"नेपाली कांग्रेस" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३३७:
नेपाली काग्रेसले अङ्गालेको सहयोगको नीतीलाई दुवलता ठानि देशका प्रतिगामि तत्वहरूले सुधारका क्रमहरूलाई अगाडि बढाउन आबस्यक ठान्न थाले। उता बि. पि.ले मातृभुमिलाई बर्तमानको प्रसव वेदनाबाट मुक्त पार्न आबस्यक परे शल्यक्रिया पनि गनु पर्ने वक्तव्य विराटनगरबाट दिनुभयो। त्यसको लगतै वीपी भारत निवासित हुनु्भयो त्यहाबाट उहाले चिन्तन गनुभयो कि नेपालका शासकको रवैया सहज रूपले प्रजातन्त्रको पनबाहाली गर्ने देखिन्न। त्यसैले शसस्त्र आन्दोलन अनिवार्य छ।वीपीले शसस्त्र क्रान्ति गर्ने घोषणा बेलायतबाट गनु भएको थियो.।
 
अनि ०२९/३० सालका अवधिहरूमा नेपाली काग्रेसले पुनः हतियार बन्द आन्दोलनको बाटो अँगाल्यो । त्यसक्रममा हरिपुर काण्डदेखि लिएर बिराटनगर बम काण्ड समेतका अनेक घटनाहरू घटे। [[२०३० को नेपालकोनेपाल विमान अपहरण|२०३० मा विमान अपहरण]] नेपालको इतिहासको पहिलो विमान अपहरण थियो । वी.पी.को आहृवानमा सयकडौ नवयुवकहरू फेरी एक पल्ट आफ्नो प्राणको बाजी राखेर तानासाही विरुद्ध वीरतापूर्वक संघषमा उत्रिए। त्यस अभियानमा अनेकौ सपूतहरू क्रान्तिको बलीदानीमा शहीद हुन पुगे।
त्यस क्रान्तिलाई सघाउ पुर्याउन तरुण दलको पूर्नगठन र तरुण पत्रिकाको प्रकासन पनि बनारसबाट भएको थियो [[गणेशमान सिंह]] पनि बनारस र गोरखपुरमा बसी नव युवक हरूलाई प्रेरणा प्रदान गरी राख्नुभएको थियो भने गिरिजाप्रसाद कोइराला पर्ूवको फ्रन्टमा क्रान्तिकारी हरूलाई निदेशित गरी राख्नु भएको थियो। त्यस अबधिभर [[कृष्णप्रसाद भट्टराई]] पाटिका कयौ कायकर्ताका साथ काठमाडौंका जेलको यातना सही रहनु भएको थियो ।