"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
'''रौतहट''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[नारायणी अञ्चल]]को दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो । यस जिल्लाको पूर्वमा [[सर्लाही जिल्ला|सर्लाही]], पश्चिममा [[बारा जिल्ला|बारा]], उत्तरमा [[मकवानपुर जिल्ला|मकवानपुर]] र दक्षीणमा [[भारत]]को [[बिहार]] राज्यको [[सितामढी जिल्ला]] र [[पूर्वी चम्पारण जिल्ला]] जिल्ला पर्दछ। समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्लाको क्षेत्रफल १,१२६ वर्ग किलोमिटर (१०,३७०९ हेक्टर) छ।<ref name=Rau-krish>{{cite web| title= भौगोलिक अवस्थिति |url=http://ddcrautahat.gov.np/| publisher=जिविस रौतहट|date= |accessdate=२०११-०७-२४}}</ref> रौतहट जिल्लाको सदरमुकाम [[गौर नगरपालिका|गौर]] हो।
 
रौतहट नेपालको मध्य तराईमा पर्ने जिल्ला हो। विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र सम्भाव्यता बोकेको यो जिल्ला उत्तर दक्षिण तर्फ २६ डिग्री १४" देखि २६ डिग्री १४" अक्षांश र ८५ डिग्री १४" देखि ८५ डिग्री ३०" सम्मको पूर्वी देशान्तरमा फैलिएको छ। उष्ण तथा [[समशितोष्ण]] हावापानी रहने यस क्षेत्रमा वषरा २१२५ मिलिमिटरसम्म हुन्छ यस जिल्लालाई पर्ूवमा [[सर्लाही जिल्ला|सर्लाही]] सँग [[बागमती नदीलेनदी]]ले छुट्याएको छ। पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट [[चुरे|चुरे श्रृंखलाकोश्रृंखला]]को उच्च भागले छुट्याएको छ भने दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ। जहाँबाट नेपाली क्रान्तिको प्रथमपटक शुरूवात भएको थियो।
 
२०५८को जनगणना अनुसार जनसङ्ख्याको दृष्टिले रौतहटमा नेपालको कुल जनसङ्ख्या २,३१,५१,४२३को २.३५ प्रतिशत, मध्यमाञ्चलको कुल जनसङ्ख्या (८०,३१,६२९)को ६.७८ प्रतिशत र नारायणी अञ्चलको कुल जनसङ्ख्या (२४,६६,१३८)को २२ प्रतिशत अर्थात् ५,४५,१३२ जना बसोबास गर्दछन्। यसमध्ये पुरूषको संख्या २,८२,२४६ (५२ प्रतिशत) तथा महिलाको संख्या २,६२,८८६ (४८प्रतिशत) रहेको छ।
पङ्क्ति ४६:
 
रौतहट जिल्लाका विभिन्न गाउँहरूको नामाकरण ऐतिहासिक घटना, व्यक्ति विशेष र प्रसिद्धि कमाएको बस्तुको नाउँबाट प्रायः भएको पाइन्छ जस्तै:-
 
१)# तत्कालीन श्री ३ महाराज [[चन्द्र शमशेर]]को निगाहमा बसेको बस्ती [[चन्द्रनिगाहपुर]]
२)# [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल-अङ्ग्रेज युद्ध]]मा अङ्ग्रेजहरूको व्यापक दमन(शमन) भएपछि लडाईमा नेपालीपक्ष विजयी भएको ठाउँ लडैया [[समनपूर|समनपुर]]
३)# आसपासमा प्रशस्त कटहरको वन भएको कारण कट्टखन (कखन्ना) र कटहरिया
४) गरूडहरूको बथानलाई धपाएर बसेको बस्ती गरूडा
५)# गैडालाईगरूडहरूको बथानलाई धपाएर बसेको बस्ती गोडही गुठीगरूडा
# गैडालाई धपाएर बसेको बस्ती गोडही गुठी
६)# ब्रम्हा स्वयम् आई बसाएको बस्ती ब्रम्हपुरी
७)# "बतासा" मिठाईबाट बसतपुर
८)# सिमरा को बह्रमबाबा ले सिमरा भवानीपुर
 
==ऐतिहासिक पृष्ठभुमि==
गोरखाका राजा [[पृथ्वीनारायण शाह]]ले मकवानपुर विजय गरिसकेपछि पनि मकवानपुर राज्य अन्तर्गतकै यस क्षेत्रलाई बृहत गोरखा राज्यमा मिलाउन सकेका थिएनन। तत्कालिन नेपाल उपत्यका (अहिलेको [[काठमाडौं|काठमाडौं उपत्यका]]) विजय भइसकेपछि मात्र गोरखा राज्य विस्तारका अगुवा [[पृथ्वीनारायण शाह]]ले रौतहटदेखि [[महोत्तरी जिल्ला|महोत्तरी]]सम्मको भूभागलाई नेपाल राज्यमा गाभेका थिए।
 
