"चिरञ्जीवि" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
* [[परशुराम अवतार|परशुराम]], विष्णुका छैटौ अवतार हुन् । उनी सम्पूर्ण अस्त्र शस्त्र र ईश्वरीय हतियारको ज्ञाता थिए । कल्की पुराणका अनुसार उनी [[कल्की अवतार]]को गुरुको रुपमा कलि युगको अन्त्य मा उदाउनेछन्  । उनले विष्णुको आखिरी अवतारलाई दिव्य आकाशीय शस्त्र -अस्त्र हासिल गर्न , धैर्य हुन् र मानवता को कल्याण गर्न दिक्षा प्रदान गर्ने छन् ।
 
* [[विभीषण]], [[रावण]]का भाइ । विभीषणले रामको [[रावण]]संग युद्ध हुनु भन्दा अगाडीअगाडि नै राम संग आत्मसमर्पण गरेका थिए । रावणले युद्धमा वीरगति प्राप्त गरे पछी उनी लंकाका राजा भएका थिए ।उनी धर्म र नीतिपरायणता को लागि चिनिन्छन् ।  उनी पूर्ण रुपमा चिरन्जीवी होइनन् र महायुगको अन्त्य सम्म मात्र पृथ्वीमा रहन बरदान पाएका थिए ।
 
* [[अश्वत्थामा]], महान योद्धा तथा राजगुरु [[द्रोणाचार्य]] का पुत्र  द्रोणले कयौ बर्षको भक्तिले भगवान शिवलाई प्रसन्न बनाएर पुत्रको बरदान पाएका थिए जो संग भगवान शिवको मणि रत्न थियो  । अश्वत्थामालाई रुद्रको ११ अवतारमध्ये एक मानिन्छ। अश्वत्थामा र क्रिपाचार्य कुरुक्षेत्रको युद्ध जीवित योद्धा थिए  । कृष्णले उनलाई यो श्राप दिएका थिए कि'' उनी सधै बाचिरहेने छन् तर कोहि संग बोल्न र कसैलाई छुन सक्ने छैनन् , उनी कहिल्यै निको नहुने कुष्ठरोगबाट संक्रमित हुने छन् ''।<ref>{{cite book|title=Indian Mythology: Tales, Symbols, and Rituals from the Heart of the Subcontinent|url=https://books.google.co.in/books?id=zdkswFlJtjQC|publisher=Inner Traditions/Bear & Co|page=173}}</ref>
"https://ne.wikipedia.org/wiki/चिरञ्जीवि" बाट अनुप्रेषित