"कृष्ण" का संशोधनहरू बिचको अन्तर

→‎श्रीकृष्णको पूजा: स्तुति हालेर
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७२:
 
=== गोवर्धन धारण ===
एक दिन भगवान श्रीकृष्णले नन्दादी गोपहरूलाई केही पूजा सामग्री लिएर मन्दिर जान लागेका देखे। यो देखेर भगवान श्रीकृष्णले सबैलाई कहाँ र किन जाँदै छौ भनेर सोधे। यो सुनेर नन्दादी गोपहरूले देवराज इन्द्रको पूजा गर्न मन्दिर जान लागेको बताए। तब कृष्णले यसरी इन्द्रको पूजा गर्नु भन्दा हामी जुन ठाउँमा बसेका छौँ त्यो गिरी गोबर्धनको पूजा गर्नु राम्रो भएको बताए। यो सुनेर ब्रजवासीहरूलाई कृष्णको कुरा ठिक लाग्यो। सबै मिलेर गोबर्धन पूजा गरे मन्दिरमा चढाएको प्रसाद इत्यादी सबै कृष्णले गोप्यरूपमा खाए। यो देखेर सोझा गोपहरूले देवता खुसी भएर हामीले चढाएको फल फूल, प्रसाद सबै देवताले खाए भन्ने ठाने। यो देखेर देवराज इन्द्रलाई साह्रै रिस उठ्यो उनले सबै मेघहरूलाई बोलाएर पुरा ब्रजलाई बगाउने आदेश दिए। देवराजको यो आज्ञा पाएर ब्रजमा घनघोर वर्षा हुन लाग्यो पुरा ब्रज जलमग्न भयो। जमीन भन्ने कुनै ठाउँ नै रहेन चारै तिर सागर झैँ पानी नै पानी भयो। यो देखेर ब्रजमा हाहाकार मचियो। बाँच्ने आशा सबैको हरायो। सबैले कृष्णले उल्टो मति सिखाएकोमा इन्द्र रिसाए भन्दै कृष्णलाई दोषी ठहराए। तब भगवान श्रीकृष्णले पनि देवराज इन्द्रको सेखी हरण गर्ने ठाने। कृष्णले सबै ब्रजवासीहरूलाई गोबर्धन गिरीको फेदीमा लिएर गए। आफ्नु कान्छी अङ्गुलीले गोबर्धन पर्वतलाई उठाएर एक गुफा बनाए। सबै ब्रजवासीहरूलाई गुफामा बसालेर आफुले एक हातले पर्वत उठाएर अर्को हातले मुरली बजाउदै सबैलाई मोहीत बनाए। एक हप्ता भरी वर्षा रोकिएन अंतमा इन्द्रले आफ्नो हार स्विकार गरेर भगवान श्रीकृष्णसँग माफी मागेर वर्षा बंदबन्द गराए। वर्षा बंदबन्द भैसके पछि कृष्णले सबैलाई बाहिर निकालेर पर्वत पूर्वानुसार राखेर बाहिर आए।
 
=== चिरहरण ===
"https://ne.wikipedia.org/wiki/कृष्ण" बाट अनुप्रेषित