"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
 
[[File:Saraswati f. Strassenpuja.JPG|thumb|right|200px|बसन्त पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा]]<section begin=अंश />
'''वसन्त पञ्चमी''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी [[सरस्वती]]को पूजा-आराधना गरिन्छ । यो पूजा पूर्वी [[भारत]] र [[नेपाल]]मा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव [[चैत्र]]मास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण [[माघ]] [[शुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]मा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमीकैपञ्चमी कै दिन तथा लौकिक पञ्चांग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ [[माग]] २७ गते तदनुसार सन् २०१९ [[फेब्रुअरी]] १० तारिकका दिन परेको छ । <section end=अंश />
प्राचीन भारतवर्षमा प्रसिद्ध वेदाङ्ग ज्योतिष अनुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ [[अयन]], एक अयनमा ३ [[ऋतु]], एक ऋतुमा २ [[महिना]], एक महिनामा २ [[पक्ष]] र एकमा १५ दिन हुने र एक दिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ । वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन् । [[वसन्त ऋतु|वसन्त]] सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ॠतु हो । जब फूलहरूमा बहार हो, [[जौ]] र [[गहूँ]]का बालीहरू लहलहाउँछ । [[आँप]] आदीका रुखहरूबाट नयाँ पालुवा पलाउँछ । पुष्पबाट सुगन्ध फैलिन्छन् र चारैतिर रंग-बिरंगी [[पुतली]]हरू उड्नथाल्छन । [[कोइली|कोकिल]] कुहु कुहु गर्दछन् । यो बेलामा पहिला राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो । शुक्ल [[यजुर्वेद]] शतपथ- २॥१॥३॥४ मा "ब्राह्मणो वसन्ते अग्नी आदधीत)" भनेर वसन्तमा ब्रह्मवेत्ता ऋषिहरूले अग्निध्यान गरे भनिएको छ । [[माघ]] महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदाङ्ग ज्योतिषको वैदिक तिथिपत्र अनुसार मधु(सायन चैत्र) महिनाको [[पञ्चमी]] तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा [[विष्णु]]र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ ।
 
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित