"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१:
 
== औषधिको छनौट ==
[[एलोप्याथी]]मा प्रत्येक रोगको केहि निश्चितऔषधिहरु छन् । तर, होमियोप्याथिक चिकित्सा प्रणालीमा यस्तो छैन । लक्षण समष्टिगतको आधारमा उपयुक्त औषधिको छनौट गरी रोगीलाई दिईनाले मात्र रोगी ठिक हुन्छ नत्र हुँदैन । होमियोप्याथिक चिकित्सामा एकल औषधिको चयन गर्नु एउटा कठिन कार्य हो । किनभने यस चिकित्सा प्रणालीमा कुनै निश्चित रोगको पेटेन्ट[[पेटेण्ट]] औषधि हुँदैन नत सब्सिच्युट अर्थात एउटाऔषधिको अभावमा अर्को औषधि दिने चलन नै छ । औषधि दिंदा रोगीको बिभिन्न पक्षहरुको अध्य्यन गरी एक पटकमा एउटा औषधिको छनौट गरिन्छ ।
 
होमियोप्याथी बारे भ्रम: होमियोप्याथी औषधि सेवन गर्दा एलोप्याथी औषधिको व्यवहार गर्नु हुँदैन । यो कुरा बिल्कुलै गलत हो । यदि कुनै रोगी लामो समयदेखि एलोप्याथिक औषधिको नियमित सेवन गरिरहेका छन् । बिशेष गरेर दम, हाईब्लडप्रेसर, मधुमेह, छारेरोग, डिप्रेसन, थायराइडस्को औषधी दिइरहेका छन् भने त्यस्ता बिरामीले आफुले सेवन गर्दै गरेकोऔषधि तुरन्तै बन्द गर्नु हुँदैन । औषधि बन्द गर्नले रोगको लक्षण बढ्न सक्छ । राम्रो के हुन्छ भने, रोगमा सुधारको क्रम आरम्भ भएपछि विस्तारै एलोप्याथिक वा अन्य औषधिको सेवन आफ्नो चिकित्सकको सल्लाह अनुसार कम गर्दै जान सकिन्छ । एलोप्याथिक औषधि र होमियोप्याथिकको वीचमा एक-आधा घन्टाको फरक राखेर औषधिको सेवन गर्न सकिन्छ ।