"साम्यवाद" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ११:
 
रूसी सामाजिक लोकतन्त्रवादी मजदुर पार्टीका नेताहरू कट्टर मार्क्सवादी थिए, अत: उनिहरूले पुनरावृत्तिवादलाई अस्वीकार गरे अनि मार्क्सवादलाई विकसित गरेर रूसी परिस्थितिमा लागु गराए। मजदुरहरूको रहन सहनको स्तरमा उन्नति भएको थियो, यस सत्यलाई नमान्नु कठिन थियो, तर प्लेखानोवले नयाँ मसिनहरूको प्रयोग र ज्यालामा वृद्धि नहुनुको कारण पूँजीवादी शोषणको दर बढेको कुरा सिद्ध गरिदिए| बुखारिन (Bukharim)को तर्क थियो साम्राज्यवादी देश उपनिवेशको शोषणद्वारा आफ्ना श्रमजीवी वर्गलाई सन्तुष्ट राख्छन् | ट्राटस्की आदिले भने कि पूँजीवादीको संकट सर्वव्यापी भएको छ र यस्तो स्थितिमा यो सम्भव छ कि क्रान्ति पश्चिम युरोपको अग्रणी देशहरूमा नभएर अपेक्षाकृत पिछडिएका देशहरू जहाँ सम्राज्यवादी व्यवस्था सबभन्दा कमजोर भएको ठाउँमा हुनुपर्छ| केही विचारकहरूले सर्वप्रथम समाजवादी क्रान्तिको स्थान रूस हुनुपर्छ भने। ट्राटस्की र लेनिनको मत थियो समाजवादी क्रान्ति तब सफल हुनसक्छ जब यो धेरै देशहरूमा एक साथ फैलिन्छ, स्थायी क्रान्ति बिना केवल एक देशमा समाजवादको स्थापना कठिन छ। पछि गएर लेनिन र स्टालिनले यस सिद्धांतलाई संशोधन गरी एकदेशीय समाजवादको आधारमा सोभियत सत्ताको निर्माण गरे। निकोलाई लेनिनले उपर्युक्त विचारहरूको समन्वय गरेर बोल्शेविक दलको सङ्गठन र [[अक्टोबर क्रान्ति|अक्टूबर (नवंबर) क्रान्ति]]को नेतृत्व गरे।
 
==सन्दर्भ ==
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/साम्यवाद" बाट अनुप्रेषित