"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
| relief =
| location = [[कोशी अञ्चल]], [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]]
| nearest_city = [[धरान नगरपालिकाउपमहानगरपालिका|धरान]]
| lat_d = 26
| lat_m = 39
पङ्क्ति ४७:
कोशी टप्पु वन्य जन्तु आरक्षण मुख्यत: घाँसे मैदानले भरिएको छ। साथै यहाँ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन्। मुख्यत: लोपोन्मुख अवस्थामा रहेका [[अर्ना]] (जंगली भैँसी)हरू पाईने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तै: [[हरिण]], [[रतुवा]], [[निलगाई|नीलगाई]], [[बँदेल]], [[बाँदर]], [[अजिङ्गर|अजिंगर]] आदि जनावरहरू पाइन्छन्।
 
विश्वमा नै दुर्लभ मानिएका चराचुरुगीहरू सहित ४४१ प्रजातिका चराचुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन्। जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज (swamp partridge), फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन। साथै जाडो मौसममा [[रुस|रूस]]को साईवेरिया, [[मङ्गोलिया|मंगोलिया]], [[जनबादी गणतन्त्र चीन|चीन]], [[तिब्बत]], [[काजकस्तान]], [[अफगानिस्तान]], [[स्पेन]], [[इरान]]बाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ। यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन (Gangetic dolphin) पनि पाइन्छन्।
 
==अर्नाको राजधानी र चराहरूको स्वर्ग==
[[विराटनगरबिराटनगर उपमहानगरपालिकामहानगरपालिका|विराटनगर]]बाट करिब ५० किमी उत्तर-पश्चिम र [[धरान नगरपालिकाउपमहानगरपालिका|धरान]]बाट करिब ४० किमी पश्चिम दक्षिणमा अवस्थित [[कोशी अञ्चल|कोशी]]को "टप्पु" कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ।
[[सिसौ]], [[खयर]] र [[सिमल]]का रूख र पोथ्रा-पोथ्रीहरूले भरिएको यो टप्पु [[सिमसार]] भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि लागि विश्वमै प्रसिद्ध छ। यहाँ ४२० प्रजातिका स्थायी चरा छन्, हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन। अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ। यसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ।
 
नदीको केही भाग समेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन। विश्वमै कहीँ नपाइने [[स्वाम प्याष्ट्रिज]] नामक चरा यहाँ पाइन्छ। कात्तिकदेखि फागुन महिनासम्ममा [[रुस|रूस]], [[श्रीलङ्काश्रीलंका|श्रीलङ्का]], [[भारत]], [[तिब्बत]] आदि देशहरूबाट हुल बाँधेर चराका बथान आइपुग्छन। केही समय यहाँ बास बसेपछि यी चराहरूले [[पाकिस्तान]], [[अफगानिस्तान]] हुँदै [[अफ्रीका|अफ्रिका]], [[युरोप]]तिर बेग हान्ने चरा अध्येताहरू बताउँछन। कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै [[कर्याङ–कुरुङ सारस|कर्‍याङकुरुङ]], [[सारस]], [[पानीहाँस]] हुलका हुल देख्न पाइन्छ। डल्फिन र [[घडियाल]] गोही पनि कोश टप्पुका आकर्षण हुन।
 
कात्तिकदेखि फागुनसम्म [[अर्ना]] र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ। यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ। अझै हात्ती चढेर आरक्षण र नजीकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ। तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो। आरक्षण घुम्न जानेहरूका लागि आसपासका क्षेत्र र सप्तकोशी नदीमाथिको र्‍याफ्टिण्ङ समेत तान्नसक्छ। काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीमा र्‍याफ्टिङ गर्दै बराहक्षेत्र-चतरा निस्केर कोशीटप्पु भ्रमण गर्न सकिन्छ। धरानबाट २६ किमी उत्तर मूलघाट गएर र्‍याफ्टिङ गर्दै चतरा भएर कोशीटप्पु समेत झर्न सकिन्छ। चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ।
पङ्क्ति ५९:
==पुग्ने कसरी?==
 
[[विराटनगरबिराटनगर उपमहानगरपालिकामहानगरपालिका|विराटनगर]]बाट करिब ५० किमी उत्तर-पश्चिम र [[धरान नगरपालिकाउपमहानगरपालिका|धरान]]बाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। पूर्व-पश्चिम राजमार्गको लौकही नजीकैको जमुनाहबाट दुई किमी उत्तरमा रहेको आरक्षणको दक्षिणी भागबाटै सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले यो मार्ग अहिले छैन। हाल कोशीटप्पु पुग्न [[इटहरी नगरपालिकाउपमहानगरपालिका|इटहरी]] र [[इनरुवा]] बीचमा पर्ने झुम्का तथा धरानबाट [[चतराधाम|चतरा]] भएर जानुपर्ने हुन्छ।
 
'''कोशी टापु [[संरक्षित क्षेत्र]](संरक्षित वन क्षेत्र)''' १७५ बर्ग किमीमा फैलिएको एउटा [[वन्य-जीवन(wildlife)]] शरण क्षेत्र, सिमसार क्षेत्र हो जुन १९७६ मा स्थापित भयो जुन पूर्वी [[नेपाल]]मा स्थित छ। यहाँ महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ। यस [[प्राकृतिक संरक्षण|संरक्षण क्षेत्र]]मा हाल पाँच [[हात्ती]]हरू छन र यो क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई [[अर्ना]] भनिन्छ, [[हरिण]], [[निलगाई|नीलगाई]], [[मगर जाति|मगर]], [[गंगा डल्फिन]] (Gangetic Dolphin), अन्य ४६० भन्दा धेरै जातिको चराचुरीहरूको बसो बास स्थल हो।
पङ्क्ति ६७:
अध्ययनपछि कतिपय सुझावहरू अध्ययनकर्ताहरूतिर बाट आयो जसमा एउटा सुझाव थियो- पर्यटनको विकास। उनिहरूको सुझाव थियो कि वाईल्डलाईफको प्रशिक्षकहरूद्वारा क्षेत्रीय मान्छेहरूलाई प्रशिक्षण दिएर गाईड बनाउनु र पर्यटनलाई विकाश दिनु। <ref>[http://www.nepjol.info/index.php/ON/article/viewPDFInterstitial/298/290 Park–people Conflict in Koshi Tappu Wildlife Reserve, 2003 PDF]</ref>
 
वन्य-जीवनको संरक्षण अतिरिक्त यस संरक्षित क्षेत्रमा [[सप्तकोशी नदी|सप्तकोशी]]को केही महत्वपूर्ण भाग पनि संरक्षित रही रहन्छ। सन् १९८७ मा यो ठाउँलाई [[रामसर साईट]] घोषित गरियो। <ref>[http://www.ramsar.org/sitelist.pdf The Ramsar Wetlands of International Importance Official List p.26 of PDF (under Nepal listing)]</ref>
 
==बाहिरी लिंक==