"अक्टोपस" का संशोधनहरू बिचको अन्तर

702685द्वारा पुनरावलोकन 2405:204:6098:80EA:0:0:1E:F0A1 (वार्तालाप) खारेज गर्नुहोस
चिनो: पूर्ववत
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
}}
 
'''अक्टोपस''' ({{IPAc-en|icon|ˈ|ɒ|k|t|ə|p|ʊ|s}} or {{IPAc-en|icon|ˈ|ɒ|k|t|ə|p|ə|s}}) [[शङ्खेकिरा|शंखेकीरा]]को वर्ग [[मोलस्का]]मा पर्ने जनावर हो, यसको शारीरिक संरचना अचम्मको हुन्छ। हिँड्नका लागि टाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको हो। जीव वैज्ञानिकहरूले अहिलेसम्म ३ सय प्रजातिको अक्टोपस पत्ता लगाएका छन् जसमध्ये एउटा प्रजाति मात्र खतरनाक छ, जसले मानिसलाई आक्रमण गर्छ। अक्टोपसको आयु बढीमा चार वर्ष हुन्छ। विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी [[प्रशान्त]] क्षेत्रमा पाइने अक्टोपस हो, जसको तौला १५ किलो र खुट्टाको लम्बाई ४ मिटरभन्दा बढी छ। अक्टोपसका तीनवटा मुटु र आठ वटा हात नियन्त्रण गर्न ९ वटा दिमाग रहेको हुन्छ। सबै अक्टोपस मांसाहारी हुन् र उनीहरू आफूभन्दा ठूला सामुदि्रक जीवको समेत सिकार गर्छन्।
 
सन् १९७०मा गरिएको एक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो। केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन्। वैज्ञानिकहरूका अनुसार अक्टोपसको [[स्नायुप्रणाली]] निकै जटिल हुन्छ। ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झनमा राख्न सक्छ। जीव वैज्ञानिकहरूका अनुसार अक्टोपसलाई रङ्ग र आकार छुट्याउने तालीम दिन सकिन्छ। अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि हुन्छ।
"https://ne.wikipedia.org/wiki/अक्टोपस" बाट अनुप्रेषित