"सामन्तवाद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
 
==सामन्तवादको उत्पत्तिको कारण==
राजनीतिक अराजकता नै सामन्तवादको उत्पत्तिको मूल कारण थियो । [[रोमन साम्राज्य]]को पतन पछि युरोपको इतिहासमा नवौं र दसौं शताब्दी घोर अराजकताको युग थियो । बर्बर जातिको आक्रमणले गर्दा केन्द्रीय शासन छिन्नभिन्न हुनथाल्यो । धनजनको सुरक्षा भएन । युरोपका सारा राज्यहरू टुक्राटुक्रा हुन थाले । यस्तो भयानक परिस्थितिको मुकाबिला गर्ने एक नयाँ व्यवस्थाको आवस्यकता पर्न थाल्यो । ठूलाठूला जमिनदारहरुले आफ्ना परिवारको सुरक्षाको लागि किल्ला जस्ता ठूल्ठूला घरहरु बनाउन थाले । गरीबहरू त्यस किसिमको प्रबन्ध मिलाउन असमर्थ थिए । अत: तिनीहरु ठूलाठूला जमीन्दारहरूले बनाएका घरहरूमा शरण लिन पुगे । आफूहरू समेत तिनीहरूकै संरक्षणमा रहन लागे । जमीनदारहरुले आफ्नो र आफ्ना संरक्षणमा आउनेहरूको रक्षाको लागि हातहतियारले सुसज्जित लडाकुहरू राख्न थाले । हतियारले सुसज्जित लडाकुहरु नाइट ({{lang-en|Knight}} कहलाउँथे । तिनीहरुको भरणपोषणको लागि भूमी दिइन्थ्यो , जसलाई मेनर ( {{lang-en|Manor}} ) भनिन्थ्यो । प्रत्येक मेनरको एक गाउँ हुन्थ्यो र नाइट त्यस मेनरको मालिक हुन्थ्यो । कैयौं शताब्दीसम्म ठूलाठूला जमीनदारहरूले नै सरकार चलाए । एउटा बलियो केन्द्रीय सरकारको साटो कैयन् सानासाना सरकारको उत्पत्ति भयो । त्यसप्रकारको व्यवस्थालाई नै सामन्तवाद भनिन्छ ।
 
==आर्थिक स्वरुप==
"https://ne.wikipedia.org/wiki/सामन्तवाद" बाट अनुप्रेषित