"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०५:
मृगौला प्रत्यारोपण भनेको अन्तको चरणको मृगौला रोग भएको बिरामीको शरिरबाट बिग्रिएको मृगौला झिकेर त्यसको ठाउँमा स्वस्थ मृगौला राख्नु हो।मृगौला प्रत्यारोपणलाई रेनल प्रत्यारोपण पनि भनिन्छ।अंगदाताको स्रोतको आधारमा मृगौला प्रत्यारोपण सामान्यतया मृत दाता वा जीवित दाताको रुपमा वर्गीकृत गरिएको छ।अन्त चरण रेनल रोगको उत्तम बिकल्पको रुपमा मृगौला प्रत्यारोपणलाई लिन सकिन्छ।प्राय: मिर्गौला असफलताको लागि डायलेसीसको तुलनामा मृगौला ट्रान्सप्लान्टलाई राम्रो उपचार मानिन्छ। मिर्गौला ट्रान्सप्लान्टले बिरामीलाई राम्रो महसुस गर्न र लामो समयसम्म बाँच्न मद्दत पुर्याउँछ। खान र पिउन मिल्ने कुराहरुमा सीमितताहरू भएकोले बिरामीले प्रयारोपण पछि खानपिनमा ध्यान पुर्याउन अति आवश्यक छ।वस्तवमा मिर्गौला प्रत्यारोपण सफल भएमा बिरामीले रोग लाग्नु अघि जस्तो जीवन बिताउन सक्छ। अध्ययनले देखाए अनुसार मृगौला ट्रान्सप्लान्ट भएका मानिसहरू डायलिसिसमा बस्ने मानिस भन्दा लामो समयसम्म बाँच्दछन्। मृगौला प्रयारोपणको केहि नराम्रो पक्षहरु पनि छन्।शल्यक्रियाको क्रममा बिरामीको ज्यान जिखिममा रहन्छ ।शरिरमा राकेको नयाँ मृगौलालाई शरिरले आक्रमण गर्न नसकोस् भनेर शल्यक्रियापछि बिरामीलाई प्रतिरोध शक्ति घटाउने औषधि दिइन्छ जसको कारणले बिरामीलाई अरु रोग लाग्ने सम्भावना धेरै हुन्छ।
 
शरिरमा दान गरिएको मृगौला राख्दा बिग्रिएको मृगौला निकालिँदैन,नयाँ मृगौला बिरामीको तल्लो पेटमा राखिन्छ जहाँबाट महत्त्वपूर्ण रक्त वाहिकाहरू र मूत्राशयसंग जोडिन सजिलो हुन्छ।शल्यक्रिया गर्न लगभग ४घण्टा लाग्छ।यदि जिवित व्यक्तिले दान गरेको मृगौला राकेको हो भने मृगौलाले चाँडै काम गर्न थाल्छ भने मरिसकेको शरिरबाट निकालेको मृगौलाले २ देखि ४ हप्ता अथवा त्यो भन्दा धेरै समयपछि मात्रै काम गर्न शुरु गर्छ।मृगौला प्रत्यारोपण गर्नको निम्ति पहिले बिरामीको नाम प्रतिक्षा सूचीमा राखिन्छ र बिरामीलाई मिल्ने मृगौला नपाएसम्म बिरामीले डायलिससलाई नै निरन्तरता दिनु पर्छ।शल्यक्रियाको लागि मृगौला निकाल्ने र राख्ने एकै दिन गरिन्छ।गरिन्छ।मृगौला दाता र बिरामीको मृगौला विभिन्न पक्षहरुबाट मिल्नुका साथै रक्त समूह पनि मिल्न उरुरि छ।
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित