"मारूनी नाच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
}}
 
'''मारूनी नाच''' नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई [[मादल]]को तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका [[मगर जाति|मगर]], [[कुमाल जाति|कुमाल]], [[खस|खस जाती]], [[लिम्बु जाति|लिम्बू]] जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। परम्परागत रुपमा नाचिने यो नाच प्रायः [[दशैं]], [[तिहार]]मा नाच्ने नाच हो । [[धान]] काटेर थन्काइ सके पछि मारुनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ । कुनै ठाउँमा मारुनी नाच [[तीज]]को दिनमा सुरु गरिन्छ भने कुनै ठाउँमा दशैंको कालरात्रीको दिन सुरु गरिन्छ । मारुनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ । नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ । वर्षमा करिब तीन महिनाको अवधी भित्र मात्र कुनै कुनै दिन नाचिने यस परम्परागत नृत्यमा [[रामायण (नेपाली)|रामायण]], महाभारत आदी धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ । मादलको तालमा मारुनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै हुन्छ । यो परम्परागत नृत्य बुढा पाकाहरूले मात्र जानेका र हालको पिंढीले झन्झट मान्ने भएकाले अब आएर यो मारुनी नाच लोप हुने परिस्थीतीमा पुगी सकेको छ।<ref name= "Maruni">{{cite news|URL=https://www.kantipurdaily.com/pradesh-5/2018/09/15/153698537642469761.html|title= मारुनी नाच जोगाउँदै स्थानिय|publisher= कान्तिपुर|date=2018/09/15}}</ref>कति पय समूदायमा त लोप नै भई सकेको यो परम्परागत नृत्यको जगेर्ना गर्नु पर्छ भन्ने विचारले अहिले [[पाल्पा जिल्ला|पाल्पा]], [[पर्वत जिल्ला|पर्वत]], [[डडेल्धुरा जिल्ला|डडेल्धुरा]], [[म्याग्दी जिल्ला|म्याग्दी]], [[कास्की जिल्ला|कास्की]], [[बागलुङ जिल्ला|बागलुङ]]का केही स्थानियहरू लागि परेका छन् ।<ref>{{cite news|URL= https://setopati.com/social/52072|title= लोपोन्मुख मारुनी संरक्षणमा पर्वतका युवा|publisher= [[सेतोपाटी]]|language= नेपाली}}</ref><ref> {{cite news|URL= https://nagariknews.nagariknetwork.com/news/55006|title= मारुनी नाच संरक्षणमा स्थानीय|publisher= नागरिक नेटवर्क|date= 31 साउन 2075|language= नेपाली}}</ref><ref>{{cite news|URL= https://myagdikali.com/142613|title= मगर समूदायको लोकप्रिय मारुनी नाच|publisher= म्यादीकाली|language= नेपाली|date= 26 मंसिर 2074}}</ref><ref>{{cite news|URL= http://radionrn.com/archives/43355|title= मारुनी नाच संरक्षणमा पर्वतका युवाहरु जुट्दै|publisher= redionrn|language= नेपाली|date= 14 बैशाख 2074}}</ref><ref>{{cite news|URL= https://saptahik.ekantipur.com/ampnews/2017-12-05/20171205123846.html |title=मगर समुदायको मारुनी नाच जोगाउँदै युवा|publisher= कान्तिपुर साप्ताहिक|date= 19 मंसिर 2074|language= नेपाली}}</ref>दुई अथवा तिन जना मादले, दुई वा तिन जना मारुनी, एक पुर्सिङ्गे अथवा पुछ्रुङ्गे, कम्तीमा आठ जना बढीमा बिस जना गायकहरू मिलेर समूहगत रुपमा नाचिने यस परम्परागत नृत्यमा सबै काम नियम पूर्वक हुनु पर्ने परम्परा छ । नाच आरम्भ गर्दा र नाच समाप्त गर्दा ठोकन राख्नु पर्ने यस नृत्यको परम्परागत नियम हो । ठोकन राख्दा कसै कसैलाई देवता चढेर काँप्न पनि थाल्छन् । ठोकन राखे पछि ढोका उघार्ने गित गाएर नाचको आरम्भ गरिन्छ । आरम्भ पछि [[देवी]] बन्दना गर्ने देवी गित गाएर यो दिनको नृत्य अगाडीअगाडि बढाइन्छ । यसै गरि रामायण, महाभारतका गाथाहरू गाएर नाच्ने र बीच बीचमा ख्याली र टप्पा गाएर रमाईलो गर्ने, समय भएमा डाँडी गित गाउँने, अन्तमा आशिका गित गाएर बिट मारि सके पछि ठोकन राखेर नाच समाप्त गरिन्छ ।<ref name= "मारुनी">{{cite web|URL=http://palpasamachar.com/?p=1689|title=मारुनी नाच एक परिचय|publisher=पाल्पा समाचार|date= 5 जनवरी 2018}}</ref> मारुनी नाचको परम्परागत नियमहरूमा प्रायः एक रुपता पाइए पनि नाचमा प्रयोगहुने गितहरूको लय र भाषामा स्थान र समुदाय अनुसार फरक फरक रहेको छ। गितमा एक रुपता पाइए पनि गितमा प्रयोग हुने लय र शब्दहरूमा कतै पनि एक रुपता पाईंदैन ।
 
==नाचको परम्परागत नियम==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/777468" बाट अनुप्रेषित