"जेष्ठ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''जेष्ठ''' (जेठ) १२ महिनाहरू मध्यको एक महिना हो । विक्रम संवतका अनुशार जेठ महिनालाई सालको दोस्रो महिना मानिन्छ । यो महिना चन्द्रमास अनुशार बैसाख पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ भने सौर्यमासका अनुशार यो बृष सक्रांतीको दिनबाट सुरु हुन्छ । शाक्य संवत्सरका अनुशार जेठ महिना मेष सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ । सामान्यतया सौर्यमास शुत्रलाई नै व्यवहारमा ल्याएको पाइन्छ। जेठ महिना [[गृष्मग्रीष्म ऋतु|गृष्मऋतु]]को पहिलो महिना हो ।
 
==चाड पर्वहरू==
पङ्क्ति १०:
**ज्येष्ठ [[शुक्ल पक्ष|शुक्ल]] [[षष्ठी]]का दिन कुमार षष्ठी पर्दछ । यस दिनमा उपवास रहेर विन्ध्यवासीनी कुमारषष्ठीको पुजा गर्नाले राम्रो र सुखी सन्तान जन्मिन्छन् भन्ने धारणा छ ।
 
**ज्येष्ठ शुक्ल [[दशमी]]का दिन [[गंगा दशहरा]] पर्दछ। यसै पक्षको आमावस्या देखी दशमी सम्म [[गङ्गा नदी|गंगा नदी]]मा स्नान गरेर दशमीको दिन १० प्रकारका वस्तुहरू दान गरेर १० प्रकारका व्यन्जनहरू सेवन गरेमा दश किसिमका पापहरू नष्ट हुन्छन् भन्ने धारणा रहेको छ । यस दिनमा [[हरिद्वार]]मा गंगा स्नान गर्न देश विदेशका हिन्दूहरूको ठुलो घुइंचो लाग्ने गर्दछ। यसै दिन [[रामेश्वर धाम|रामेश्वरम्]]मा गएर भगवान रामेश्वरको दर्शन गरेमा ब्रह्महत्या नासिन्छ भन्ने शास्त्र सम्मत देखिन्छ। यसै तिथिमा नेपालको [[पाल्पा जिल्ला]]को [[रिडी]]मा भगवान हृषिकेशको उत्सव मनाउने पुरानो परम्परा रहेको छ ।
 
**ज्येष्ठ शुक्ल [[एकादशी तिथि|एकादशी]]को दिनमा निर्जला एकादशी पर्व पर्दछ। यस दिन पानि सहित त्यागेर उपवास बस्ने र [[तुलसी]]को विज रोप्ने कार्यको ठुलो महत्व छ ।
"https://ne.wikipedia.org/wiki/जेष्ठ" बाट अनुप्रेषित