"लक्ष्मी गिरी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''लक्ष्मी गिरी''' कलाकार हुनुहुन्छ । उहाँ [[नेपाली]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथली]] र [[नेपाल भाषा]] (नेवार समुदायको भाषा) चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिला कलाकार पनि हुनुहुन्छ । उहाँको जन्म २०११ माघ ६ मा [[काठमाडौं]]को [[पशुपति]] क्षेत्र, [[देवपत्तन]] मा भएको हो । उहाँका पिताको नाम मुक्तिनाथ पौडेल र माताको नाम उजेली अधिकारी हो । उहाँ एक्लो सन्तान हो । लक्ष्मीले एक सयभन्दा बढी [[चलचित्र]]मा अभिनय गर्नुभएको छ । उहाँलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखिसकिएको छ । मदनकृष्ण र हरिवंशको नाटक [[विज्ञापन]] को कूल ३ सय ८९ प्रदर्शनमा उहाँले २ सय ८९ पटक अभिनय गर्नुभएको छ । यसबाहेक उहाँले अभिनय गरेका नाटकको संख्या धेरै छ । 'विज्ञापन' नाटककै प्रदर्शन र अन्य कार्यक्रमसहित उहाँले [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का ३५ राज्य, [[बेलायत]]का ३ राज्य, [[हङकङ]]का धेरै भाग, [[भारत]] आदि देश देख्ने मौका पाउनुभएको छ । कलाकारिताबाहेक उहाँले २०२८ देखि २०५१ सालसम्म [[नेपाल राष्ट्र बैंक]]को जागिरे भएर बिताउनुभयो । बैंकको सहायक पदमा कार्यत हुँदा २०३८ सालमा बैंकको रजतजयन्तीका अवसरमा प्रदर्शित नाटकमा उत्कृष्ट प्रदर्शन गरेवापत दुई ग्रेड वृद्धि भयो । २०४२ सालमा [[नेपाल टेलिभिजन]]को औपचारिक प्रसारण सुरु भएयता निरन्तर नेटीभीमा अभिनय गर्ने महिलाकलाकार उहाँमात्रै हुनुहुन्छ । उहाँको पहिलो टेलिश्रृंखला [[अप्रील फर्स्ट]] हो । उहाँ साहित्यमा पनि रुचि राख्नुहुन्छ ।<ref name=kanti>[http://koirala.com.np/?p=11466| लक्ष्मी गिरी सानो छँदा], कान्तिपुर.</ref>
 
डेढ दर्जन विज्ञापन,आधा दर्जन मेगा टेलिश्रृंखला,६ सयभन्दा बढि लघु टेलिश्रृंखलामा अभिनय गर्नुभएको गिरीले डेढसय भन्दा बढी फिचर फिल्ममा काम गर्नुभएको छ। उहाँलाई अहिले पनि धेरैले 'छुच्ची आमा'को भूमिका दिदै आइरहेको छ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/लक्ष्मी_गिरी" बाट अनुप्रेषित