"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

सन्दर्भ सामग्रीहरू थप
पङ्क्ति २८:
 
==वाणिकी देवी ==
संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। राजहंस वाहन भएकी देवीका चार हातमध्ये एउटामा [[वीणा]], एउटामा स्फटिकको माला, अर्कोमा [[पुस्तक]] र अभय मुद्रा रहेका छन्। सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्। भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच' को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे। आवश्यकता अनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन्।<ref>[http://annapurnapost.com/news/63675 आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै - अन्नपूर्ण पोस्ट अनलाइन]</ref>
 
==संगीत र विद्याकी देवी==
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित