"खस" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
|ref2 =
|languages =[[खस भाषा]] तथा अन्य क्षेत्रगत भाषा (उदाहरण; नेपालमा [[डोटेली भाषा]]) तथा भारतको उत्तराखण्डमा [[कुमाँऊनी भाषा|कुमाँऊनी]] र [[गढवाली भाषा|गढवाली]]
|religions = [[File:Om.svg|15px]] [[हिन्दू धर्म|हिन्दु]]
|related = [[पहाडी]], [[कुमाँऊनी मानिस]], [[गढवाली मानिस]], [[कश्मीरी]], [[डोग्रा]], [[इन्डो-आर्यन नागरिक|अन्य इन्डो-आर्यन नागरिक]]
|footnotes =
[[File:Kus or Khas, Goorkha, dominant tribe, Nipal (NYPL b13409080-1125305).jpg|thumb|250px|भारत सङ्ग्रहालयमा राखिएको खस व्यक्तिको नमुना तस्विर; जसलाई '''गोरखा उच्चनीय जाति''' भनी पहिचान गरिएको छ]]
[[File:Khas or Kus group, Goorkha, dominant tribe, Nipal.jpg|thumb|भारत सङ्ग्रहालयमा राखिएको दुई खस व्यक्तिहरूको नमुना तस्विर]]
'''खस''' वा '''खसिया''' एक [[इन्डो-आर्यन नागरिक|इन्डो-आर्य गण]] भाषिक जातिय समुदाय हो, जसले [[नेपाल]]को पहाडी भूभागको ठूलो जनसंख्या ओगटेको छ। यो जातिका अन्य नामहरू पर्वते र पहाडी हुन्। यो जाति तत्कालिन विशाल नेपाल – हाल [[भारत]]मा पर्ने [[उत्तराखण्ड]], [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]] र [[जम्मु काश्मिर|जम्मु कश्मीर]]का साथै सुदुर तथा मध्य [[पश्चिम]] नेपालको [[कर्णाली अञ्चल|कर्णाली]] क्षेत्रमा प्राग एतिहासिक कालखण्ड देखि बसोबास गरेको हो। त्यहाँबाट खसहरू नेपालको पूर्वी भागमा फैलदै गए र हाल नेपालको प्रायः सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन्। अहिले खस जातिहरूको मुख्य स्थान भनेको तत्कालिन विशाल नेपालमामा पर्ने भू-भाग – पूर्वमा आसम देखि पश्चिममा काश्मिर् सम्म – हिमाञचल प्रदेश तथा उतराखण्ड, [[नेपाल]], [[सिक्किम]], [[दार्जिलिङ|दार्जीलिङ]], [[भूटान|भुटान]], [[आसाम]] र बर्माको पहाडी क्षेत्र आदि पर्दछन्।
 
==इतिहास==
आज 'खस' भनेर चिनिने समुदायको प्राचीनता र नेपालको सरहद प्रवेश, भाषिक व्युत्पत्ति र ऐतिहासिकताप्रति व्यापक कौतुहल छ। ऐतिहासिक स्रोतहरूबाट खसहरू लडाकू इतिहास बोकेको हजारौं वर्ष पुरानो घुमन्ते समुदाय हो भन्ने बुझिन्छ। यो समुदायको प्राचीनता केलाउँदा मध्यपूर्व एसियाको [[इरान]] र [[बेबिलोनिया]]का [[कश वंश]]का शासक र जातिको लगभग ३८०० वर्ष पुरानो इतिहाससम्म पुग्नुपर्छ। {{Citation needed}} इरानको [[खसिस्तान]], [[ककेसस पर्वत]], कश्यप वा [[क्यासपियन सागर|कश्पियन सागर]], पश्चिम अफगानिस्तानको [[:en::Dasht-e-Khash|खस मरुभूमि]] र [[:en::Khash river|खस नदी]], वाल्हीक प्रदेशको [[बडाखसान]], [[कश्मीर]] (कश/खसमीर), [[काश्गर]] (कश/खसगृह) आदि नामलाई 'कश' वा 'खस' जातिको इतिहाससँग सम्बन्धित मानिन्छ। यो मान्यतालाई नेपालका खस शासकका वंशपरम्परा सम्बन्धी पुराना लेखोट र अभिलेखले पनि धेरथोर पुष्टि गरेका छन्। {{Citation needed}} महाभारत मा सम्म यो जाती को उल्लेख छ। जो कौरब पक्छ बातो योउध गरेको पाइन्छ।
 
खस शासकका पुर्खाले [[जालन्धर]]को कुण्डली वनमा शासन गरेको र पछि खस साम्राज्यका संस्थापक नागराज (तिब्बती वंशावलीमा नागदेका छोरा चाप वा चप्पिल्ल वा चेन – छ्युग्दे)को राज्य विस्तार [[बाह्लिक प्रदेश|बाह्लिक]] र [[गान्धार]] इलाकासम्म पुगेको चर्चा श्रीपाली बम ठकुरीको लेखोटमा छ। खस शासकहरू 'जाव', 'जावेश्वर' जस्ता नाम र विशेषणले [[जालन्धर]]बाट पूर्व बढ्दै आएको संकेत गर्छ। अभय मल्लको अभिलेख वि.सं. १४३३ (शाके सम्वत् १२९८) मा पनि बाह्लिक खसिस्तान वा पर्सिया (फारस) सम्म खस प्रभावको चर्चा छ। {{Citation needed}}
 
खसहरूले तुर्क–मंगोल इलाकाका क्वार्लोक र [[:en::Tatars|टारटार]] लडाकूहरुलाइ मध्यपूर्व बातो मोङोलिया तर्फ धकेले। र आफू मध्यपुर्ब र पश्चिम तिब्बत मा शासन गरे। पछि फेरि कश्मिर, [[लदाख|लद्दाख]] पश्चिम तिब्बतको ङरी प्रदेशको गुँगे–पुराङ् इलाकामा स्थानीय बौद्ध र वोन अनुयायीहरूलाई पराजित पार्दे तिब्बत हुँदै प्रवेश गरेर आफ्नै बलियो राज्य नेपाल मा स्थापन गरेको देखिन्छ। {{Citation needed}} खस समुदाय एक शताब्दीसम्ममा उक्त इलाकामा प्रवेश गर्दा मूल झुण्डबाट छुट्टिएका क्वार्लोक वा टारटार तुर्क (मंगोल) हरूले कर्णाली प्रदेशमा शक्ति फैलाईसकेका थिए। खसहरूले उनीहरूमाथि आफ्नो प्रभाव विस्तार गरेको तिब्बती, काश्मिरी तथा अन्य स्रोतहरूमा उल्लेख छ। {{Citation needed}} कश्मिरको राज इतिहास राजतरङ्गिणीको कालीगण्डकी क्षेत्रका राजा अरमुडी र कश्मिरका राजा जयपीडका सैनिकको युद्ध वर्णन, तिब्बतको गुँगेतिर भएको क्वार्लोक तुर्क–मंगोल (सोग्पो) आक्रमण, विक्रमशील महाविहारका बौद्ध तान्त्रिक आचार्य दीपंकर अतीशको जीवनी, अन्य तिब्बती स्रोत, तल्लो मुस्ताङमा तुर्क सरदार भाराडनडुरसँगको युद्धमा स्थानीय बौद्धहरूलाई खस सैन्य सहयोगको प्रसंग र मानव भूगोलको अवस्थितिले खसहरू तुर्क–मंगोललाई परास्त गर्दै नेपाल पसेको देखाउँछ। {{Citation needed}}
 
खस राजाहरूले पुराङ् वा खार – री (ताग्ला खार समेत), गो – हा झुमकार आदि ठाउँका पाल शासकमार्फत चिनियाँ शोग्पोहरूलाई करद गरी तुर्की घोडा उठ्ती गरेको उल्लेख पाइन्छ। खस सम्राट अशोक चल्लका छोरा आनन्द मल्ल जालन्धर प्रदेश हेर्न खटिएकाले उनलाई कतिपय स्रोतमा जालन्धरी मल्ल र त्यसपछिका खस राजाहरूलाई जालन्धरी समूहवंशी सिंजापति भनिएको देखिन्छ। यसबाट गण्डकी–कर्णाली भेकका मगर (पुराना सामग्रीमा मंग्वर वा मंगर) समुदाय क्वार्लोक र टारटार तुर्कका मूल झुण्डबाट छुट्टिएका स – साना सरदार अन्तर्गतका समूह भएको अनुमान हुन्छ। मंगोल वा तुर्क आक्रमणकारीको पछिपछि खसहरूको अर्को लडाकू शक्ति पूर्वतर्फ पसेको बुझन जरुरी छ। {{Citation needed}}
खस क्षत्रीबाहुन न मुगल आक्रमणबाट जोगिन नेपाल पसेका हुन्, न त यिनको मूलथलो नै बनारस वा गंगाको मैदान हो। खस समुदाय गान्धार, वाल्हीक, काश्मिर, काश्गर, पश्चिम तिब्बतको गुँगे –पुराङ वा कैलाश मानसरोवर इलाका हुँदै पश्चिम – उत्तर कुनाबाट टारटार वा क्वार्लोक तुर्क – मंगोलसँग लड्दैभिड्दै इनिहरुलाइ पुर्ब तर्फ धकेल्दे नेपाल पसेका हुन्। {{Citation needed}} यो भूखण्डमा खस समुदायको प्रवेश एक युगान्तकारी घटना थियो।
 
खसहरूको [[मातृभाषा]] [[खस भाषा|खस कुरा]] हो जुन हजारौ वर्षको अन्तरालमा विकशित, विस्तारित र परिमार्जित हुँदै हालको यी नाम [[नेपाली भाषा]]/[[गोर्खाली]],[[पर्बते]] आदि नाम बनेको हो।
 
== खस समुदायका मुख्य हाँगा==
 
*[[बाहुनब्राह्मण|बाहुन समुदाय]] (Bahun)
*[[क्षेत्री|क्षेत्री समुदाय]] (Chettri)
*[[ठकुरी|ठकुरी समुदाय]] (Thakuri)
*[[योगीजोगी समुदाय|सन्यासी समुदाय]] – योगी (दशनामी) (Sanyasi)
*[[कामी जाति|कामी समुदाय]] (Kami)
*[[दमाई जाति|दमाई समुदाय]] (Damai)
*[[सार्की जाति|सार्की समुदाय]] (Sarki)
*[[गन्धर्व|गन्धर्व समुदाय]] (Gandharva)
*[[बादी समुदाय]] (Baadi)
{{See|लोहार वंश|खख राजपुत}}
[[File:Kashmir-sat-nasa.jpg|thumb|पीर पञ्जालदेखि पश्चिम तथा दक्षिण भागका क्षेत्रहरू खसहरूको बाहुल्यता रहेको कुरा निलमत पुराण तथा राजतरङ्गिणी]]
६टौं शताब्दीको निलमत पुराण तथा १२ औं शताब्दीको राजतरङ्गिणीका अनुसार कश्मीरमा खसहरू शासन रह्यो । पीर पञ्जालदेखि पश्चिम तथा दक्षिण भागका क्षेत्रहरू खसहरूको बाहुल्यता रहेको कुरा निलमत पुराण तथा राजतरङ्गिणीमा उल्लेखित छ । आइरिस इतिहासकार सर मार्क औरल स्टाइनले पण्डित कल्हणको १२ औं शताब्दीको राजतरङ्गिणीको अनुवाद गरेका थिए । उक्त अनुवादमा "राजापुरी (वर्तमान [[राजौरी]])को शासक [[खस]]हरूको मुखिया हो..." भन्ने वाक्य वर्णित थियो । राजौरीको शासकले [[कश्मीर]]को शासकहरूसंग बिहाबारी गरेको तथा [[लोहार वंश|लोहार]]का शासकले [[काबुल]]को [[हिन्दु शाही वंश|हिन्दू शाही]]की राजकुमारीसंग विवाह गरेको वर्णित छ ।<ref>{{cite book | url=https://books.google.com/books?id=KzxTkI9iAxkC&pg=PA433&dq=Khasa+tribe+rajatarangini&hl=en&sa=X&ved=0ahUKEwjDgJbg0ZHfAhUD9YMKHawYAdIQ6AEIKjAA#v=onepage&q=Khasa%20tribe%20rajatarangini&f=false | title=Kalhana's Rajatarangini: a chronicle of the kings of Kasmir | volume=2 | isbn=9788120803701 | author=Kalhana | page=433 | accessdate=4 March 2019 }}</ref> इतिहासकार स्टाइनका अनुसार [[राजौरी]]का २०औं शताब्दीसम्मका शासक खस उद्गमका थिए र [[इस्लाम धर्म|इस्लाम]]मा धर्म परिवर्तन गरी [[मुसलमान राजपुत]] भनेका थिए ।
 
इतिहासकार सर मार्क औरल स्टाइनको राजतरङ्गिणीको अनुवादमा वर्तमान [[खख]] (वा खख राजपुत) जातिलाई खससंग जोडिएको थियो । त्यस्तै [[लोहार वंश]]लाई पनि खस जातिको भनी वर्णित छ । इतिहासकार जोनराजका अनुसार कश्मीरको प्रथम मुसलमान वंश, [[शाह मीर वंश]], पनि खस जातिको थियो । लोहार राज्यका खस शासक सिंहराजका छोरी दिद्दाले कश्मीरको राजा क्षेमगुप्त संग विवाह गरेकी थिइन् । दिद्दाका भतिजा संग्रामराज ईश्वी १००३ मा कश्मीरको प्रथम लोहार वंशका शासक बन्न पुगे । लोहार वंशका हर्ष वा हर्षदेव कश्मीरको प्रसिद्ध शासक बने ।
*[[भट्ट]] – राज पुरोहित वा धर्माधिकारी
*[[भण्डारी]] – राजकीय कोषको प्रमुख
*[[लेखक (थर)|लेखक]] – लेखक
*[[महत]] – ग्राम प्रमुख
*[[रोकाया]] – महतको सहयोगी
*[[थापा]] – सैनिक दर्जा
*[[खड्का]] – सैनिक दर्जा
*[[राना (स्पष्टता)|राना]] – सैनिक दर्जा
*[[बुढा (थर)]] – सैनिक दर्जा
*[[बस्नेत]] – राजन्य
* [[जुम्ला जिल्ला|जुम्ला]]
धिता- [[धिताल]], पाण्डुसेरा - [[पाण्डे]], सिञ्जा - [[सिजापति]], चैडिलागाउँ - [[चौलागाईं|चौलागाई]], प्याकुरी - [[प्याकुरेल]], सिम्खाडा - [[सिम्खडा]],
* [[अछाम जिल्ला|अछाम]]
तिमिल्सैन - [[तिमल्सेना]], [[तिम्सिना]], घमिराउँ - [[घिमिरे]], देवकोट - [[देवकोटा]], ढुङ्ग्रानी - [[ढुङ्गाना]], ढाँकु - [[ढकाल]], बजगाउँ- [[बजगाईँ]], रिमा- [[रिमाल]], [[रसाईली]], स्वाँरा - [[स्वार]], घोडासैन - [[घोडासैनी]], पुरासैन - [[पुडासैनी]], धमाली - [[धमाला]], दर्ना - [[दर्नाल]], कुइका - [[कुँइकेल]], चाल्सा - [[चालिसे]], बारला - [[बराल]], लामिसाल (लम्साल)
रजौरा - [[रजौरिया]]
 
मजगैयाँ आदि खस साम्राज्यमा प्राप्त दर्जा र गाउँहरूको नाउँबाट नेपालका खसहरूको थर निर्धारण भएको परिदृष्यमा खसहरू यहाँका आदिबासी र पुराना रैथाने हुन् भन्ने कुरामा कुनै विवाद गर्ने आधार देखिदैन। पुराणहरूमा नेपालाई जम्मुद्दिप भनिएको छ। नेपाल प्राचिनकालबाटै भारतीय आर्य ऋषिमुनिहरूको तपोभूमि तथा खस राजाहरूको विहार गर्ने स्थानका रूपमा प्रचलित छ यो आधारबाट हेर्दा त खस समुदाय यहाँको अनादीवासी जस्तो देखिन्छ। तर खोजकै विषय छ किराँत राजाले कुरूक्षेत्रको लडाईमा भाग लिएको भन्ने श्रुतिले पनि नेपाल भूमिमा खस प्रवेश नयाँ हो भन्ने आधार देखाउँदैनन्। खस समुदाय भनेका [[ब्राह्मण|बाहुन]], [[क्षेत्री]], [[ठकुरी]] हुन् जस्तै [[पाण्डे]], शाही, कठायत, [[थापा]], [[बस्नेत]], [[बिष्ट|विष्ट]], [[कुँवर]], [[महत]]<ref>[यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) समुदायके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३]</ref> आदि सम्पूर्ण त्यसमा पर्दछन्। वर्तमान कुमाउँ मण्डल खसमा (कस्साइट) बताइने पश्चिम इसियाई पर्वतीय समुदायको विशाल लिला क्षेत्रको पूर्वी भाग थियो।<ref>[यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) समुदायके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ प्रस्तावना (निवेदन)]</ref> अरबीमा कस्मियन सागरलाई बहरै कस्सर भनिन्छ। जसको अर्थ कस्सहरूको सागर भन्ने हुन्छ। यस्तै कस्स समुदायको उपनिवेश कस्सीर कलान्तरमा काश्मिर बन्न गयो। बैदिक साहित्यमा यो समुदायलाई कास भनिन्थ्यो। असुरहरूसित रक्तमिश्रण भएपछि यो समुदायलाई ब्राम्य भन्न थालियो। रामायण महाभारत लगायतका हिन्दू पुराणहरूमा यो समुदायलाई खस या खश भनिएको छ। मनुस्मृतिमा खस समुदायलाई धर्मच्यूत मानिएको छ। कुमाउँमा राजपुत कालमा आप्रवासी समुदायहरूले खसहरूको संसार र भाषा खस कुरालाई आत्मसाथ गरे। उन्नाइसौं शताब्दीको आरम्भमा ब्रिटिस शासकहरूले कुमाउँ, गढवालको आधा भन्दा धेरै जनसङ्ख्यालाई खस या खसिया मुलुक नामाङ्कन गरे।<ref>[यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) समुदायके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ प्रस्तावना (निवेदन)]</ref>
 
इतिहासमा एउटा प्रभावशाली समुदायका रूपमा रहेका खससमुदायको बारेमा आधुनिक इतिहास ग्रन्थमा केही उल्लेख पाईदैन। यहाँसम्म कि खस कुरा खस शब्द, शब्दकोषबाट पनि लोप हुंदै गएको थियो।<ref>[यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) समुदायके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ प्रस्तावना (निवेदन)]</ref> यसबाट के देखिन्छ भने यो जति आफ्नो भाषा, संस्कृति, संस्कार र जातीयतामा त्यति कट्टर भएको पाईंदैन। यो जतिले हिन्दूकरणसँगै एउटा परिवेशमा बर्णाश्रम धर्म अपनायो तर त्यसलाई पनि अहिले क्रमशः छोड्दै गएको पाइन्छ। यसको निवास्थान कहाँ हो? यी आज कहाँका रैथाने मानिन्छन् त? भन्ने प्रश्नमा हिन्दी शब्दकोशले दिएको व्याख्या अनुसार यो गढवालको उत्तरको प्रदेशको निवासी नेपाल आदि देशमा रहने वाला ब्राम्य समुदाय<ref>[यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) समुदायके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ प्रस्तावना (निवेदन)]</ref> भन्ने उल्लेख छ। यसबाट कुमाउँ गढवाल र नेपालको विशेषत: पहाडी भाग, पर्वतहरूको काख खस समुदायको मातृभूमि या निवासभूमि हो भन्ने प्रष्ट हुन्छ। धर्म, साम्प्रदाय, संस्कृति आदिमा त्यति कट्टर नभएको यो समुदाय नेपाल प्रवेश गरेपछि बौद्धकरण हुन र यहाँका जनसमुदायहरूको सस्कृतिसँग घुलमिल भई जनसमुदायका कैयौं संस्कृतिलाई अबलम्बन गर्न त्यति कठिनाइ रहेन। अहिले इतिहासको एउटा परिवेशमा खस समुदायले अबलम्बन गरेको वर्णाश्रम धर्मलाई समयको गतिसँगै तिब्र गतिमा परित्याग गर्दै गएको पनि देखिन्छ।
==खस भाषा==
{{main|खस भाषा}}
बेबिलोनियाको अभिलेखबाट कस वा खस भाषाका ३०० जति शब्द र कसहरूले पुज्ने गरेका ३० वटा देव देविका नाम जानकारीमा आएको बताईको छ। कस अर्थात् खसहरू {{Citation needed}} बाल्लीक प्रदेशमा आइपुग्दा उनीहरूले बोल्ने भाषा बाल्हीकी नामले प्रसिद्ध भएको बुझिएको छ। ख्याती प्राप्त भाषा शास्त्री जी.ए. ग्रियसर्नले बाल्हीकीजन्य खस भाषालाई पहाडी भाषाको संज्ञा दिएर पश्चिमी पहाडी, पूर्वीय पहाडी र केन्द्रीय पहाडी गरी ३ भागमा बाँडेका छन्। पूर्वी पहाडी भनेर सिञ्जालीलाई दिएको छ। खस साम्राज्यमा सिञ्जाली (जुम्ली) राजकाजको माध्यम बनाई राज्य भाषाको स्थान दिइएकाले यसको उत्तरोत्तर विकास भयो। पछि गएर सबै बाहिसे र अधिकांश चौविसे राज्यको राज्य भाषा नेपाली हुन गयो। यो खस वा हालको नेपाली भाषा विश्वका एक दर्जन सजिला र वैज्ञानिक भाषा भित्र पर्दछ। यो भाषाको विकास पनि निकै द्रुत गतिमा भएको देखिन्छ। आज हामीले नेपाली भाषाका रूपमा बोलिने खस भाषा यही अवस्थामा थिएन। साहित्य, संस्कृति र कलाको क्षेत्रमा समेत समृद्ध हुंदै गएको खस वा नेपाली भाषा पश्चिम नेपालबाटै फैलिंदै आसाम र वर्मा तथा [[भुटान|भूटान]]सम्म फैलिएको छ। विकास भएको र सजिलो भाषा हुनाले र नेपालमा खस राज्यको साम्राज्य कायम भएको हुनाले पनि यो भाषालाई अन्य भाषा भाषीहरूले ग्रहण गरेका र विस्तार भएको देखिन्छ। २०५८को जनजणना अनुसार ४८.६१ प्रतिशत नेपाली जनताले आफ्नो मातृभाषा नेपाली बताएका छन्। अन्य मातृभाषा बोल्ने जनजातिहरूले पनि नेपाली भाषालाई कामकाजी र दोस्रो भाषा बनाएका छन्। यसबाट नेपाली या खस भाषा देशका बहुसंख्यक जनताले बुझ्ने राष्ट्र भाषाका रूपमा स्थपित भएको छ। नेपाली या खस भाषा विस्तारै स्थापित हुनुमा खस साम्राज्यको भाषिक आधिपत्यका कारण हो। यसको लागि पंचायती साशन सम्म पंचवर्षीय योजनामा अरु भाषाहरूको प्रयोग न्युनिकरण गर्न सरकारी कोष प्रयोग हुन्थ्यो। प्रजातन्त्र स्थापना भैसक्दा पनि नेपालको कुनै पनि सरकारी कामकाजमा नेपाली बाहेक अरु भाषा प्रयोग गर्न गैह्र कानुनी हुने सर्वोच्च अदालतले फैसला गरेको थियो, जुन दिनलाई अन्य भाषीहरूले कालोदिनको रूपमा अहिलेसम्म मनाउंछन्। लोकतन्त्र स्थापना पछि पनि, अहिले सम्मको नेपाल सरकारको बजेट र नेपालको शिक्षा प्रणालीमा सरलीकरण लगायतका अन्य भाषालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको छैन।
 
==नेपालको खस अंग==
==आजको समयमा खस==
[[File:Nepali Hindu groom.jpg|thumb|आधुनिक खस जाति, पर्वते हिन्दु]]
आजको समयमा पनि केही खस संस्कारहरू जीवितै छन् । पूर्ण रूपले हिन्दुकृत भएका खसहरूले [[हिन्दू धर्म|हिन्दु]] धर्मसँगै खस संस्कारहरू पालना गर्छन् । खसको मूलभूत चिन्हहरूमध्ये [[देवाली|मष्टो पुजा]] वा [[देवाली]] एक हो । आज पनि [[ठकुरि]] र [[क्षेत्री]] समुदायहरू १२ [[मष्टो देवता]]का पुजा गर्छन् । अन्य हिन्दु जातिहरूसँग भिन्न रहने मष्टो पुजा प्राचिन खस संस्कार हो । पर्वते हिन्दु समुदायको अर्को चिनारी [[खस भाषा]] (नेपाली भाषा) हो । यो एक इन्डो-आर्यन भाषा परिवारको सदस्य हो जो [[भारोपेली भाषा परिवार]] को एक शाखा हो ।
 
==सन्दर्भ सामग्रीहरू==
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/782051" बाट अनुप्रेषित