सन् १७६४मा [[ब्रिटिश ईष्ट इण्डिया कम्पनी|इष्ट इण्डिया कम्पनी]] कप्तानका किनलकको नेतृत्वमा आक्रमण गर्दा नेपालको पहाडमा अङ्ग्रेजहरूको हार भएपछि अङ्ग्रेजहरू तीन वर्षम्म बारा, पर्सा, रौतहटका समथर मैदानमा डेरा जमाई बसेका थिए। यी कुराहरूले के प्रमाणित गर्दछ भने कागजी रूपमा रौतहट जिल्ला [[गोरखा राज्य]]को मातहत गए पनि वास्तवमा रौतहटमा कुनै एक सरकारको पकड थिएन। सन् १७८३मा१७८३ मा मात्र कम्पनी सरकारले रौतहट जिल्ला गोर्खालीलाई फिर्ता गर्ने निर्णय गरेको थियो। त्यस पूर्व यस जिल्लामा अङ्ग्रेजहरूको आधिपत्य थियो।
 
गणराज्यहरूको सामन्ती र डोय राज्यमा समाहित हुँदा सम्म यस भूमिको नाउँ रौतहट भएको उल्लेख कतै पाइएको छैन। यद्यपि यो ठाउँको कतियौं भूभाग ठाँठार, प्रगन्ना स्वविराज आदि नामले पुकारिन्थ्यो। राजा [[पृथ्वीनारायण शाह]], [[प्रतापसिंह शाह]], राजमाता [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]], राजकुमार [[बहादुर शाह]] र जनरल [[भीमसेन थापा]]का दूरदर्शी सैनिक अभियानले सानो गोर्खा राज्यको सीमालाई पूर्वमा [[सिक्किम]], पश्चिममा [[सतलज नदी|सतलज]]को साँध, उत्तरमा हिमालय पर्वत र दक्षिणमा [[गोरखपुर]]सम्म विस्तार भई एकीकरणको जगलाई मजबुत र स्थायी बनाउने प्रयास भइरहेको बेलामा [[बुटवल उपमहानगरपालिका|बुटवल]], स्यूराज(शिवराज)हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउँहरू बरेली आदिको विषयलाई लिई सन् १८१४ अर्थात् विसं १८७१मा साम्राज्यवादी शक्ति [[ब्रिटिश ईष्ट इण्डिया कम्पनी|इस्ट इण्डिया कम्पनीसँगकम्पनी]]सँग युद्ध भएको थियो। यी ऐतिहासिक कालखण्डले रौतहट जिल्लाको गरिमालाई बोध गराउँछ।
 
वर्तमान नेपालको नक्सामा अङ्कित रौतहटको भूगोल पटक पटक परिवर्तन भएको छ। जस्तै बागमती नदी रौतहट र [[सर्लाही जिल्ला]]को सीमा छुट्याउने काम गर्छ तर नदी कटान र धार परिवर्तन भई रहने हुनाले रौतहटका कतिपय भूभाग [[सर्लाही जिल्ला]]मा गाभिएका छन।
 
[[सामन्तवाद]] विरोधी आन्दोलनको अभियानमा रौतहटको भूमिका उल्लेखनीय रहेको पाइन्छ। २००७ सालको [[राणा विरोधी आन्दोलन]]को शुरूवात रौतहटको गौरबाट भएको थियो। आन्दोलनमा शिवकुमार सिंहले सहादत प्राप्त गर्नु भएको थियो। यसरी सञ्चालित सामन्ती विरोधी आन्दोलन २००९ सालदेखि २०१४ सालसम्म सञ्चालित भएको थियो। २००९ सालको रौतहट किसान आन्दोलन ऐतिहासिक महत्वको आन्दोलन थियो। आजभन्दा करिब ५५ वर्षपहिले रौतहटको गौरमा लगाइएका नारा, उठाइएका मागहरू अहिले पनि पूर्ण रूपमा पूरा भएको छैन। रौतहट जिल्ला किसान आन्दोलनको किल्ला हो। २०११ साल जेठ महिनाको टन्टलापुर घाममा [[सर्लाही जिल्ला|सर्लाही]], [[बारा जिल्ला|बारा]] र रौतहटका हजारौं हजार किसानहरूले विशाल जुलुस आयोजना गरेका थिए। त्यो जुलुसमा लागेका नाराहरू यस्ता थिए:-
त्यो जुलुसमा लागेका नाराहरू यस्ता थिए:-
* जाली तमसुक रद्ध गर
* पुरानो ऋण रद्द गर
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित