"किराँत जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति ३:
'''किराँत''' शब्दले नेपालका बर्तमान राई जाती लाई जनाउँदछ। वेद व्यासले लेखेको संसारको वैदीक सनातन धर्म वेदमा समेत यस भुभागमा वस्ने जातीलाई कीरात भनी व्याख्य गरेको छ। शात्र अनुसार किरात अनआर्य जाती जुन धर्म बिहिन थियो। र सो किराँत भित्र बर्तमानमा धेरै थरहरू रहेको भनिए पनि प्राचीन किराय जाती राय मात्र थिए।बर्तमानमाब१५/१६शताब्दी तिर नेपाल भित्रीएका माङ्गोल जातिले आफुलाई किरात भन्ने गरेको पाईन्छ।बर्तमन किरात हु भन्ने जातिका बिभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन्;<br>
प्रमुख जातिहरु
*[[राई जाति|राई]]
*[[सुनुवार जाति|सुनुवार]]
*[[लिम्बु जाति|लिम्बू]]
पङ्क्ति १०:
*[[आठपहरिया राई]]
*[[सुनुवार किराँत]]
किराँत भनेको नेपालका प्रबजित जाति थियो.किराँतहरूको बसोबास नेपालको पूर्ब र हिमाल सम्म फैलिएको छ भने भारतको असाम,बङ्गाल देखि लिएर त्रीपुरा सम्म रहेको छ. यो जाति भनेको नेपालको सबै भन्दा कम जनसङ्ह्य भाको जाति हो र नेपालमा खेतिको सुरुवात् गर्नुका साथै सुङुर पालन आरम्भ गर्ने यिनै जाती हुन. [[काठमाडौं|काठमाडौं]]का गोपाल राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[
यिनीहरू हिमालय पर्वत खण्डको दक्षिण पट्टिको पहाडी भागमा बसोवास गर्ने जातिका रूपमा पनि पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । बिभिन्न पौराणिक श्रोतहरूमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ । किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरूले सिमानामा बस्ने जाति वा आर्यहरूलाई सरण दिएर आफ्नो भूमीमा राखेर राज्य गर्ने जातिहरू भन्ने गर्दछन् । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाइन्छ । जातिको रूपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका बिभिन्न प्रसंगमा भएको छ । यजुर्वेदमा “गुहाम्य महात्मा” अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रूपमा बर्णन गरिएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् ।
पङ्क्ति १६:
बिक्रम जित हसरत तथा अन्य केही विद्धानहरूले किरात शब्दको उत्पत्ति भूमध्ये सागरीय क्षेत्रमा बोलिने मोवाइट भाषाको किरीयाट भन्ने शब्दबाट अपभ्रंश भई किरात भएको उल्लेख गरेका छन् । किरातहरूको मूल बेबिलोन भएको र यिनीहरू ईसापूर्व २४०० तिर आफ्नो मूलथलो छोडी मेसोपोटामिया तर्फ लागेको मानिन्छ । कतिपयले किरातहरूको उद्गमस्थल अफ्रिकालाई पनि मानेका छन् भने पर्सियाको उत्तरी मैदान र मिश्रलाई समेत किरातहरूको उद्गम स्थलका रूपमा कतिपय इतिहासकारले मानको पाइन्छ । सामान्यतया हिन्दमहासागर र चीन आसपास क्षेत्रमा वसोवास गर्ने मानव नश्लको शारीरिक बनावट मिल्ने हुँदा चीन, जापान, कम्बोडिया, अफ्रिका, भियतनाम र भारतको आसाम, नागाल्याण्ड, मणिपुर आदि क्षेत्रमा बसोबास गर्ने मंगोल जाति र नेपालको पूर्वी भागमा बसोबास गर्ने राई लिम्बू लगाएतका जनजातिहरूको शारीरिक बनावट एवं उद्गमस्थल एउटै रहेको अनुमान लगाउन सकिन्छ । इतिहासविद् इमानसिंह चेमजोङ्गले पनि भोटवर्मेली भाषा बोल्ने जातिहरूलाई किरात कै शाखा मानेका छन् । किराती ग्रन्थ मुन्धुममा उल्लेख भएअनुसार “मनाफेवामाङ” नामक किराती राजा चीनको सिचुवान प्रान्तबाट तिब्बत आएका थिए भन्ने उल्लेख भएको पाइन्छ भने नेपालको हकमा यिनीहरू बाहिरबाट नै नेपाल खाल्डोमा प्रवेश गरेका थिए ।
किरातहरूको नश्ल तथा उद्गम्स्थलका बारेमा मात्र नभई यिनीहरूको मानव समुह सम्बन्धका बारेमा पनि विवाद रहेको देखिन्छ । केही विद्धानहरूको दृष्टिमा यिनीहरू आर्य मूलका मानिएका छन् भने केही विद्धानहरूको दृष्टिमा यिनीहरू अनार्य मूलका मानिएका छन् । [[अमरकोश|अमरकोष]] लगाएतका धर्मग्रन्थहरूमा किरातहरूलाई “म्लेच्छ” मानिएको छ । महाभारत र मनुस्मृतिमा आर्य क्षेत्रिय मानिएको छ । स्वामी प्रपन्नाचार्यले किरात जाति आर्य समुदायकै भएको ठहर गर्दै उनीहरू तागाधारी हिन्दू भएको आफ्नो स्पष्ट अभिमत राखेका छन् । जे भएपनि आज किरातहरू सामान्यतय मङ्गोल परिवार भित्र कै मानिन्छन् र वर्तमान किरातहरूको मातृभाषा पनि तिब्बती वर्मन परिवारको मानिएको छ ।
कुनै स्पष्ट प्रमाण नभएका कारण किरातहरूको ऐतिहासिकताका बारेमा यकिन भन्न सक्ने अवस्था छैन । एकथरी विद्धानहरू गोपालराज वंशावली, भाषावंशावलीहरू, पुराण एवं महाभारतमा उल्लेख भएको आधारमा मात्र सीमित भएर किरातहरूको बारेमा स्पष्ट एवं ठोकुवा गर्न नमिल्ने धारणा राख्छन् । यो समुहका विद्धानहरू यस कुराको पुष्टि गर्ने कुनै पनि पुरातात्विक स्रोतहरू प्राप्त नभएको र साहित्यिक सन्दर्भहरू कपोलकल्पित हुन सक्ने धारणा राख्दै किरात युग ऐतिहासिक युग नभई पौराणिक युग हो भनि मान्दछन् ।
|