"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
 
[[File:Saraswati f. Strassenpuja.JPG|thumb|right|200px|बसन्त पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा]]<section begin=अंश />
'''वसन्त पञ्चमी''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी [[सरस्वती]]को पूजा-आराधना गरिन्छ । यो पूजा पूर्वी [[भारत]] र [[नेपाल]]मा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदांगवेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव [[चैत्र]]मास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण [[माघ]] [[शुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]मा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमीकै दिन तथा लौकिक पञ्चांग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ [[माग]] २७ गते तदनुसार सन् २०१९ [[फेब्रुअरी]] १० तारिकका दिन परेको छ । <section end=अंश />
प्राचीन भारतवर्षमा प्रसिद्ध वेदांगवेदाङ्ग ज्योतिष अनुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ [[अयन]], एक अयनमा ३ [[ऋतु]], एक ऋतुमा २ [[महिना]], एक महिनामा २ [[पक्ष]] र एकमा १५ दिन हुने र एक दिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ । वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन् । [[वसन्त ऋतु|वसन्त]] सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ॠतु हो । जब फूलहरूमा बहार हो, [[जौ]] र [[गहूँ]]का बालीहरू लहलहाउँछ । [[आँप]] आदीका रुखहरूबाट नयाँ पालुवा पलाउँछ । पुष्पबाट सुगन्ध फैलिन्छन् र चारैतिर रंग-बिरंगी [[पुतली]]हरू उड्नथाल्छन । [[कोइली|कोकिल]] कुहु कुहु गर्दछन् । यो बेलामा पहिला राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो । शुक्ल [[यजुर्वेद]] शतपथ- २॥१॥३॥४ मा "ब्राह्मणो वसन्ते अग्नी आदधीत)" भनेर वसन्तमा ब्रह्मवेत्ता ऋषिहरूले अग्निध्यान गरे भनिएको छ । [[माघ]] महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदांगवेदाङ्ग ज्योतिषको वैदिक तिथिपत्र अनुसार मधु(सायन चैत्र) महिनाको [[पञ्चमी]] तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा [[विष्णु]]र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ ।
 
==आरम्भ==
पङ्क्ति ३९:
==नेपालमा सरस्वती पूजा==
सरस्वतीका प्रसिद्ध पीठहरू मध्ये [[काठमाडौं उपत्यका]]मा जय वागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, [[भक्तपुर जिल्ला]]को थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ।
श्रीपञ्चमीका दिन [[कामदेव]] र [[रति|रती]]को पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्त राग गाउने पनि चलन रहेको छ। प्राचीन कालमा नेपालमा वेदांगवेदाङ्ग ज्योतिषका आधारमा काल गणना गरिन्थ्यो | लसायन मकर संक्रान्तिको नजिक पर्ने शुक्ल पक्ष प्रतिपदाबाट वेदोक्त तपोमास(आर्तव माघमास) मानिन्थ्यो | प्रत्यक्ष सौर उत्तरायण आरम्भ हुने दिनबाट सौरवर्ष आरम्भ मानिन्थ्यो | यसो हुँदा पनि उत्सवहरू चान्द्रवर्षका आधारमा मानिन्थ्यो | पछि निरयणवादको अवधारणा विकशित भयो| वैदिक ज्योतिष गणितबाट सिद्ध जो दृक्सिद्ध सायनवादलाई पाखा लगाउने काम भयो | यही सायन र निरयणको तालमेल मिलाउन न सक्दा आज माघै महिना मै वसन्त पञ्चमी पर्व आउने भयो वैदिक काल गणनाका आधारमा चान्द्र वर्ष मान्दा आज पनि वसन्त ऋतु मै वसन्तपञ्चमी आउने गर्दछ | चान्द्रऋतु क्रममा दोस्रो ऋतु वसन्त आगमनको पाँचौं दिनलाई उत्सवको रूप दिन तथा शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ। लगभग २००० वर्ष यताको काल गणनाको विग्रँदो स्थिति अँझै न सुधार्ने हो भने पछि गएर दुई ऋतुको फरक पारी वसन्तोत्सव मनाउने दिन न आउला भन्न सकिदैन| वर्तमान सरकारी पञ्चांग निर्णायक समितिद्वारा निर्णित तिथि मिति करीव एक महिना जति फरक परेको वास्तविकता त नेपाल सरकारले पर्वसुधार आयोग गठन गरी पर्व सुधार गरेर क्यालेणडर निर्माण गरी प्रचार प्रसार गरेको कुराबाट पनि बुझ्न सकिन्छ | अब यस तर्फ सबैको घ्यान जानु जरुरी छ| काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्त राग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमीलाई मानिन्छ ।
 
==चीत्रदिर्घा==
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित