"चन्द" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''चन्द''' नेपालको [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर]] पश्चिम, [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य]] पश्चिम हुँदै नेपाल भरी बसोवास भएका [[चन्द्रवंश|चन्द्र]] वंशी क्षेत्रीय [[ठकुरी]] मध्यको एक थर हो । खासगरी सुदूर पश्चिमको [[बैतडी जिल्ला|बैतडी]]देखी मध्य पश्चिमको [[प्युठान जिल्ला|प्युठान]] हुँदै [[म्याग्दी जिल्ला|म्याग्दी]], [[पोखरा महानगरपालिका|पोखरा]] हुँदै [[काठमाडौं]]सम्म चन्द ठकुरीको बसोवास रहेको देखिन्छ । [[भारत]]का विभिन्न भु-भागहरू मध्य खासगरी [[उत्तराखण्ड|उत्तराखंड]] राज्यको काँगडा, [[गढवाल अधिराज्य|गढवाल]], [[कुमाउँ अधिराज्य|कुमाउँ]], पिथौरागढ हुँदै नेपालको बैतडी तथा सम्पूर्ण नेपालभर फैलिएको यस थरको नेपालमा ऐतिहासिक तथा सामाजिक पहिचान अत्यन्त सवल रहेको देखिन्छ । कालिकुमाउँ, चम्पावत, सिंजावलीगढी हुँदै, काँगडा क्षेत्रमा फैलिएको प्राचिन [[कत्युर राज्य|कत्युर]] राज्यमा आफ्नो आधिपत्य जमाइ राजकाज सुरु गरेका सोमचन्द्र र उनका वंशहरू अहिले भारतका विभिन्न राज्यहरू तथा [[नेपाल]]को काठमाडौंसम्म फैलिएर बसोवास गरिरहेका छन् । नेपालमा चन्द ठकुरीहरूको अत्यन्त सबल सामाजिक अस्तित्व रहेको छ । नेपाली समाजमा राजनिती, व्यपार, सरकारी सेवा आदिमा चन्द ठकुरीहरूको अत्यन्त राम्रो उपस्थिति र इतिहास रहेको छ । यसको प्रारम्भिक श्रेय भारतबाट बैतडी आइ राजकाज थालेका चन्दहरूका पुर्खा रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउलाई जान्छ । तर, आधुनिक समयमा नेपाली समाजमा चन्दवंशको पहिचान बनाउन आधुनिक नेपाली राजनीतिक इतिहासका महान् शहिद [[दशरथ चन्द]]को योगदान सबै भन्दा माथी र अमुल्य रहेको देखिन्छ ।<ref name= "गौतम गोत्र">गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पूस्तक '''[http://madanpuraskar.org/view_book_info.php?id=33414 गौतम गोत्र] वंश परिचय''' पहिलो संस्करण लेखक- राजेश कुमार बटाला</ref>
त्यसपछि चन्द वंशलाई आजको अवस्थासम्म ल्याइ पुर्याउनमा चार पटकसम्म नेपालको प्रधान मन्त्री बनेका [[लोकेन्द्रबहादुर चन्द]]लाई जान्छ । नेपाली साशन व्यवस्थाको बागडोर चार पटकसम्म सम्हाल्ने व्याक्ति लोकेन्द्रबहादुर चन्दको कारणले नेपालका चन्द ठकुरीहरूको सामाजिक अस्तित्व अत्यन्त मजबुत बनेको देखिन्छ ।
उनीपछि विभिन्न चन्दहरू [[नेपाली सेना]], [[नेपाल प्रहरी]], निजामती सेवा, नेपाली राजनिती, व्यापार व्यवसाय आदिमा उच्च पदस्थ भइ कार्य गरिरहेकाले पनि नेपाली समाजमा चन्द ठकुरीको पहिचान र स्थान अत्यन्त सबल देखिन्छ ।<ref name= "गौतम गोत्र"/>
यसैगरी भारतको उत्तराखंड राज्यमा ११ औं शताब्दीदेखि चन्दवंशले १९ औं शताब्दीसम्म शासन गरेकाले त्यस क्षेत्रमा (कुमाउँ, गढवाल, काँगडा, पिथौरागढ, सिंजावलीगढ, चम्पावत आदी) पनि चन्दवंशको सामाजिक स्थान र पहिचान अत्यन्त सबल रहेको देखिन्छ ।<ref name= "गौतम गोत्र"/>
==चन्द वंशको उद्गम==
चन्द ठकुरी [[गौतम गोत्र|गौतम]] गोत्री, कत्यायन [[सूत्र (हिन्दु धर्म)|श्राउतसूत्री]], कत्यान गृहसूत्री, वौद्धायन धर्मसूत्री, मध्यनी [[शाखा]], [[यजुर्वेद|शुक्ल यजुर्वेद]], त्रिनय (तीन) [[प्रवर]] (अङ्गिरा, अयस्या र गौतम) अन्तर्गत पर्दछन् । तसर्थ चन्द ठकुरी महर्षि [[गौतम ऋषि|गौतम]]का सन्तती हुन् भन्ने प्रष्ट छ । चन्द भन्ने थरको बारेमा प्राचिन कालिन खोज गर्दा निकै अगाडि पुग्नु पर्ने हुन्छ । किनकि महर्षि गौतमको जन्म र जिवन व्यतित कहाँ भयो, उनका सन्ततीहरू कहाँ बसोवास गर्नथाले र हजारौं वर्षको समयान्तरालमा उनीहरू कहाँबाट कहाँसम्म पुगे ? भन्ने विषयलाई निरुपण गर्नुपर्ने हुन्छ ।<ref name= "गौतम गोत्र"/>
प्राचिन ग्रन्थहरूले महर्षि गौतमको जिवन व्यतित भएको स्थान प्राचिन कालको [[मिथिला]] राज्य अन्तर्गत (मिथिला उपवन) जहाँबाट [[गोदावरी नदी]] बग्दथ्यो त्यही गोदावरी नदीको किनारमा महर्षि गौतमको आश्रम थियो । महर्षि गौतमले [[अहिल्या]]लाई विवाह गरी त्यही कुटीमा लगेका थिए । त्यो मिथिला वन गोदावरी नदी र [[गङ्गा नदी|गंगा नदी]]को बीचमा पर्दथ्यो । महर्षि गौतमको आश्रम भएको स्थानदेखि सामुन्ने गोदावरी नदीको पारी पट्टीको किनारमा त्यस समयको सबैभन्दा विकसित र सम्पन्न मानिएको पुष्कर नामको शहर थियो भनि उल्लेख छ । यस तथ्यबाट प्रष्ट हुन्छ कि, महर्षि गौतमका सन्ततीहरू मिथिला राज्यबाट फैलिएका थिए । महर्षि गौतमका छोरा [[सतानन्द|शतानन्द]] त्यसबेलाको मिथिला राज्यका राज पुरोहित भएका थिए । तसर्थ महर्षि गौतमका सन्ततीहरूको विकास मिथिला राज्यमा भएको स्पष्ट छ । यसरी महर्षि गौतमका तीन छोराहरू [[वामदेव]], [[नोधास]] र सतानन्दले मिथिला राज्यमा बसोवास गर्दै आफ्नो वंश फैलाएको देखिन्छ । <ref name= "गौतम गोत्र"/>
यसरी मिथिलाबाट फैलिएका महर्षि [[गौतम ऋषि|गौतम]]का सन्ततीहरू अर्थात सुरुवाती समयका [[गौतम गोत्र|गौतम]] गोत्रीहरू समयको अन्तरालसँगै मिथिलामा संख्यात्मक हिसाबले बढ्दै गए । चारै तिर फैलिदै जाने क्रममा मिथिला पछी गौतम गोत्रीहरूको संख्यात्मक विकास प्राचिनकालको [[लुम्बिनी]] क्षेत्रमा भएको देखिन्छ । गौतम गोत्रीहरूको संख्यात्मक विकाससँगै लुम्बिनीमा गौतम गोत्री क्षेत्रियहरूको राजवंश नै स्थापना भयो । त्यस राजवंशलाई [[शाक्य वंश]] भन्ने गरिन्छ । त्यही शाक्य वंशका एक जना राजा शुद्धोधनका जेठा छोराको रुपमा राजकुमार शिद्धार्थको जन्म भएको थियो । राजकुमार शिद्धार्थ पछि गएर भगवान [[गौतम बुद्ध]] कहलिए । गौतम गोत्रीहरूको सभ्यता अत्यन्त शिखरमा पुगेका बखत लुम्विनीमा विदुशक नामका राजाले गरेको आक्रमणबाट लुम्विनी सभ्यता समाप्त भयो । त्यस समयमा करिब ७७,००० मान्छेको ज्यान गयो । त्यस आम हत्यामा सबैभन्दा बढी गौतम गोत्रीहरूको मृत्यु भएको थियो । त्यो महाविनासबाट बचेर भागेका गौतम गोत्रीहरू वर्तमान भारतको [[इलाहाबाद]] नजिकै पर्ने कन्नौज क्षेत्रमा गइ बसोवास गर्न थाले । यसरी कन्नौज आइ बसोवास गर्ने गौतम गोत्रीहरूमा केही मिथिलाबाट सिधै आएका र केही लुम्विनीको महाविनासबाट बच्न भनि आएका थिए । कन्नौज हाल भारतको [[उत्तर प्रदेश]] राज्य अन्तर्गत पर्दछ । अहिले कन्नौज अवस्थित जिल्लाको नाम नै [[कन्नौज जिल्ला]] रहेको छ । यसको प्राचिन नाम कान्यकुब्ज थियो । आधिकारिक इतिहास अनुसार कन्नौज [[विक्रम सम्वत्|विक्रम संवत]]को सातौं शताब्दीमा सम्राट हर्षवर्धनको सामराज्यको राजधानी थियो । यो स्थान गौतम गोत्री [[क्षेत्री|क्षेत्रीय]] तथा [[ब्राह्मण]]हरूको इतिहास उजागर गर्ने एक प्रमुख स्थानको रुपमा रहेको छ । प्राचिन ग्रन्थहरूले उल्लेख गरे अनुसार कन्नौजमा सम्राट हर्षवर्द्धनको कब्जा हुनुपूर्व र हर्षवर्द्धन पछि त्यहाँ गौतम गोत्री हिन्दूहरूको शासन थियो । गौतम गोत्रीहरूले त्यस क्षेत्रमा एक समृद्ध र सभ्य राज्य खडा गरी राजकाज गरेका थिए । त्यस समयको कन्नौजी राजवंशलाई गहडवाला राजवंश भनिन्थ्यो । यस राजवंशले वि.सं. १११३ सम्म राज्य गरेको र यस वंशका अन्तिम राजा जय चन्द थिए । यस राजवंशको इतिहासले प्रष्ट बताउँछ कि चन्दहरूको थर १० शताब्दीको अघिबाट नै चन्द भनी प्रयोग गर्न थालिएको थियो । करिब दशौं शताब्दीको अन्त्यतिर कन्नौजमा [[मुसलमान]]हरूको आक्रमण भएपछि कन्नौजको चन्दराज्य छिन्न भिन्न भयो । त्यहाँका चन्दवंश राजपुरुषहरू ज्यान र धर्म जोगाउन यत्र तत्र भाग्ने क्रममा सबैभन्दा ठुलो समुह र सबै भन्दा प्रभावशाली व्याक्तीहरू कन्नौजबाट उत्तर पश्चिमको पहाड तर्फ गएका थिए ।<ref name= "गौतम गोत्र"/>
माथि उल्लेख गरिए झैं १० औं शताब्दि पूर्व नै कन्नौजमा चन्द भन्ने थर प्रयोगमा आइसकेको देखिन्छ । तर त्यस समयमा चन्द भन्दा बढी '''चन्द्र''' भन्ने शब्दको प्रयोग हुन्थ्यो । वास्तवमा कन्नौजको चन्द राजवंशलाई चन्द्रवंश भनिन्थ्यो । तसर्थ चन्द्रवंशी भएकाले थर पनि चन्द्र भन्ने गरेको हो कि भन्ने तिर संकेत गर्दछ । तर पछि बोलिचाली आदिमा चन्द्रको सट्टा चन्द बढी प्रचलनमा आयो यही कारणले होला गहडवाला राजवंशका धेरै राजाहरूको थर चन्द्र भनेर प्रष्ट लेखिएको छ । यसबाट प्रष्ट हुन्छ कि चन्द शब्द चन्द्रवंशबाट सुरू भएको हो । <ref name= "गौतम गोत्र"/>
 
==कत्युरमा चन्दहरू शासन==
मुसलमानहरूको आक्रमणबाट कन्नौज छोडेर उत्तर पश्चिम पहाडतर्फ लागेका चन्दहरू आखिर तत्कालिन कत्युर राज्यको [[चम्पावत जिल्ला|चम्पावत]] आइपुगे । चम्पावत तत्कालिन कत्युर राज्यको राजधानी थियो । कालिकुमाउँ चम्पावत क्षेत्रमा आइबसेका चन्दवंशी चन्दहरूसँग कन्नौजमा गरेको राजकाजको लामो अनुभव, चतुराई तथा उच्च सामाजिक सभ्यता थियो । जसले गर्दा उनिहरू चम्पावत क्षेत्रमा छोटो समयमा नै सामाजिक रुपमा राम्रो स्थान बनाउन सफल भए । यसरी आइबस्ने क्रममा चन्दहरू कुमाउँ क्षेत्रको चम्पावत तथा आसपासका इलाकामा बस्न थाले । कन्नौजबाट चम्पावत आएका चन्दहरूमा सबैभन्दा चलाख तथा प्रभावशाली व्याक्ति सोम चन्द थिए । उनि अत्यन्त कुटिल, चलाख र मानिसलाई रिझाउन सक्ने व्याक्ति थिए । यही कारणले सोम चन्दले कत्युरी राजदरबार तथा राजपरिवारमा अत्यन्त छोटो समयमा राम्रो पहुँच बनाई विश्वास जित्न सफल भए । केही ग्रन्थहरूका अनुसार सोम चन्दले तत्कालिन [[कत्युरी राजवंश|कत्युरी]] राज घरानकी सुपुत्री विवाह गरे भनिएको छ । यस तर्क अनुसार कत्युरी राजाले सोम चन्दलाई चम्पावतदेखि पश्चिम [[पिथौरागढ]] क्षेत्रमा सानो जमिनदारी दिएर राखेको भनिन्छ । जे होस् उनि कत्युरी राजाको विश्वास जित्न सफल भए । केही ग्रन्थहरूका अनुसार सोम चन्दले तत्कालिन [[कत्युरी राजवंश|कत्युरी]] राज घरानकी सुपुत्री विवाह गरे भनिएको छ । यस तर्क अनुसार कत्युरी राजाले सोम चन्दलाई चम्पावतदेखि पश्चिम [[पिथौरागढ]] क्षेत्रमा सानो जमिनदारी दिएर राखेको भनिन्छ । जे होस् उनि कत्युरी राजाको विश्वास जित्न सफल भए । त्यस समयमा कत्युरी राजवंश आन्तरिक झगडाका कारण अत्यन्त कमजोर बनेको थियो । त्यही कमजोरीको फाइदा उठाउँदै सोम चन्दले ठुलो रक्तपात नै नगरी कत्युरी राजसत्ता कब्जा गरे । वर्तमान कुमाउँका [[वैजनाथ]] तथा देवघाटमा भेटिएका शिलालेखहरूलाई उद्धृत गर्दै भारतीय इतिहासकार बद्रीदत्त पाण्डेले उल्लेख गरे अनुसार सोम चन्दले कत्युरको राजसत्ता कब्जा गरेको समय विक्रमको ११ औं शताब्दिको अन्त्य तिर हो । जनताहरू कत्युरी राजाबाट दिकदार भइसकेका थिए । सोम चन्दले कत्युरी राजसत्तालाई विस्थापित गरिदिए भनेर कत्युरी जनताले त्यसको खासै विरोध पनि गरेनन् । यसरी सोम चन्दको शासन कत्युर क्षेत्रमा सुरू भयो । कुमाउ क्षेत्रमा कत्युरी रावंशको अन्त्यपछि चन्दवंशको निम्नानुसार शासन चल्यो :- <ref name= "गौतम गोत्र"/>
{|class= "wikitable"
! क्र.सं. !! राज्यकाल (सन्) !! राजाको नाम !! मुख्य कार्य
पङ्क्ति ५७:
|१५९७ - १६२१
|लक्ष्मी चन्द
|रुद्र चन्दका छोरा लक्ष्मी चन्दले विभिन्न नयाँ शहरहरू बसाए जस्तै:- [[रुद्रपुर]], [[काशिपुर]], [[बाजपुर]] आदि, उनले १६०२ मा [[बागेश्वर जिल्ला|बागेश्वर]]को बाघनाथ मन्दिर बनाउन लगाए ।
|-
|१०
पङ्क्ति ६७:
|१७७९ - १७८६
|प्रद्युम्न चन्द
|[[पृथ्वीनारायण शाह]]द्वारा नेपाल एकिकरणको शिलशिलामा पश्चिम कब्जा गर्न हिँडेको फौज कुमाउ पुग्दा [[देहरादून|देहरादुन]]मा भएको युद्धमा वीरगती प्राप्त
|-
|१२
पङ्क्ति १२१:
# [[धौली नदी]] धमिलो रङ्गसँग सम्बन्धित
# [[काली नदी]] कालो रङ्गसँग सम्बन्धित
यी तीनवटै नदीहरू उत्तरी हिमालबाट दक्षिण तिर बग्ने कुमाउँ क्षेत्रका मुल नदीहरू हुन् र यि नदीहरू अन्ततः [[गंगागङ्गा नदी|गंगा]]मा मिसिन्छन् ।<ref name= "गौतम गोत्र"/>
यि नदीहरूका किनारको समतल क्षेत्र तथा भित्रीमधेसका नदी किनारका उर्भर क्षेत्रहरूमा चन्दहरू विभिन्न अधिकार सहित अधिकारी भएर बसेको देखिन्छ । लामो समयको अन्तराल पछि चन्दहरूको जनसङ्ख्या पनि विशाल भयो र उनीहरूलाई चन्द मात्र भन्दा पारिवारिक परिचय नखुल्ने भयो । त्यसैले उनीहरू बसोवास गर्ने क्षेत्रका आधारमा परिचय खुलाउनु पर्ने भयो । जस्तै:-
:१) गोरी नदीको किनारमा बस्ने चन्दहरूलाई "गोरा" भनेर चिन्न थालियो ।
पङ्क्ति १२७:
:३) काली नदीको किनारमा बस्ने चन्दहरूलाई "कल्यानी" भनेर चिन्न थालियो ।<ref name= "गौतम गोत्र"/>
यसरी बसोवास गर्ने स्थानको आधारमा कुन चन्दभन्दा गोरा चन्द, धौला चन्द र कल्यानी चन्द भनेर परिचय दिने चलन १४ - १५ औं शताब्दी तिर चलेको देखिन्छ । करिब यहि समयमा धौली नदी किनारमा बस्ने केहि धौला चन्दहरू त्यहाँबाट पूर्व वर्तमान नेपाल तिर सरेको देखिन्छ । ति मध्य वर्तमान नेपालको [[बैतडी जिल्ला|बैतडी]]का चन्दका पूर्वज रणधौला र गढधौला थिए । उनिहरू आफुलाई चन्द भन्दापनि धौला भनेर परिचय दिन्थे । वर्तमानमा बैतडा, डोटेली, अछामी, [[स्वराड]]मा बस्नेहरूलाई [[सोडारी]], [[बोगटान]]मा बस्नेहरूलाई [[बोगटी]] भनेजस्तै । वास्तविक नाम भन्नु पर्दा वा लेख्नु पर्दा रणदेउ चन्द, गडदेउ चन्द, मदनमाणीकदेउ चन्द जस्तो नाम संरचना हुन्थ्यो । त्यस प्रकार वर्तमान बैतडीका चन्दहरूका पुर्खा कुमाउँको धौली नदी किनारमा बसोवास गर्ने रणधौला र गडधौलाका सन्तानहरू थिए । ति धौलाहरूका सन्ततिहरू मध्य चार भाई रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउ आधिकारीक रुपमा बैतडी आएका थिए भन्ने इतिहासमा पाइन्छ । माथि उल्लेखित नाममा पनि केहि स्पष्ट पार्नुपर्ने देखिन्छ । रानादेउ, भानादेउ, उदयदेउ र जसदेउका नामको पछाडि किन धौला नलेखेर देउ मात्र लेखे ? यो प्रश्नको जवाफ पनि सहज छ । कुमाउँमा प्राप्त शिलालेख तथा इतिहासवादीहरूको भनाई अनुसार त्यसबेला चन्दहरूका ठुलाबडा, मान्यगणलाई देउ भनेर सम्मानित गरेको पाइन्छ । आजकल [[ब्राह्मण]]लाई गुरू भन्ने, [[क्षेत्री]]लाई काजीसाप भन्ने, [[ठकुरी]]लाई राजा भन्ने गरे जस्तो देउ भन्ने चलन रहेको र देउ शब्द तत्कालिन समयको नाम संरचनाको मध्य नामको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ जस्तै:- रानादेउ चन्द, भानादेउ चन्द, उदयदेउ चन्द, जसुदेउ चन्द आदि ।<ref name= "गौतम गोत्र"/>
त्यस समयका चन्दहरू उदयदेउ, रानादेउ, भानादेउहरूको चन्दको टाइटलबाट भन्दापनि देउको टाइटलबाट बढी प्रख्यात भएको देखिन्छ । त्यसैले उनीहरूको प्रख्यात टाइटल देउ नै रहेका देखिन्छ । अहिले बैतडीका चन्दहरू खासगरी रानादेउ र उदयदेउका सन्ततिहरू आफ्नो [[कुलान्य|कुल देवता]]को रुपमा रानादेउ र उदयदेउलाई पूजागर्ने तथा आफ्ना निकटतम पुर्खा उनीहरूलाई नै मान्ने गरेका छन् । स्मरण रहोस् धौला र देउशब्द चन्दहरूले मात्र प्रयोग गरेको नभइ यो शब्द [[पाल (थर)|पाल]], [[बम जाति|बम]], [[मल्ल]] आदिले पनि प्रयोग गरेको देखिन्छ । यही कारणले केही खोजकर्ताहरूले पाल, बम, मल्ल र चन्दहरूका वंशज एउटै थिए भन्ने अनुमान गरेका छन् त्यो अनुमानमा सहमत देखिदैन । किनकी १० औं शताब्दीभन्दा अघि देखि नै कन्नौजमा चन्दहरू अलग्गै अस्तित्वमा रहेको देखिन्छ । पछि चन्दहरू कन्नौजबाट चम्पावत आएपछि लगभग १२ औं शताब्दीको अन्त्यतिर कत्युरी राज्य कब्जा गरेका सोम चन्द र उनका सगोत्री स्पष्ट अलग छन् र पछि चन्दहरूले कुमाउँ, गढवाल, असकोट, पिथौरागढ, काँगडा आदि स-साना राज्य खडागरी बसेका मल्ल, बम, पाल तथा शाहीहरूलाई युद्धमा परास्त गरी लखेटेको इतिहास छ । चन्दवंश १० औं शताब्दिभन्दा पहिलेदेखि हालसम्म अटुट रुपमा चलिआएको स्पष्ट छ । तसर्थ मल्ल, बम, शाही, पाल आदिका पुर्खासँग चन्दका पुर्खालाई जोड्ने तर्कसँग सहमत हुन सकिदैन ।<ref name= "गौतम गोत्र"/>
==नेपालका गौतम गोत्रसंग सम्बन्धितहरु र फरक गोत्रीय अन्य चन्दहरू==
