"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:Kedar Photo of Doti Bogatan.jpg|thumb|डोटी बोगटानका श्री ठूलाकेदार यहाँ गौतम गोत्रीय चन्द्रवंशी चन्दको महत्व ठूलो हुन्छ, चन्दका कुलसंग सम्बन्धित देवता हुन् ]]
 
'''ठुलो केदार''' नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो । यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई [[गौतम गोत्र|गौतम]] गोत्रिय [[चन्द|चन्दहरू]]ले कुल देवताको रुपमा पूजा गर्दछन् । यो मन्दिर [[बोगटान राज्य|डोटी बोगटान]]मान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् । यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर (माडौं) पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ । ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र [[कार्तिकेय (मोहन्याल)]] मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल [[केदारनाथ]]ले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ । तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ । <ref name="लाना "> केदारका उपमन्यु गोत्रीय पुजारी र करवाला गौतम गोत्रीय ,चन्द्रवंशी बोगटानका चन्द ठकुरी /स्थानीय जानकारहरुका अनुसार । </ref>
*“जान दैत्य वडातोडा मालथलि जान,
*मोहन्याल दैत्यकोदलु कत्यूर ल्यान ।
पङ्क्ति २४:
*यहाँ आएकाहरु केदारको आर्शिवाद र प्रसाद लिएर जान्छन् ।
*यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरुको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई तीर्थस्थल मान्ने गरिन्छ ।
केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरुमा [[बैतडी जिल्ला|बैतडी]] बाट पूर्व आएर बसेका भानादेवको सन्तानका झापर देउका वंशज मानिने गौतम गोत्रीय ,चन्द्रवंशी प्रतिहार [[चन्द]] [[ठकुरी]]हरुले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ । तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी (नायाँ व्यक्ति) ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरुलाई नुहाउ“न र खान पुग्छ । यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् । यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ ।[[चित्र:Thula_Kedar.jpg|thumb|डोटी बोगटानका श्री ठूलाकेदार बाबाको  जात्रा/जांतको दृश्य ]]
[[चित्र:केदार.gpg]]
 
पङ्क्ति ४१:
*ब्रह्मवेताल,
*मसानी,
*साङौडी,[[सौटी देवता|सौडी/सौटी देवता]]
सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् । डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ । ती मोहन्याल लाना केदारमा छन् । तल्लो [[बोगटान]]([[कत्युरी राजवंश|कत्युरी नरेश ]])को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ । डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् । हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो ।
 
== ठूला केदारको दर्शन र अन्य जानकारी सम्बन्ध ==
पङ्क्ति ५८:
<u>कहाँ कहाँ बाट आउँछन यहाँ मेला भर्न</u>
 
यस केदारको मेलामा [[लानाकेदारेश्वर]] तथा [[धिर्कामाण्डौ]] गा०वि०स० का मानिसहरु देवताको करले तथा रमाईलोको लागि पनि आउने गर्छन । किन भने बिशेष गरी यी दुई गा०वि०स० बाट देवताको देउरो आउछ । बाँकी केदारको वरिपरि रहेका गा०वि०स० हरु क्रमश [[सिमचौर]] [[केदारअखडा]] [[कानाचौर]] [[चवाराचौतारा]] [[सातफरी]] [[मान्नाकापडी]] [[बर्छैन]] [[निरौली]] गा०वि०स० का मानिसहरु धेरै जसो आउने गर्छन । श्री केदार बाबाले मनोकामना पूरा गरिदिन्छन भन्ने जनिबश्वासका कारणले यहाँ धेरै टाढा बाट समेत निष्ठा काष्ठाका साथ भगवान शिवजीको नामले ब्रत गरी केदारबो द्शन गर्न अाउने गर्दछन । अझै उल्लेख्य पक्ष त के छ भने नजिकको तिर्थ हेला भनेझैँ यो मन्दिर आसपासका भन्दा टाढा बाट श्रद्धा र भक्तिभावका साथ आउने मानिसहरुको मनोकाँक्षा पूरा हुने गरेको पाईन्छ ।त्यही वास्तबिकतमाको कारण हो कि [[कैलाली जिल्ला|कैलाली]] जिल्लाको विभिन्न स्थानबाट थारु समुदायका मानिसहरु यहाँ हर्क बर्ष अाउने गर्छन । त्यसैमा पनि जसको सन्तान छैनन् त्यस्ता दम्पत्ति एक चोटी ब्रत लिएर आएपछि अर्को पटक कुनै न कुनै सन्थान ल्याएर केदार आउने गरेको वास्तविकता सबै सामू घाम जस्तै छर्लङ्ग छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपालका मन्दिरहरू}}
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित