"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १३:
हुनत आइन्स्टाइनलाई शुरू-शुरूमा बोलाईमा समस्या हुन्थ्यो, तर उनी पढाईमा अव्वल थिए । उनको मातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सिके ।
 
१८८० मा उनको परिवार [[म्युनिख|म्यूनिख]] शहरमा गए जहाँ उनको पिता र काकाले ''Elektrotechnische Fabrik J. Einstein & Cie'' नामक कम्पनी खोले । यो कम्पनी बिजुलीको उपकरण बनाउँथ्यो र यसले म्यूनिकको ''अक्टोबर फेस्ट'' मेलामा पहिलो पल्ट उज्यालोको व्यवस्था पनि गरेको थियो । उनको परिवार [[यहुदी धर्म|यहूदी]] धार्मिक परम्पराहरुलाई मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गए । आफ्नी आमाले भने पछि उनले सारङ्गी बजाउन सिक्न थाले । उनलाई यो कुरा मन पर्दैनथ्यो र पछि यसलाई छोडे, तर पछि मोजार्टको [[सारङ्गी]] सङ्गीतमा उनलाई धेरै आनन्द आउँथ्यो ।
 
हर्मन आइन्स्टाइनको छोरा पाँच देखि दस वर्षको उमेरसम्म एक क्याथोलिक प्राथमिक स्कूलमा पढे । हुनत आइन्स्टाइनले बाल्यकालमा शुरुमा बोलाईमा समस्या भएपनि पछि राम्ररी बोल्न सिके । उनी प्राथमिक स्कूलमा एक अव्वल छात्र थिए । आइन्स्टाइनले रमाइलोको लागि मोडल र यान्त्रिक उपकरणहरुको निर्माण गरे र गणितमा प्रतिभा देखाउन पनि शुरू गरे| १८८९ म्याक्स तल्मूडले दस वर्षीय आइन्स्टाइनलाई विज्ञानको महत्वपूर्ण ग्रन्थहरु सिकाए । तल्मूड एक गरीब यहूदी मेडिकल छात्र थिए । यहूदी समुदायले तल्मूडलाई छ वर्षको लागि प्रत्येक शुक्रबार आइन्स्टाइनसँग भोजन गराउने व्यवस्था गरे । यस समयभरी तल्मूडसँगै आइन्स्टाइन पुरा मनले धर्मनिरपेक्ष शैक्षिक हितहरुको माध्यमबाट धेरै निर्देशित भए ।
पङ्क्ति २६:
मुख्य लेख : [[प्रकाशको विद्युतीय असर]]
 
उनले आफ्नो यस सिद्धान्तमा [[प्रकाश विद्युत प्रभाव|प्रकाशको विद्युतीय असर]]को बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् उसमा उनले पदार्थमा विद्युतीय धार (Electric Current) को उत्पादन कसरी हुन्छ भन्ने बारेमा वर्णन गरेका छन् । यसमा जन पोटासियम, सोडियम, लिथियम जस्ता धातुमा प्रकाश ढाकिन्छ, तब ती धातुबाट इलेकट्रोन बाहिर निस्कन्छ । त्यस्ता इलेक्ट्रोनलाई फोटो इलेक्ट्रोन र त्यो असरलाई फोटो विद्युतीय असर (Photoelectric Effect) भनिन्छ ।
 
यसै महान् कार्यको कदर स्वरूप उनलाई सन् १९२१ मा भौतिक शास्त्रतर्फको नोवेल पुरस्कार प्रदान गरियो । यसै नियमको प्रयोगबाट नै सोलार सेल (Solar Cell) को विकास भएको हो र सौर्य ऊर्जालाई आजको बैकल्पिक ऊर्जाको रूपमा लिन सकिएको हो ।
 
=== सापेक्षतावादको सिद्धान्त: (Theory of Relativity) ===
[[सापेक्षता सिद्धान्त|सापेक्षतावादको सिद्धान्त]] भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखा पर्ने असर हो । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टतइनका सापेक्षतावादको सिद्धान्तकै एक मूलभूत महत्वपूर्ण र क्रान्तिकारी कुरा पनि समय सापेक्ष हुन्छ भन्ने विचार हो । जसमा सबैको लागि एटर्उै अथवा निरपेष भई यो पनि सापेक्ष कुार हो । यस अघिसम्म संसारले अर्का महान् वैज्ञानिक न्यूटनको समय निरपेक्ष हुन्छ अर्थात समय दाँजोमा आउने चीज नभई सबैको लागि उही र उहाँ हुने कुरो हो भन्ने विचार नै मान्दै आएको थियो । आइन्स्टाइनको सापेक्षतावादको सिद्धानतले विश्व ब्रम्हाण्डमा कुनै पनि चीज निरपेष छैन भन्ने कुराको पृष्टि गर्छ । त्यसले लम्बाइ, शकित्, स्थान वा अन्तरिक्ष समय र गति सबै कुराहरू सापेक्ष हुन् भन्ने पुष्टि गर्छ । सापेषतावादका सिद्धानतले हाम्रो सम्बन्धमा रहेका वसतुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुार बुझाउँछ ।
 
=== कणहरूको ब्राउनियमन गति (Brownian Motion of Particles) ===