"द्वारिकादेवी ठकुरानी" का संशोधनहरू बिचको अन्तर

→‎सन्दर्भ सामग्रीहरू: Ratan Bhandari, Nepal's First Female Minister Dwarika Devi Thakurani
पङ्क्ति १:
'''द्वारिकादेवी ठकुरानी'''
 
द्वारिकादेवी ठकुरानीको जन्म १९७४ मंसिरमामा डोटीको सिलगढीमा भएको थियो । द्वारिकादेवी पिता वामदेव पन्त र आमा राधादेवीकी छोरी हुन् । द्वारिकादेवीका सौतनी आमापट्टिका भाई शिवराज पन्त हुन् । द्वारिकादेवीका बुवा वामदेव पन्त राणाकालमा इलाम र डोटी गौडामा खरिदार थिए । बुवा आमा डोटीमा रहँदा द्वारिकादेवी सिलगढीमा जन्मेकी थिइन । द्वारिकादेवीका पिता वामदेव पन्तको पुख्र्यौली घर भने डोटीकै दानकोट गर्खाको जिजौडामाण्डू जैनोलीमा हो । द्वारिकादेवीले विसं. १९९२ मा बैतडी तल्लो स्वराडका जिम्मुवाल उद्धवबहादुर चन्दसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन । ब्राह्मण परिवारमा जन्मेकी द्वारिकाका श्रीमान उद्धबबहादुर चन्द ठकुरी थिए । सोही कारण पछि द्वारिकाले आफ्नो थर ठकुरानी लेख्ने गरेकी हुन् ।
 
२०१४ सालमा सिमराबाट काठमाडौँका लागि उडेको प्लेन दुर्घटनामा नेपाली काँग्रेस डडेल्धुराका युवा नेता नारायणीदत्त चटौत (एन.डी.प्रकाश चटौत)को दुःखद निधन भएको थियो । सोही कारण नेपाली काँग्रेसले २०१५ सालको आम निर्वाचनमा क्षेत्र नं. ६६ डडेल्धुराबाट द्वारिकादेवी ठकुरानीलाई उम्मेद्वार बनाएको थियो । २०१५ को आम निर्वाचनमा द्वारिकादेवीले पूर्वप्रधानमन्त्री डा. के.आई.सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टी उम्मेद्वार लक्ष्मीदत्त भट्टलाई हराएर चुनाव जितेकी थिइन । द्वारिकादेवीसँग क्षेन नं. ६६ डडेल्धुराबाट चुनाव हार्ने अर्का वरिष्ठ राजनीतिज्ञ नेपाल प्रजा परिषद आचार्य गूटका पुष्करनाथ उप्रेती थिए । डडेल्धुरा हाँटगाउँ स्थायी ठेगानाघर भएका पुष्करनाथ उप्रेतीको काठमाडौँ डिल्लीबजार बसाइ थियो ।
 
२०१५ को आम निर्वाचनमा विजय भएपछि द्वारिकादेवी २०१६ जेठ १३ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन । वीपी कोइराला मन्त्रिमण्डलमा द्वारिकादेवी र उनका भाई शिवराज पन्त सँगै मन्त्री बनेका थिए ।