"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २१:
 
==आरम्भ==
सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञआज्ञा अनुसार [[ब्रह्मा]]ले जीवहरूको, विशेष गरि मनुष्य योनिको रचना गरे । आफ्नो सृष्टिसित उनी खुशी थिएनन् । उनलाई केही कमीकमि भएको भान हुन्थ्यो । जसको कारण चार तिरचारेैतिर मौनता छाएको थियो । विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । पुराणहरू अनुसार [[कृष्ण|श्रीकृष्ण]]ले सरस्वती सित खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारत र नेपाल का धेरै भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ । यस सम्बन्धमा मिथक पुराणहरूमा यस्तो भेट्टाइन्छभेटिन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन् । यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन् । यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोक जीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ । यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ । हातको अघिल्लो भागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।
 
===पौराणिक महत्व===
यसका साथै यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरूको स्मरण गराउँछ । सर्वप्रथम ता यसले [[त्रेता युग|त्रेता]] युगमा [[रावण]]द्वारा [[सीता]] हरणपछि [[श्रीराम अवतार|श्रीराम]] उनको खोजीमा दक्षिणतर्फ बढेका थिए । यसमा जुन स्थानहरूमा उनी गए, तिनमा दंडकारण्य पनि थियो । यहींयही [[शवरी]] नामक तपस्विनी रहन्थिन् । जब राम उनको कुटीमा पुगे, उनले सुध-बुध हराई र चाखेर मीठा [[बयर]] फल रामलाई खुवाउन लागिन् । प्रेममा जुठा बयरहरू खुवाइएको यस घटनालाई रामकथाका सबै गायकहरूले आ-आफ्नो ढंगमा प्रस्तुत गरेकाछन् ।
दंडकारण्यको त्यो क्षेत्र अचेल [[गुजरात]] र मध्य प्रदेशमा फैलिएकोछ । गुजरातको डांग जिल्लामा त्यो स्थान छ जहाँ शबरी माताको आश्रम थियो । वसन्त पञ्चमीको दिन नैं राम त्यहाँ पुगेका थिए । त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरूको विश्वास छ कि श्रीराम आएर त्यहीं बसेका थिए । त्यहाँ शबरी माताको मन्दिर पनि छ ।
 
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित