"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

सा
मनुस्मृतिको मेधातिथिले गरेको टीकाको रचनाकाल र समयको अनुमान काणे, बुहलर, र म्याक्समुलरले गरेका छन् । बुहलर र म्याक्समुलरले मेधातिथिको रचना ५७ वि.सं. र स्थान काश्मीर क्षेत्र अनुमान गरेका छन् । प्रोफेसर काणेले भरुचिले गरेको मनुस्मृतिको टीकालाई सबैभन्दा पुरानो ठान्दछन् । ओलिवेली र डेरेटले यस टीकाको समय वि.सं. ६००–६५० अनुमान गरेका छन् । <ref>{{cite book|last1=थोमस|first1=एफ डब्लु|title=बृहस्पति सूत्र|date=सन् १९२४|publisher=लाहोर बुक डिपो|location=लाहोर|page=९–१०}}</ref> बुहलरले एक स्थानमा मनुस्मृतिको समय १५०० वि.पू.भएको अनुमान गरेका छन् ।<ref>सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५</ref>
==मनुस्मृतिको आलोचना र प्रशंसा==
[[बाबासाहेब आंबेडकर|बी आर अम्बेडकरलेअम्बेडकर]]ले मनुस्मृतिको आलोचना गरेका छन् भने एनी बेसेंट, फ्रेडरिक नीत्से र सर्वपल्ली राधाकृष्णन्ले मनुस्मृतिको प्रशंसा गरेका छन् ।<ref>द लज अफ् मनु, द मनुस्मृति, प्रीफेस, जी बुहलर, सेक्रेड टेक्स्ट्स डट कम</ref> कौटिलीय अर्थशास्त्रमा विषय प्रवेशको क्रममा मनुको नाम उल्लेख भएको छ । यसले कौटिल्यले[[चाणक्य|कौटिल्य]]ले मनुस्मृतिलाई दिएको महत्त्व स्पष्ट हुन्छ । कौटिलीय अर्थशास्त्र मनुस्मृतिको सामान्य पुनरुक्ति हो यस भनाईले मनुस्मृतिको प्राचीनता र महत्त्व स्पष्ट हुन्छ ।<ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही नेपाल|isbn=978-9937-2-7362-6|page=13}}</ref> नारदस्मृतिको नाम नै मानव न्याय शास्त्र म्रचलित छ । यस्ता अनेक उदाहरण छन् ।
 
यस प्रकारक अनेक तथ्यहरू बूहलर (Buhler, G.) (सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५), मदृ मदृ काणे (हिस्ट्री अफ धर्मणात्रमा मनुप्रकरण) आदि विद्वानहरूले पर्याप्त विवेचना गरेकाछन्। यो अनुमान तर्कसंगत प्रतीत हुन्छ कि मनुको[[मनु]]को नामले धर्मशास्त्रीय विषय परक वाक्य समाजमा प्रचलित थिए, जसको निर्देश महाभारतादिमा छ तथा जुन वचनको आश्रय लिएर वर्तमान मनुसंहिता बनाइयो, साथै प्रसिद्धिको लागि भृगु नामक प्राचीन ऋषिको नाम यसको साथ जोडियो। मनुभन्दा अघि पनि धर्मशास्त्रकार थिए, यो मनुको "एके" आदि शब्दहरूबाट नैं ज्ञात भएको हो। कौटिल्यले "मानवा: (मनुमतानुयायीहरू)को उल्लेख गरेकाछन्।
 
पाश्चात्य विद्वानहरूको मत अनुसार मनु परम्पराको प्राचीनता भएर पनि वर्तमान मनुस्मृति ईसा पूर्व चतुर्थ शताब्दीभन्दा प्राचीन होइन(यो कुरा अलग हो कि यसमा प्राचीनतर कालका अनेक कुराहरू संगृहीत भएका छन्) यो बात यवन, शक, कांबोज, चीन आदि जातिहरूको निर्देशबाट ज्ञात हुन्छ। यो पनि निश्चित छ कि स्मृतिको वर्तमान रूप द्वितीय शताब्दी ईसा पूर्वसम्ममा दृढ बनाइयो र यस पछि यसमा कुनै परिवर्तन् गरिएन।
 
== महत्व ==
[[हिन्दू धर्म|हिन्दु धर्ममाधर्म]]मा वेदहरूको उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन्
 
== मनुस्मृतिका केही छानिएका श्लोक ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/773113" बाट अनुप्रेषित