"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
|image = J.n (2).jpg
|caption = झलनाथ खनाल
|office = [[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|३५ औं प्रधानमन्त्री (नेपाल)]]
|president = [[रामवरण यादव]]
|term_start = वि.सं. २०६७।१०।२३
पङ्क्ति १९:
[[File:JN PM of Nepal.jpg|thumb|200px|left| प्रधानमन्त्री निर्वाचित भएपछि झलनाथ खनाल]]
'''झलनाथ खनाल''' नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन्। २०६७ माघ २०मा प्रधानमन्त्री निर्वाचित भएका खनाल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]का वरिष्ठ नेता पनि हुन्। वि. सं. २००६ साल चैत ६ गते [[इलाम जिल्ला]]को [[साँखेजुङ]]मा जन्मेका खनाल हाल [[इलाम जिल्ला]] क्षेत्र नं. १ बाट [[संविधान सभा]] सदस्यमा निर्वाचित भएका हुन्। <ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>। खनाल पटक पटक मन्त्री पनि भएका थिए। विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिव सम्म भएका थिए। २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै आएका यिनी २०६६ सालको बुटवल अधिवेशन पछि एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्।
[[त्रिभुवन विश्वविद्यालय]]बाट राजनीति शास्त्र र इतिहासमा स्नातक उनले वि.सं. २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए। कम्युनिष्ट पार्टीको सदस्यता लिएसंगै राजनीतिक यात्राको सुरूवात गरेका खनालले ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौं जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसँग जनवादी विवाह गरे। राजनीतिक जीवनको सुरूवातसंगै विज्ञान विषयको शिक्षकका रूपमा जागीरे जीवन बिताए। उनी २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष भएका थिए। राजनीतिमा संलग्न भएकै कारण जागीर गुमाउन बाध्य भएपछि खनाल पूर्णरूपमा राजनीतिमा सकि्रय भएका थिए। २०३४ सालमा नेकपा मालेको स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म लगातार नेकपा मालेको महासचिव रहे। २०४६ सालताका संयुक्त वाममोर्चाको गठनका लागि पनि खनालको नेतृत्वदायी भूमिका थियो। त्यसयता नेकपा एमालेको पाचौं छैठौ र सातौ महाधिवेशनपछि एमालेको केन्द्रीय पोलिटब्यूरो र स्थायी कमिटीमा रहेर काम गरेका खनाल २०६४ सालको [[संविधान सभा]]को निर्वाचनमा नेकपा एमालेले लज्जास्पद पराजय ब्यहोरे लगत्तै तत्कालिन महासचिव माधव नेपालले राजीनामा दिएपछि खनालले एमाले महासचिवको जिम्मेवारी सम्हाले। पछिल्लो पटक [[बुटवल उपमहानगरपालिका|बुटवल]]मा सम्पन्न नेकपा एमालेको आठौ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्। <ref name="ReferenceA">झलनाथ खनालको जीवनी, [[हिमालय टेलिभिजन]], २०६७ माघ २०</ref>
 
== राजनीतिक जीवन ==
पङ्क्ति ३३:
२०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा इलामबाट निर्वार्चित भए। ०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए। २०५४ को छौटौ महाधिवेशनबाट खनाल स्थायी समिति र केन्द्रीय सदस्य निर्वार्चित भए। २०५९ मा तत्कालिन [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]ले सत्ता हातमा लिएपछि उहा केही समय भूमिगत थिए। सोही समय उनी कार्यवाहक महासचिव भएर भूमिगत रूपमा पार्टी सञ्चालन गरेका थिए। उनीले दोस्रो जनआन्दोलनको बेला महत्वपूर्ण भूमिका खेलेका थिए।
 
२०६४ चैतमा भएको संविधानसभाका निर्वाचनमा पार्टीको लज्जाजनक पराजय पछि तत्कालिन महासचिव [[माधवकुमार नेपाल]]ले पद छाडे र उनी महासचिव भए। संविधानसभाका निर्वाचनमा प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत भए। २०६५ साल फागुन [[बुटवल उपमहानगरपालिका|बुटवल]]मा भएको नेकपा एमालेको आठौ महाधिवेशनबाट खनाल अध्यक्षमा निर्वार्चित भएका हुन्। पार्टी भित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्न सवल खनाल अध्ययनशील मानिन्छन्। तर जनसम्पर्कको पक्षमा भने उनी कमजोर रहेको उनी निटक रहेकाहरू बताउँछन्। २०७१ साल असार [[काठमाडौं|काठमाण्डौ]] मा भएको नवौ महाधिवेशनबाट अध्यक्ष पद केपी ओली लाई हस्तान्तरण गरि पार्टीका वरिष्ठ नेता भएका छन् |
 
खनालको राजनीतिक जीवनीका बारेमा [[त्रिभुवन विश्वविद्यालय]] केन्द्रीय नेपाली विभागका भिष्मराज काफ्लेले स्नातकोत्तर तहको शोधपत्र गरेका छन्। रवी लक्ष्मी चित्रकारसँग अन्तर जातीय विवाह गरेको झलनाथको एक छोरा छन्।
२१,१७७

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/783741" बाट अनुप्रेषित