलचित्रको सुरुवात [[श्री (२००५ चलचित्र)|श्री]]बाट गरिन्, र अर्को वर्ष उनी आफ्नो पहिलो तमिल चलचित्र [[केडी (२००६ चलचित्र)|केडी]]मा देखा परिन् । २००७ मा, उनले दुई कलेज जीवन आधारित नाट्य चलचित्र, तेलुगुमा [[ह्याप्पी डेज (२००७ चलचित्र)|ह्याप्पी डेज]] र तमिलमा [[कल्लोरी]]मा अभिनय गरेकी थिइन् ।
 
उनका परियोजनाहरूमा सफल तमिल चलचित्रहरू [[अयान (चलचित्र)|अयान]] (२००९), [[पईया]] (२०१०), [[सिरुथाई]] (२०११), [[वीरम (२०१४ चलचित्र)|वीरम]] (२०१४), [[धर्मा दुरई (२०१६ चलचित्र)|धर्मा दुरई]] (२०१६), [[देवी (२०१६ चलचित्र)|देवी]] (२०१६), [[स्केच (२०१८ चलचित्र)|स्केच]] (२०१८) र उनको [[तेलुगुतेलगु भाषा|तेलुगु]] चलचित्रहरूमा [[१००% लभ (२०११ चलचित्र)|१००% लभ]] (२०११), [[राचा (चलचित्र)|राचा]] (२०१२), [[तडका]] (२०१३), [[बाहुबली: द बिगिनिङ्ग]] (२०१५), [[बङ्गाल टाइगर (२०१५ चलचित्र)|बङ्गाल टाइगर]] (२०१५), [[ऊपिरी]] (२०१६), [[बाहुबली २: द कन्क्लूजन]] (२०१७), [[एफ २ – फन एन्ड फ्रस्ट्रेसन]] (२०१९) र [[एक्शन (२०१९ चलचित्र)|एक्शन]] (२०१९) शामिल छन् । यसरी उनले आफूलाई तमिल सिनेमा र तेलुगु सिनेमामा अग्रणी समकालीन अभिनेत्रीहरूको रूपमा स्थापित गरिन् । उनी दक्षिण भारतीय सिनेमामा सबैभन्दा धेरै भुक्तानी पाउने अभिनेत्रीहरू मध्ये एक हुन् । उनले तीन विभिन्न भाषाहरूमा लगभग ६० चलचित्रहरू अभिनय गरिसकेकी छिन् ।
 
उनी भारतकी पहिलो अभिनेत्री हुन् जसलाई [[४२ औं स्याटर्न पुरस्कार|स्याटर्न पुरस्कार]]मा [[सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि स्याटर्न पुरस्कार|सर्वश्रेष्ठ सहायक अभिनेत्री]]मा नामाङ्कन गरिएको थियो । उनले २०१७ मा "दयावती मोदी" पुरस्कार पनि प्राप्त गरिन् । उनले भारतीय सिनेमामा उनको योगदानको लागी दक्षिण कोरियाको केआईआईएसआईई अन्तर्राष्ट्रिय विश्वविद्यालयको सहयोगमा सीआईएसी बाट मानद डाक्टरेट पनि प्राप्त गरिन् ।<ref>{{cite web|url=http://www.india.com/showbiz/after-shah-rukh-khan-baahubali-actress-tamannah-bhatia-receives-an-honourary-doctorate-2348119/ |title=Actress Tamannaah Bhatia Receives An Honourary Doctorate |publisher=www.india.com |date=24 July 2017 |accessdate=26 July 2017}}</ref>