कालीकुमाउँ चम्पावतबाट रणधौला तथा गडधौलाका सन्ततिहरू उदयदेउ चन्द, रानादेउ चन्द, भानादेउ चन्द र जसुदेउ चन्दहरू करिब शाके १४०० को आसपासमा अर्थात करिब ५३५ वर्ष पहिले कुमाउँबाट पश्चिम [[महाकाली नदी]] तिर वर्तमानको बैतडी जिल्लाको तल्लो तथा उपल्लो [[स्वराड]] क्षेत्रमा तथा बैतडीको अन्य क्षेत्रमा बसोवास गरेको देखिन्छ । यसरी १४०० शाकेमा बैतडी आउने चन्दहरू चार भाई जेठा रानादेउ, माहिला उदय देउ, साइला भानादेउ र कान्छा जसुदेउ थिए । अहिलेसम्म प्राप्त सूचना तथा नेपाल प्रहरीका पूर्व डि.आई.जी रणबहादुर चन्दका अनुसार माथि उल्लेखित चारभाईहरू मध्य माहिला भाई उदयदेउ बैतडीको स्वराड क्षेत्रमा बसोवास गरेका र उनका सन्ततिहरू जसीवाम, हंशराज र जगी चन्दले बैतडीको स्वराड क्षेत्रमा राजसत्ता स्थापना गरे । त्यस्तै जेठा रानादेउ मध्य-बैतडी तिर बसोवास गरी बसेका र उनका सन्तति कर्म चन्द, रुप चन्द आदिले त्यस क्षेत्रमा राजसत्ता स्थापना गरी चन्दवंशलाई फैलाएका थिए । त्यस्तै साहिला भाई भानादेउ बैतडीमा नबसी त्यहाँबाट पूर्व वर्तमान नेपालको मध्य पश्चिम क्षेत्र ( [[जाजरकोट जिल्ला|जाजरकोट]], [[सुर्खेत जिल्ला|सुर्खेत]], [[रुकुम जिल्ला|रुकुम]], [[रोल्पा जिल्ला|रोल्पा]] ) तथा [[सल्यान जिल्ला|सल्यान]], [[प्युठान जिल्ला|प्युठान]] तिर गएको र उनका सन्ततीहरू त्यही क्षेत्रमा फैलिएको बताइन्छ । त्यस्तै कान्छा भाई जसुदेउका एक मात्र सन्तान भएका र उनी बैतडीमा नबसी कुमाउँ क्षेत्रमा फर्केका थिए । त्यसैले नेपालमा रानादेउ, भानादेउ र उदयदेउका सन्तति चन्दहरू मात्र छन् भनिन्छ ।<ref name= "गौतम गोत्र"/>
अहिले बैतडी, [[डोटी जिल्ला|डोटी]], [[अछाम जिल्ला|अछाम]], [[डडेलधुराडडेल्धुरा जिल्ला|डडेलधुरा]] हुँदै पूर्व [[दैलेख जिल्ला|दैलेख]], जाजरकोट, सुर्खेत, रुकुम, रोल्पा, प्युठान, [[म्याग्दी जिल्ला|म्याग्दी]]सम्म फैलिएका चन्दहरू तथा अछामको [[बाटुलासैन]] (झाँता), [[बाबला]], [[पुलेतोला]] तथा [[कालीकोट जिल्ला|कालीकोट]]को ठिकेका [[बटाला]] (चन्द) हरू र अछामको [[कालागाउँ]], [[दर्ना]], तोली, लयाँटी, सुर्खेत, [[दाङ जिल्ला|दाङ]]सम्म फैलिएका [[सोडारी]] (चन्द) हरू पनि रानादेउ, उदयदेउका सन्तानहरू हुन् ।<ref name= "गौतम गोत्र"/>
यसरी अहिले नेपालमा रानादेउ, उदयदेउ र भानादेउका सन्तति चन्दहरू, बटालाहरू र सोराडीहरू रहेका छन् ।
यसरी तीन भाईका सन्ततिहरू अहिले नेपालको राष्ट्रिय जीवनमा अत्यन्त महत्व राख्ने चन्द थरलाई अघी बढाई रहेका छन् ।
 
===बैतडीबाट पूर्वगएका भानादेवको वंशजका प्रतिहार चन्द===
बैतडीबाट पूर्वगएका भानादेवको वंशज डोटीका प्रतिहार चन्द ठकुरी हुन् । प्रतिहार राजाको अंगरक्षक पद हो । यो पद भानादेवको वंशज ले पाएको कारण देव बाट प्रतिहार भनिएका हुन् । भानादेव को वंशजको अनुसार कर्णाली र सेती नदी पूर्व आफ्नो वंशज नभएको र त्यो खापरे, दाड़े मष्टको भुमि भएको हुँदा त्यहा आफ्नो वंशज छैन । कर्णाली र सेती नदी पूर्वका चन्द को गोत्र भारद्वाज भएको ले ति फरक हुन् । चन्द्रवंशी प्रतिहार चन्द ठकुरी<ref name="लाल बहादुर बम ठकुरी"> सामाजिक मान्यता, भानाई, ताम्रपत्र,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीको इतिहास ,वंशावली अनुसार । </ref> गौतम गोत्रीय ,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीका कुलदेवता केदार, धिरगाँणी (गणेश), औखरे भगवती, कालिकादेवी हुँन् । यिनकी ठकुरानीहरू [[ठूला केदार]] (केदार) देवताका अधेगा (पर्दा) हुन्छन् । [[बोगटान राज्य|डोटी बोगटान]]मा यी [[ठूला केदार]]का करावाला हुन् । [[ठूला केदार]] यिनकै देवता बताईन्छ । यिनकाकुलगुरु [[उपमन्यु गोत्र|उपमन्यु]] गोत्रीय विनाडी ब्राह्मण छन् ।
*(१) भाइभाइमा मनमुटाव हुँदा भानादेव वैतडी तल्लो स्वराडबाट सिधै पूर्व एक हप्ताको पैदलदुरीमापर्ने वोगटान आएर बसेका हुँन् । डोटी प्रवेश गर्ने [[कत्युरी राजवंश|कत्युरी नरेश ]] राजा निरयपालका बि.स १४०९ देखि १४१९ सम्मका ताम्रपत्रमा यिन (प्रतिहार) को उपस्थिति देखिन्छ । [[कत्युरी राजवंश ]]का बैबाहिक इस्टमित्र हुन् । देउवा ठकुरी पनि यिनका पुर्खेउली बैबाहिक इस्टमित्र हुन् । डोटीमा [[देउवा]]हरूले यिनको वंशनास गर्ने गरि मारकाट गरेको रिसले हाड परेको भनेर देउवा र यी चन्द बीच बैबाहिक सम्बन्ध बर्तमानमा नभए पनि [[कुमाउँ]] क्षेत्रमा [[देउवा|चन्द्रवंशी देउवा ठकुरी]] संग गौतम गोत्रीय चन्दको हजारौं बर्षदेखिको बैबाहिक सम्बन्ध अहिलेपनि छदै छ । भानादेवका तीनपुत्र
*(२) जेठा - करणदेव, माईला - मानदेव र कान्छा चतुरदेव भए । चतुर देवको अपुताली भयो ।
*(३) जेठा - करणका मुसु देव भए ।
पङ्क्ति १५५:
 
==== गुप्तचरगर्दा ====
डोटी पाल([[कत्युरी राजवंश| कत्युरी नरेश ]]) राज्य रैका मल्ल राजाका वंशजले बिजय गरेपछि यस खान्दानले रैकाको बिरुद्दमा डोटीबाट चम्फावतको चन्द राज्यमा गुप्तचर भएर समाचार पुगाउने र रैका बिरुद्द गरेको कुरा रैकाराजाले थाहा पाएपछि डोटी रैका राजाले यस वंशलाई आफ्नो राज्यमा जागिर दिएँन केहिलाई डोटी बाट कुमाऊ धपाएको थियो । यो गुप्तचर भएर डोटीकाकुरा चम्फावत पुगाउने गरेको भन्ने कुमाऊका इतिहासमा पनि उल्लेख छ ।
 
==चन्दवंशका महत्वपूर्ण व्याक्तित्व ==
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित