"चिनियाँ नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२:
 
[[Image:Chinese new year copenhagen 2006.JPG|thumb|दक्षिणी चिनमा चिनियाँ नयाँ वर्ष (फेब्रुअरी ३, २०११)]]
'''चिनियाँ नयाँ वर्ष''' (अन्य नाम: '''स्प्रीङ फेस्टिवल''') विश्व भर फैलिएर रहेका [[चीन|चीनियाँ]] जनताका लागि एक महत्वपूर्ण पर्व हो । चीनिया [[पात्रो]] र [[मिती|मिति]]हरू [[सूर्य]]मा आधारित नभई परम्परागत रुपमा [[चन्द्रमा]]मा आधारित हुन्छन् । यो नयाँ वर्ष लुनार (चन्द्रमामा आधारित) पात्रोको शुरूवात संगै सुरु हुन्छ र १५औं दिन लालटिन पर्व (ल्यान्टर्न फेस्टिवल) का साथ अन्त्य हुन्छ ।<ref>{{Cite web|url=http://www.chinahighlights.com/festivals/lantern-festival.htm|title=Chinese Lantern Festival|first=Annie|last=Wu|date=16 February 2016|website=China Highlights|publisher=China Highlights|accessdate=2 June 2016}}</ref>
चीनियाँहरू यो पर्वलाई १५ दिन सम्म मनाउने गर्दछन । बिदाको दिन साँझमा उनीहरू [[परिवार]]मा जम्मा भइ खाना खान आउने गर्दछन । त्यो खानालाई "रेयुनिनल डिनर" भन्ने गरिन्छ । जतिसुकै टाढा भएपनि चीनियाहरू कम्तिमा बर्षमा एकपल्ट यो समय आफ्नो परिवारसँग भेट्ने कोसिस गर्छन । खानामा रमाइलो गर्नुको साथसाथै परिवार सँगै नयाँ वर्षको सन्ध्याको पर्व (New Year Eve's gala) पनि हेर्ने गर्छन । विवाहित छोरीहरू पनि आफ्नो आमाबुबालाई भेट्न माइतमा जाने गर्छन ।