"ययाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{अनुवादित हिन्दी}}
[[इक्ष्वाकु]] वंशका राजा नहुषका छः पुत्र थिए - याति, '''ययाति''', सयाति, अयाति, वियाति तथा कृति। याति परमज्ञानी थिए तथा राज्य, लक्ष्मी आदिदेखि विरक्त रहन्थे यस कारण राजा [[नहुष]]ले आफ्नो द्वितीय पुत्र ययातिको राज्यभिषके[[राज्याभिषेक]] गरिदिए।
 
उनै दिनहरूको कुरा हो, कि एक पल्ट दैत्यराज [[वृषपर्वा]]की पुत्री [[शर्मिष्ठा]] आफ्ना सखिहरूका साथ आफ्नो उद्यानमा घूमिरहेकी थिइन्। तिनको साथमा गुरू [[शुक्राचार्य]]की पुत्री ''[[देवयानि]]'' पनि थिइन्। शर्मिष्ठा अति मानिनी तथा अति सुन्दर राजपुत्री थिइन् किन्तु रूप लावण्यमा देवयानि पनि कुनै प्रकार कम थिइनन्। ती सबै त्यस उद्यानको एक जलाशयमा आफ्नो वस्त्र उतारी स्नान गर्न लागे। त्यसै समय भगवान [[शंकर]] पार्वतीका साथ आउँदै थिए। भगवान शंकरलाई आउँदै देखी ती सबै कन्याहरू लज्जावश आ- आफ्नो वस्त्र लगाउन थाले। शीघ्रतामा शर्मिष्ठाले भूलवश देवयानिका वस्त्र लगाउन पुगिन्। यसबाट देवयानि अति क्रोधित भएर शर्मिष्ठालाई भनिन्, "ए शर्मिष्ठा! एक असुर पुत्री भएर तिमीले ब्राह्मण कन्याको वस्त्र धारण गर्ने साहस कसरी गर्यौ? तिमीले मेरा वस्त्र धारण गरेर मेरो अपमान गरेकी छौ। " देवयानिले शर्मिष्ठालाई यस प्रकारदेखि अनेक अपशब्द पनि भनिन्। देवयानिका अपशब्दहरूलाई सुनेर शर्मिष्ठा आफ्नो अपमानदेखि रूष्ट भइन् र देवयानिका वस्त्र खोसेर उनलाई एक कुवामा धकेलिदिइन्।
 
देवयानिलाई कुवामा धकेलेर शर्मिष्ठा गए। पश्चात् दैववश राजा ययाति शिकार खेल्दै त्यहाँ आइपुगे। आफ्नो तिर्खा मेटाउनका लागी जब राजा कुवा निकट गए तब त्यस कुवामा वस्त्रहीन देवयानिलाई उनले देखे। उनले देवयानिको देहलाई ढाक्नका लागि आफ्नो दुपट्टा ओढाइदिए र देवयानिको हात समातेर कुवाबाट बाहिर निकाले।त्यसपछि देवयानिले प्रेमपूर्वक राजा ययातिलाई भनिन्, "हे आर्य! तपाईंले मेरो हात समात्नु भएको छ अतः म तपाईंलाई आफ्नो पति रूपमा स्वीकार गर्दछु हे वीरश्रेष्ठ! यद्यपि म ब्राह्मण पुत्री हूँ किन्तु [[वृहस्पति]]का पुत्र [[कच]]*को श्रापका कारण मेरो विवाह ब्राह्मण कुमारका साथ हुन सक्तैन। यस कारण तपाईं मलाई आफ्नो प्रारब्धको भोग सम्झी स्वीकार गर्नुहोस्।" ययातिले प्रसन्न भएर देवयानिको यस प्रस्तावलाई स्वीकार गरे।
पङ्क्ति २०:
 
हामीले भोगहरू भोग्दैनौं, तर भोगहरूले नै हामीलाई भोग्दछन्। हामीले तप गरेनौं तर हामी स्वयं नैं तप्त हुँदै गयौं काल समाप्त भएन हामी नैं समाप्त भयौं; तृष्णा जीर्ण भएको छैन तर हामी नै जीर्ण भए छौं !
==उपकथा==
 
'''उपकथा''':[[बृहस्पति वृहस्पतिका(ज्योतिष)|वृहस्पति]]का पुत्र कच गुरू शुक्राचार्यका आश्रममा रहेर [[सञ्जीवनी]] विद्या सिक्न आएका थिए। देवयानिले उनमा मोहित भएर तिनको सामुन्ने आफ्नो प्रणय निवेदन गरेकी थिइन् किन्तु गुरूपुत्री हुनको कारण कचले देवयानिको प्रणय निवेदनलाई अस्वीकार गरिदिए। यसबाट देवयानि रुष्ट भएर कचलाई आफ्नो पढेको विद्यालाई भूल्ने श्राप दिइन्। कचले पनि देवयानिलाई श्राप दिए कि उनिलाई कुनै पनि ब्राह्मणब्राह्मणले पत्नीका रूपमा स्वीकार गर्ने छैन ।
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/ययाति" बाट अनुप्रेषित