"चट्टोग्राम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३६:
'''चट्टोग्राम''' <ref>{{cite news |author=Mahadi Al Hasnat |date=2 April 2018 |title=Mixed reactions as govt changes English spellings of 5 district names |url=http://www.dhakatribune.com/bangladesh/2018/04/02/english-spellings-chittagong-comilla-barisal-jessore-bogra-changed/ |newspaper=Dhaka Tribune |access-date=8 April 2018}}</ref> [[बाङ्लादेश]]को एउटा प्रमुख बन्दरगाह र दोश्रो सबैभन्दा ठुलो सहर हो ।<ref>http://www.lloydslist.com/ll/sector/containers/article428456.ece</ref> चट्टोग्राम एउटा गहिरो पानीको प्राकृतिक बन्दरगाह हो । बङ्गालको खाडीको पूर्वी तट र कर्णफुली नदीको मुहानमै स्थित यो सहर देशको दक्षिणी क्षेत्रमा पर्दछ । सन् २०११ मा यसको अनुमानित जनसङ्ख्या ६५ लाखभन्दा बढी रहेको थियो ।<ref>http://www.chittagongchamber.com/</ref> [[दक्षिण एसिया|दक्षिण एसिया]]मा यो वाणिज्य, उद्योग र पानीजहाजको एउटा प्रमुख केन्द्र हो । यो संसारकै सबैभन्दा तीव्र गतिले विकसित भइहेको महानगरहरू मध्ये एक हो ।
 
परापूर्वकाल देखिनै चट्टोग्रामको यस प्राचिन प्राकृतिक बन्दरगाहले [[बङ्गाल]] र [[बङ्गालकोबंगालको खाडी]]को प्रमुख व्यापारिक केन्द्रको लागी एउटा प्रवेशद्वारको रुपमा कार्य गरेको छ । यस बन्दरगाहले मध्य पूर्व, दक्षिण पूर्व एसिया, [[युरोप]] र [[जनबादी गणतन्त्र चीन|चीन]]को व्यापारीहरूलाई आकर्षित गरेको छ । अरब अन्वेषक इब्न-बतुता, [[भेनिस]]को व्यापारी निकोलो डे' कोन्टी र चीनी एडमिरल झेङ ही समेत कयौँ ऐतिहासिक यात्री यस बन्दरगाह भएर आवत जावत गरेका छन् । १६औँ शताब्दिमा पोर्चुगाली साम्राज्यमा यसलाई पोर्टो ग्रान्डे डी बेङ्गालाको नामले चिनिन्थ्यो । ब्रिटिश इस्ट इन्डिया कम्पनीले बङ्गालको अन्तिम स्वतन्त्र नवाबलाई युद्धमा हराएपछि सन् १७६० मा यस बन्दरगाहमा आफ्नो नियन्त्रण लिएको थियो । १९औँ शताब्दीमा ब्रिटिश राजको अनुसार, आधुनिक चट्टोग्राम बन्दरगाहको विकासको लागि असम-बङ्गाल रेलवेको निर्माण गरियो । [[दोश्रो विश्व युद्ध]]मा बर्मा अभियानको समयमा यो मित्र राष्ट्रको सेनाको लागी एउटा महत्वपूर्ण आधार बन्न पुग्यो ।<ref name="books.google.com.my">Chittagong, Asia and Oceania:International Dictionary of Historic Places [http://books.google.com.my/books?id=voerPYsAB5wC&pg=PT344&lpg=PT344&dq=french+east+india+company+chittagong&source=bl&ots=a94DdMv4_F&sig=I9AwiPawARIZIWiLMwxWbskQIVQ&hl=en&sa=X&ei=aW9oUfnFMIuzrAe934DoBg&ved=0CE8Q6AEwBQ]</ref> सन् १९४७ मा बेलायती भारतको विभाजन पछी, चट्टोग्राम पूर्वी पाकिस्तानको क्षेत्र बन्न पुग्यो। सन् १९७१ मा बाङ्लादेश मुक्ति युद्धको सुरुवातमा बाङ्लादेशको स्वतन्त्रताको घोषणा चट्टोग्रामबाटै गरिएको थियो।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/चट्टोग्राम" बाट अनुप्रेषित