"महाभारत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४०:
[[चित्र:Kurukshetra.jpg|thumb|320px|left|पाण्डुलिपीमा कोरिएको कुरूक्षेत्रको युद्ध चित्र]]महाभारतको प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि [[व्यास (ऋषि)|वेद व्यास]] (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन) द्वारा बोलेर, भगवान [[भगवान गणेश|गणेश]]द्वारा लेखाइएको हो। व्यासले यो ग्रन्थ आफैले लेख्दा धेरै समय लाग्ने तथा आफ्नो जीवनमा पूर्ण गर्न पनि नसकिने जस्तो देखिए पछि भगवान गणेश, जो छिटो लेख्नको लागि प्रख्यात छन्,को सामुन्ने यो प्रस्ताव राखे। गणेश तत्काल तैयार भए तर आफू रोकी-रोकी लेख्न नसक्ने हुनाले एक शर्त राखे कि व्यासले कथा भन्दाखेरिको समयमा एकछिन पनि आराम गर्नको लागि रोकिन पाउने छैनन्। व्यासले पनि यो शर्तलाई स्वीकार गरे तर उनले पनि भगवान गणेशसँग एउटा शर्त राखे कि उनले व्यासले बोलेका वाक्यहरूलाई राम्ररी बुझेर मात्र लेख्नेछन्। व्यासले सोच्नको लागि समय निकाल्न गाह्रो-गाह्रो शब्दहरू प्रयोग गरे जसलाई बुझ्न गणेशलाई समय लाग्दथ्यो। यसले गर्दा लेखाउने समयमा व्यासलाई पनि केही सोच्ने समय मिल्ने भयो। यो कथा जनमानसमा प्रचलित एक कथासँग पनि मेल खान्छ जसमा गणेश जी यौटा दाँत कसरी भाँचियो भन्ने सोचाईमा मग्न हुनु भएको छ (गणेश जीको पारंपरिक छवि)। भनिन्छ कि महाभारत लेख्ने क्रममा हतारमा लेख्न बाधा नआउस भनेर एक पल्ट कलम उनको हातबाट छुटयो र उनले आफ्नो यौटा दाँतै भाँचे।
 
यस महाकाव्यको शुरुवात एउटा सानो रचना '''जय''' बाट भएको थियो भन्ने मान्यता छ। हुन त यसको रचनाको कुनै निश्चित तिथि थाहा छैन तर यसलाई सामान्यतया [[वैदिक युग]]मा लगभग १४०० ईसा पूर्वको समयको मानिन्छ। विद्वानहरूले यसको तिथि निर्धारित गर्नका लागि यसमां वर्णित [[सूर्य ग्रहण]] र [[चंद्र ग्रहण]]हरूको बारेमा अध्ययन गरेका छन् र यसलाई ३१औं शताब्दी इसा पूर्वको मान्दछन् भने पौराणिकहरू ५०७८ वर्ष पूर्व लेखनकार्य प्रारम्भ गरी ५०८१पूर्व५०८१ पूर्व लेखनकार्य सम्पन्न भएको मान्दछन् ,तर मतभेद भने अझै पनि जारी छ।
 
यस काव्यमा [[बुद्ध धर्म|बौद्ध धर्म]]को वर्णन छैन, तर [[जैन धर्म]]को वर्णन भने छ, अतः यो काव्य गौतम बुद्धको काल भन्दा पहिले अवश्य पूरा भएको थियो।<ref name=BP>{{स्रोत किताब |last= पाण्डे|first= सुषमिता|editor= [[गोविन्द चन्द्र पाण्डे]]|others= |title= Religious Movements in the Mahabharata”|year= २००१|publisher= Centre of Studies in Civilizations, नयाँ दिल्ली|isbn= ८१-८७५८६-०७-०}}</ref>
"https://ne.wikipedia.org/wiki/महाभारत" बाट अनुप्रेषित