"नुसरत फतेह अली खान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
नुसरतको जन्मनाम प्रवेज फतह अलि खान हो । उनलाई एनएफएके, शहंशाह–ए–कव्वाली र खानसाहेव जस्ता नामले आदर गरिन्छ ।
 
नुसरतलाई उस्तादको उपाधि दिइएको थियो । उनले १० वर्षको उमेरमै साढे एक घण्टा लगातार उच्चस्वरमा गाएर सबैलाई अचम्भीत पारेका थिए । उनका पिताको मृत्युपछि उनले नै काकाहरुलाई साथ लिएर कव्वालीलाई आफ्नै तरिकामा अगाडीअगाडि बढाए । नुसरतले तबलालाई हार्मोनियमको तालमा ढालेर आधुनिक संगीतलाई प्राचीन कव्वालीमा मिसाएर नयाँ स्वर र संगीत विश्वसामु प्रस्तुत गरे फलस्वरुप केही वर्षमै उनी विश्वभर प्रसिद्ध भए । उनले धेरै राम्रा गीतहरु गाएर गएका छन् ।
 
उनले अरुले लेखेका गजल र गीतहरु गाउने मात्रै नभई आँफै लेखन र गायन पनि गर्दथे । सुफि नाटहरुका उनी उस्ताद कहलाउँछन् । तुम एक गोरखधंदा हो, दमादम मस्त कलन्दर, या हैय्यो या कैय्युँ, आग दामन मेँ लगजाएगी, मस्त नजरोँसे अल्लाह बचाए, सिंधडी दे सावाज कलन्दर, इस करम का करुँ शुक्र कैसे अदा, सादगी तो हमारी जरा देखिए, कोही बोले राम राम कोही खुदाए, छाप तिलक सब छिनी रे, लाल मेरी, मेरा पिया घर आया, अल्लाह हू । जस्ता कालजयी गीतहरु उनका नाममा रहेका छन् । उनी हिन्दू मुस्लिम लगायत सबै धर्ममा लोकप्रिय छन् ।