"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

सा Protected "एडल्फ हिटलर": बर्बरता बचाउनु पर्ने भएकोले ([सम्पादन गर्ने=दर्ता नभएका प्रयोगकर्ताहरूलाई रोक्ने] (अनिश्चित काल) [सार्ने=दर्ता नभएका प्रयोगकर्ताहरूलाई रोक्ने] (अनिश्चित काल))
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५२:
| serviceyears = 1914–1918
| rank = ''[[Gefreiter]]''
| battles = [[पहिलो विश्वयुद्ध|प्रथम विश्वयुद्ध]]
| awards =
{{plainlist |
पङ्क्ति ६१:
}}
 
'''अडोल्फ हिटलर''' ({{IPA-de|ˈadɔlf ˈhɪtlɐ|lang|}}; २० अप्रिल १८८९ - ३० अप्रिल १९४५) [[अष्ट्रिया]]मा जन्मिएका जर्मन राजनीतिज्ञ तथा [[राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]] (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। उनी सन् १९३३ देखि सन् १९४५ सम्म [[जर्मनी]]का चान्स्लर तथा १९३४ देखि १९४५ सम्म [[नाजी जर्मनी]]का शासक थिए । उनी नाजीबाद तथा [[दोस्रो विश्वयुद्धविश्व युद्ध|दोश्रो विश्वयुद्ध]] शुरू हुनुका केन्द्रीय पात्र थिए ।
 
उनी [[प्रथम विश्वयुद्ध|पहिलो विश्वयुद्ध]]का अनुभवी थिए । उनले सन् १९१९मा [[राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]] ([[नाजी पार्टी]])को सदस्यता लिए तथा सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले एक "कु" को असफल प्रयास समेत गरेका थिए । सोहि असफल "कु" को कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण [[मेरो संघर्ष]] लेखे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी [[भर्साइल्सको सन्धि]]को कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदी बिरोधी र [[कम्युनिष्ठ]] बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उद्देश्य [[युरोप]]मा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।
 
== शासनकाल ==
पङ्क्ति ८७:
 
==राजनितीक जिवन==
[[पहिलो विश्वयुद्ध]]मा ब्रिटिस सैनिकहरूले एक घाइते जर्मन सैनिकको ज्यान बक्सिस दिएका थिए । ती भाग्यमानी सैनिक अरू कोही नभएर हिटलर नै थिए । त्यसपछि उनले छानी–छानी यहुदीहरू सिध्याउन सुरु गरेका थिए । उनी यहुदीलाई सखाप पार्न चाहन्थे । यहुदीमाथि धेरै अत्याचार गर्ने हिटलरकी पहिली प्रेमिका यहुदी नै थिइन् । भक्सवेगन बेटल कार बनाउने तरिका पनि उनले एक यहुदी इन्जिनियरबाटै चोरेका थिए । हिटलरलाई चकलेट अत्यन्तै मन पर्थ्यो । चक्लेट खाइरहने उनको बानी थियो । हिटलरले [[इङ्ल्यान्ड]]का राष्ट्रपतिलाई विस्फोटक चकलेटद्वारा मार्ने योजनासमेत बनाएका थिए । तर, त्यो सम्भव भएन । हिटलरलाई [[बिरालो]]सँग भने निकै डर लाग्थ्यो । आधुनिक विश्वमा हिटलर नै यस्ता पहिला व्यक्ति थिए, जसले धुम्रपानविरोधी अभियान सुरु गरे । अर्को कुरा, मारकाटको राजनीति गरेका हिटलर मांसाहारी थिए होलान् भन्ने धेरैको अनुमान हुन सक्छ । तर, उनी शाकाहारी थिए । उनले पशु क्रूरताविरुद्ध कानून पनि बनाएका थिए । हिटलरलाई ड्रग्सको लत बसेको थियो । उनी प्रत्येक दिन ८० प्रकारका ड्रग्स सेवन गर्थे । उनको स्वास्थ्य धेरै बिग्रेको थियो । हर समय शरीर काँप्ने गर्थ्यो । उनी आइड्रपमा पनि १० प्रतिशत कोकिन मिसाउँथे । उनी पेट फुल्ने समस्याबाट ग्रस्त थिए । यसबाट छुटकाराका लागि उनी २८ प्रकारका औषधि सेवन गर्थे । कलाकार चार्ली चाप्लिनका निकै ठूलो प्रशंसक थिए, हिटलर । चार्लीको जुँगा उनलाई खुब मन पथ्र्यो । त्यसैले त उनी चार्लीकै जस्तो जुँगा राख्थे । हिटलरका जुँगालाई ‘टुथब्रस जुँगा’ भनिन्थ्यो । हिटलर चार्लीभन्दा केवल चार दिन मात्रै कान्छा थिए । हिटलरका लागि त्यो सबैभन्दा खुसीको दिन थियो, जुन दिन ‘टाइम्स म्यागजिन’ले हिटलरलाई ‘म्यान अफ द इअर’को टाइटल दिएको थियो । यो सन् १९३८ को घटना हो । सन् १९३९ मा उनलाई नोबेल शान्ति पुरस्कारका लागि नामांकित गरिएको थियो । सन् १९३३ मा हिटलरले जर्मनीको सत्तामाथि कब्जा जमाए । त्यसपछि उनको राज्य बिस्तारको अभियान सुरु भयो । उनले आफ्नो विरोधीहरूमाथि अत्यन्तै क्रुर व्यवहार गरे । राज्य बिस्तारका क्रममा उनको सेना बर्लिनको पर्खासम्म पुग्यो, जहाँ [[जोसेफ स्टालिन|स्टालिन]]को रुसी सेना थियो । उनको राज्य बिस्तार अभियान जर्मन अन्धराष्ट्रवादको द्योतक थियो । उनकै कारण सन् १९३९–१९४५ को [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]] चल्यो । विश्वविख्यात तानाशाह हिटलरको मृत्यु सन् १९४५ अप्रील ३० का दिन भयो ।<ref name= "लोकपाटी">[https://lokpati.com/?p=13591 लोकपाटी अनलाइन]</ref>
 
 
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित