"रामराजाप्रसाद सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३२:
 
=== स्नातक उत्तीर्णको चुनाव ===
कानुन पढेर फर्केपछि [[नेपालको सर्वोच्च अदालत|सर्वोच्च अदालत]]का अधिवक्ता भएका यिनले [[राष्ट्रिय पञ्चायत]]को २०२४ सालको चुनावमा प्रजातन्त्र स्थापनाको नारा लिएर स्नातक उत्तीर्णको कोटाबाट उठे तर जलेश्वरमा पक्राउ परे। ०२८ सालमा फेरि स्नातक कोटामै उम्मेदवार बनेर जिते। उनलाई पञ्चायतविरोधी आरोपमा पक्राउ गरियो। जेलभित्र रहँदा उनले तत्कालीन [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]सँग [[नारायणहिटी दरवार संग्रहालय|नारायणहिटी दरबार]]मा दुईपटक वार्ता गरे। त्यसको केही समयपछि उनी रिहा भए। रिहा भएको भोलिपल्ट सिंहलाई [[राष्ट्रिय पञ्चायत]] [[राष्ट्रिय पञ्चायत सदस्य|सदस्य]]को शपथग्रहण गराइयो। <ref name="nayapatrika.net" /> सपथ लिएर प्रजातन्त्रको आन्दोलन गर्दै रहे। <ref name="deve" /><ref name="deve">Bajracharya, Bhadra Ratha/Sharma, Sita Ram/Bakshi S.R.. ''[http://books.google.com/books?id=XtP7acgOQV0C Political development in Nepal]''. New Delhi: Anmol Publications, 1993. p. 4-5</ref><ref>Doré, Francis. ''[http://books.google.com/books?id=83Iy6Y_ZJdYC Los regímenes políticos en Asia]''. Mexico City: Siglo Veintiuno Editores, 1976. p. 138</ref> उनी देशभ्रमणमादेश भ्रमणमा निस्किए। त्यही क्रममा उनी विराटनगरमा पुनः गिरफ्तारीमा परे। सरकारले सिंहलाई जीवनभर राष्ट्रिय पञ्चायत सदस्य उम्मेदवार बन्न नदिने घोषणा गर्‍यो। उनलाई नक्खु जेलमा राखियो। चार वर्ष ६ महिनापछि सिंह जेलबाट छुटे। 'बहुदलीय जनवादी मोर्चा' गठन गरेर २०३७ सालको जनमत संग्रहमा सिंह सहभागी भए। त्यही बेला उनी नेपालगन्जमा फेरि पक्राउ परे। उनलाई गिरफ्तारलगत्तै छाडियो। त्यसपछि उनी भूमिगत भए।<ref name="nagariknews.com">http://www.nagariknews.com/politics/party-politics/46173-2012-09-12-19-34-37.html</ref>
 
=== २०४२ साल बम विष्फोट ===