"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २२:
उनी प्रधानमन्त्री भएपछि बृटिस ले तिब्बत माथी हमला गर्न योजना बनाए । चन्द्र शमशेरले त्यो कार्यमा पूर्ण सहयोग गरे। हुन त [[थापाथली सन्धि]] अनुसार नेपालले त्यस्तो गर्न हुदैनथ्यो । चन्द्र शमशेरको त्यो कदम पछि उनले बेलायत भ्रमण गर्ने मौका पाए । चन्द्रशमशेरको बेलायत भ्रमण सन् १९०८ मा भएको थियो ।
 
१९६४ चैत्र २५ मा काठमाडौबाट निस्केका १९६५ बैशाख २७ गते शुक्रबार बेलायत पुगे । करिव १० हप्ताको बेलायत भ्रमण सकेर १९६५ साउन ७ मा बेलायत छोडे । त्यस भ्रमणमा आफ्ना भाइ भतिजा छोराहरुमा जुद्धशम्शेर, [[रुद्र शमशेर जङ्गबहादुर राणा|रुद्रशम्शेर]], [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहनशम्शेर]], बबरशम्शेर, केशरशम्शेर, सिंहशम्शेर, हिरण्यशम्शेर, ज्वाइ [[जयपृथ्वीबहादुर सिंह]], मामा खलकका डिल्लीशम्शेर थापा, अन्य दलबहादुर बस्न्यात, विष्णुकुमार पाण्डे, चन्द्रजङ्ग थापा, निजी सचिव मरिचमान सिंह, निजी सचिवका सहायक शमशेरमान सिंह, गंगाबहादुर बस्न्यात, नरनारायण शाही, शुभगोविन्द प्रसाद, बैद्यमा रत्नदास बैद्य, दरवार हाइस्कुलका हेडमाष्टर वटुकृष्ण मैत्रय, पंडित काशिनाथ तथा अन्य १९ जना नोकरचाकर लगेका थिए । बेलायतीहरुको तर्फबाट नेपालका लागी बेलायती रेसिडेन्ट (राजदुत) जे मानर्स स्मिथ, चौथो गोर्खा राइफलका माक्लोइड विलि, पाचौ गोरखा राइफलका मेजर अमरसिंह थापा तथा चौथो र पाँचौ राइफलका अन्य दुइ अर्दली पनि गएका थिए ।
 
भ्रमणका क्रममा [[अक्सफोर्ड विश्वविद्यालय]] पुगेका थिए । उक्त विश्वविद्यालयले चन्द्रशमशेरलाई नागरिक कानुनको मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्‍यो । <ref>[http://nepal.ekantipur.com/news/2018-12-06/20181206160502.html रित्तो हात फर्किएका राजा]</ref>