"कुमाल जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
 
=== भाषाः ===
नेपालमा आर्यहरुको प्रवेश संगै भारोपेली परिवारको विभिन्न भाषाहरु पनि भित्रिएका थिए, त्यसै अनुरुप कुमाल जातिको पनि छुट्टै भाषा छ । तर लिखित रुपमा लिपि नभएको र अत्याधिक मात्रामा नेपाली भाषाले यस भाषालाई विस्थापित गरेकाले कुमाल भाषा लोपन्मुख अवस्थामा रहेकोछ । जनगणना २०६८ अनुसार हाल कुमाल भाषा जम्मा जनसंख्याको १२,२२२ (११%) जनाले मात्र बोल्ने गर्दछन् । खाशगरी यो भाषा लमजुङ्ग, कास्की, तनहु‘, गोरखा, पाल्पा, नवलपरासी, गुल्मी, अर्घखॉची, स्याङ्जा, धादिङ्ग, नुवाकोट..........आदि जिल्लाहरुमा मात्र बोल्ने गरेको पाईन्छ । नेपालमा अल्पसंख्यक जातिहरुको भाषा क्रमशः लोपोन्मुख अवस्थामा रहेकोेले कुमाल भाषा पनि अल्पसंख्यक जातिकै भाषा भएकोले आधुनिक शिक्षा र पुराना व्यक्तिहरुको मृ्त्युसंगै यो भाषा लोपोन्मुख अवस्थामा छ ।
 
कुमाल भाषाको केहि उदाहरण निम्नानुसार छ ;
पङ्क्ति ६४:
 
=== चाडपर्व ÷ रितिरिवाजः ===
खाश गरी कुमाल जाति प्रकृति पुजक भएपनि हिन्दु धर्म मान्ने भएकाले अन्य हिन्दु धर्मालम्वीहरुले जस्तै दशै, तिहार, ठूलो एकादशी, तिज, श्रीपञ्चमी, माघे सक्रांन्तीसक्राति, शिवरात्री, फागुपूर्णिमा, चैते दशैं, चण्डी पूर्णिमा, आदी पर्व मनाउने गर्दछन् । साथै यस जातिले समयानुकुल कुल, देवी, वायु, भु‘गेर, वीर, झॉक्रीको पुजा गर्दछन् । पुजाआजा र ठूला पर्वहरुमा हि‘उदमा पाउदुरे र सोरठी जस्ता लोपन्मुख नॉच नॉच्दछन भने बर्षा याममा चुड्का, झ्याउरे, ठाडो भाखा र दोहोरी गितमा रम्ने गर्दछन् ।
 
==== माघे सक्राति ====
प्रकृति पूजक कुमाल जातिले राष्ट्रिय पर्वको माघे सक्राति मनाउनुको आफ्नै विशेषता र प्राकृतिक महत्व छ । खेतीबाली भित्रयाएपछि पुसमा पकाएर, माघमा खाने चलनको रुपमा प्रचलित छ । सूर्यनारायण पुस–माघदेखि उत्तरायण हुने कारणले प्रकृति पूजक जातिले नयाँ वर्ष शुरुवातको रुपमा मान्ने गर्दछन् ।
 
कुमाल जातीमा माघे सक्राति मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो कुमालहरुको राष्ट्रिय पर्वको रुपमा घोषणा भइसकेको छ। यो पर्व ठुलो सक्राति पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल, चामल, बेसार, घिउ मिसाइएको खिचडी खाने चलन छ। माघे सक्रातिको दिन घर–घरमा कुखुरा, सुँगुर काट्ने चलन छ । माघे सक्रातिलाइ कुमाल समुदायले कुलायन देवतालाई सम्झेर पितृ पुज्ने, छोरी कुटुम्बलाई घरमा बोलाएर पुज्ने प्रचलन छ। सक्रातिको बिहानै घरको मुलि खोलामा गएर नुहाउने र घरमा आइ पितृको नाममा पानी दिने र कुखुरा काटेर चामल र रगतमा मुछेको टीका लगाइदिने परम्परा छ। सुँगुरको मासु, माछा, सेल रोटी, फुलौरा, भाते जाँड, साथमा अन्य मिठामिठा परिकार, प्राकृतिक फल/कन्दमुल तरुल, पिडालु, सखरखण्ड लगायतका खानेकुराहरु खाने चलन छ। माघे सक्रातिमा हेम्फाइ नाच नाच्ने चलन पनि रहेको छ । कुमाल समुदायले माघे सक्रातिलाइ नयाँ वर्ष सुरुवातको रुपमा मनाउने गर्दछन् ।
 
=== भेषभूषाः ===
Line ७३ ⟶ ७८:
 
=== '''<big>नाच र बाजा</big>''' ===
पाउदुरे, मारूनि, साेराेठी, चुड्का, हेम्फाइ, सालैजाे अादि मुख्य नाच हुन। कुमाल जातिले बजाउने बाजाहरू माटेमुरली, मादल, खैँजडी, माटेढुकुर आदि छन्।
 
=== <big>बसाई सराईः</big> ===
"https://ne.wikipedia.org/wiki/कुमाल_जाति" बाट अनुप्रेषित