"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सन्दर्भ सामग्रीहरू थप
पङ्क्ति १७:
 
[[File:Saraswati f. Strassenpuja.JPG|thumb|right|200px|बसन्त पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा]]<section begin=अंश />
'''वसन्त पञ्चमी''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरूको पर्व हो ।हो। यस दिन विद्याकी देवी [[सरस्वती]]को पूजा-आराधना गरिन्छगरिन्छ।<ref>[https://pahilopost.com/content/20200130082854.html आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै - पहिलो पोस्ट अनलाइन]</ref> यो पूजा पूर्वी [[भारत]] र [[नेपाल]]मा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव [[चैत्र]]मास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण [[माघ]] [[शुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]मा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ [[माग]] २७ गते तदनुसार सन् २०१९ [[फेब्रुअरी]] १० तारिकका दिन परेको छ । <section end=अंश />
प्राचीन भारतवर्षमा प्रसिद्ध वेदाङ्ग ज्योतिष अनुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ [[अयन]], एक अयनमा ३ [[ऋतु]], एक ऋतुमा २ [[महिना]], एक महिनामा २ [[पक्ष]] र एकमा १५ दिन हुने र एक दिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ । वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन् । [[वसन्त ऋतु|वसन्त]] सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ॠतु हो । जब फूलहरूमा बहार हो, [[जौ]] र [[गहूँ]]का बालीहरू लहलहाउँछ । [[आँप]] आदीका रुखहरूबाट नयाँ पालुवा पलाउँछ । पुष्पबाट सुगन्ध फैलिन्छन् र चारैतिर रंग-बिरंगी [[पुतली]]हरू उड्नथाल्छन । [[कोइली|कोकिल]] कुहु कुहु गर्दछन् । यो बेलामा पहिला राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो । शुक्ल [[यजुर्वेद]] शतपथ- २॥१॥३॥४ मा "ब्राह्मणो वसन्ते अग्नी आदधीत)" भनेर वसन्तमा ब्रह्मवेत्ता ऋषिहरूले अग्निध्यान गरे भनिएको छ । [[माघ]] महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदाङ्ग ज्योतिषको वैदिक तिथिपत्र अनुसार मधु(सायन चैत्र) महिनाको [[पञ्चमी]] तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा [[विष्णु]]र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ ।
 
पङ्क्ति ३८:
 
==नेपालमा सरस्वती पूजा==
सरस्वतीका प्रसिद्ध पीठहरू मध्ये [[काठमाडौं उपत्यका]]मा जय वागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, [[भक्तपुर जिल्ला]]को थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ।<ref>[https://www.himalkhabar.com/news/2004 आज श्रीपञ्चमी (वसन्त पञ्चमी) मनाइदै - हिमाल खबर अनलाइन]</ref>
श्रीपञ्चमीका दिन [[कामदेव]] र [[रति|रती]]को पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्त राग गाउने पनि चलन रहेको छ। प्राचीन कालमा नेपालमा वेदाङ्ग ज्योतिषका आधारमा काल गणना गरिन्थ्यो । लसायन मकर संक्रान्तिको नजिक पर्ने शुक्ल पक्ष प्रतिपदाबाट वेदोक्त तपोमास(आर्तव माघमास) मानिन्थ्यो | प्रत्यक्ष सौर उत्तरायण आरम्भ हुने दिनबाट सौरवर्ष आरम्भ मानिन्थ्यो | यसो हुँदा पनि उत्सवहरू चान्द्रवर्षका आधारमा मानिन्थ्यो। पछि निरयणवादको अवधारणा विकशित भयो। वैदिक ज्योतिष गणितबाट सिद्ध जो दृक्सिद्ध सायनवादलाई पाखा लगाउने काम भयो | यही सायन र निरयणको तालमेल मिलाउन न सक्दा आज माघै महिना मै वसन्त पञ्चमी पर्व आउने भयो वैदिक काल गणनाका आधारमा चान्द्र वर्ष मान्दा आज पनि वसन्त ऋतु मै वसन्तपञ्चमी आउने गर्दछ। चान्द्रऋतु क्रममा दोस्रो ऋतु वसन्त आगमनको पाँचौं दिनलाई उत्सवको रूप दिन तथा शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ। लगभग २००० वर्ष यताको काल गणनाको विग्रँदो स्थिति अँझै न सुधार्ने हो भने पछि गएर दुई ऋतुको फरक पारी वसन्तोत्सव मनाउने दिन न आउला भन्न सकिदैन। वर्तमान सरकारी पञ्चाङ्ग निर्णायक समितिद्वारा निर्णित तिथि मिति करीव एक महिना जति फरक परेको वास्तविकता त नेपाल सरकारले पर्वसुधार आयोग गठन गरी पर्व सुधार गरेर क्यालेणडर निर्माण गरी प्रचार प्रसार गरेको कुराबाट पनि बुझ्न सकिन्छ | अब यस तर्फ सबैको घ्यान जानु जरुरी छ| काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्त राग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमीलाई मानिन्छ ।
 
पङ्क्ति ६२:
==बाह्य लिङ्कहरू==
* [http://www.onlinekhabar.com/2017/02/536698/ सरस्वती पूजाका दिन गोरु दाइन्थ्यो-अनलाइन खबर]
* [https://www.setopati.com/kinmel/agriculture/198374 वसन्त पञ्चमी नजिकिदैं गर्दा बढ्यो केशोर र बयरको माग - सेतोपाटी डटकम]
 
{{Commonscat|Saraswati Puja|सरस्वती पूजा}}
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित