"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
 
==आरम्भ==
सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञा अनुसार [[ब्रह्मा]]ले जीवहरूको, विशेष गरि मनुष्य योनिको रचना गरे । आफ्नो सृष्टिसँग उनी खुशी थिएनन् । उनलाई केही कमि भएको भान हुन्थ्यो । जसको कारण चारेैतिर मौनता छाएको थियो । विष्णुसँग अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपनकम्पन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुंदरसुन्दर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसँग वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । पुराणहरू अनुसार [[कृष्ण|श्रीकृष्ण]]ले सरस्वती सँग खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारत र नेपाल का धेरै भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ । यस सम्बन्धमा मिथक पुराणहरूमा यस्तो भेटिन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन् । यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन् । यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोक जीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ । यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ । हातको अघिल्लो भागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।
 
===पौराणिक महत्व===
यसका साथै यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरूको स्मरण गराउँछ । सर्वप्रथम त यसले [[त्रेता युग|त्रेता]] युगमा [[रावण]]द्वारा [[सीता]] हरणपछि [[श्रीराम अवतार|श्रीराम]] उनको खोजीमा दक्षिणतर्फ बढेका थिए । यसमा जुन स्थानहरूमा उनी गए, तिनमा दंडकारण्यदण्डकरण्य पनि थियो । यही [[शवरी]] नामक तपस्विनी रहन्थिन् । जब राम उनको कुटीमा पुगे, उनले सुध-बुध हराई र चाखेर मीठा [[बयर]] फल रामलाई खुवाउन लागिन् । प्रेममा जुठा बयरहरू खुवाइएको यस घटनालाई रामकथाका सबै गायकहरूले आ-आफ्नो ढंगमा प्रस्तुत गरेकाछन् ।
दंडकारण्यकोदण्डकरण्यको त्यो क्षेत्र अचेल [[गुजरात]] र मध्य प्रदेशमा फैलिएकोछ । गुजरातको डांग जिल्लामा त्यो स्थान छ जहाँ शबरी माताको आश्रम थियो । वसन्त पञ्चमीको दिन नैं राम त्यहाँ पुगेका थिए । त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरूको विश्वास छ कि श्रीराम आएर त्यहीं बसेका थिए । त्यहाँ शबरी माताको मन्दिर पनि छ ।
 
==वाणिकी देवी ==
संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। राजहंसवाहनराजहंस वाहन भएकी देवीका चार हातमध्ये एउटामा [[वीणा]], एउटामा स्फटिकको माला, अर्कोमा [[पुस्तक]] र अभय मुद्रा रहेका छन्। सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्। भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच' को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे। आवश्यकता अनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन्।
 
==संगीत र विद्याकी देवी==
पङ्क्ति ३९:
==नेपालमा सरस्वती पूजा==
सरस्वतीका प्रसिद्ध पीठहरू मध्ये [[काठमाडौं उपत्यका]]मा जय वागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, [[भक्तपुर जिल्ला]]को थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ।
श्रीपञ्चमीका दिन [[कामदेव]] र [[रति|रती]]को पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्त राग गाउने पनि चलन रहेको छ। प्राचीन कालमा नेपालमा वेदाङ्ग ज्योतिषका आधारमा काल गणना गरिन्थ्यो | लसायन मकर संक्रान्तिको नजिक पर्ने शुक्ल पक्ष प्रतिपदाबाट वेदोक्त तपोमास(आर्तव माघमास) मानिन्थ्यो | प्रत्यक्ष सौर उत्तरायण आरम्भ हुने दिनबाट सौरवर्ष आरम्भ मानिन्थ्यो | यसो हुँदा पनि उत्सवहरू चान्द्रवर्षका आधारमा मानिन्थ्यो |मानिन्थ्यो। पछि निरयणवादको अवधारणा विकशित भयो|भयो। वैदिक ज्योतिष गणितबाट सिद्ध जो दृक्सिद्ध सायनवादलाई पाखा लगाउने काम भयो | यही सायन र निरयणको तालमेल मिलाउन न सक्दा आज माघै महिना मै वसन्त पञ्चमी पर्व आउने भयो वैदिक काल गणनाका आधारमा चान्द्र वर्ष मान्दा आज पनि वसन्त ऋतु मै वसन्तपञ्चमी आउने गर्दछ |गर्दछ। चान्द्रऋतु क्रममा दोस्रो ऋतु वसन्त आगमनको पाँचौं दिनलाई उत्सवको रूप दिन तथा शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ। लगभग २००० वर्ष यताको काल गणनाको विग्रँदो स्थिति अँझै न सुधार्ने हो भने पछि गएर दुई ऋतुको फरक पारी वसन्तोत्सव मनाउने दिन न आउला भन्न सकिदैन|सकिदैन। वर्तमान सरकारी पञ्चाङ्ग निर्णायक समितिद्वारा निर्णित तिथि मिति करीव एक महिना जति फरक परेको वास्तविकता त नेपाल सरकारले पर्वसुधार आयोग गठन गरी पर्व सुधार गरेर क्यालेणडर निर्माण गरी प्रचार प्रसार गरेको कुराबाट पनि बुझ्न सकिन्छ | अब यस तर्फ सबैको घ्यान जानु जरुरी छ| काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्त राग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमीलाई मानिन्छ ।
 
==चीत्रदिर्घा==
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित