"सुभद्रा अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''सुभद्रा अधिकारी''' बरिष्ठ नेपाली कलाकार हुन्। वि.सं.२००३ सालमा काठमाडौंको[[काठमाडौं]]को असनमा जन्मे, हुर्केकी अधिकारीले कलाकारिता क्षेत्रमा नै आफ्नो जीवन अर्पेर उदाहरण बनेकी छिन्। बुवा डिठ्ठा बलराम र आमा नुरादेवीकी सुपुत्री सुभद्राले सयौँ नेपाली चलचित्रमा अभिनय गरेकी छिन्। उनी परिवारकी एक्ली छोरी थिइन्। उनले आफ्नो प्रतिभालाई पारिवारिक वातावरणमा नै उजागर गरेकी थिइन्। उनकी आमा पनि गायिका थिइन्। पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी उनले ६ वर्षकी छँदा नेवारी नाटक 'कचिमचा' (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन्। बाल्यकालबाटै रगंमञ्चमार्फत अभिनय यात्रा शुरु गरेकी अधिकारीको पहिलो चलचित्र [[[[मनको बाँध (चलचित्र)|मनको बाँध]]]] हो। यसरी नेपाली चलचित्रमा यात्रा शुरु गरेकी अधिकारीले [[चिनो (चलचित्र)|चिनो]], [[कन्यादान (चलचित्र)|कन्यादान]], [[वासुदेव (चलचित्र)|बासुदेव]], [[बाटो मुनिको फूल (चलचित्र)|बाटो मुनिको फूल]], मुनामदनजस्ता चर्चित नेपाली चलचित्रमा अभिनय गरेकी छिन्।<ref>{{cite web|url=http://bhaktapurnews.com/%E0%A4%AE%E0%A4%A8%E0%A5%8B%E0%A4%B0%E0%A4%9E%E0%A5%8D%E0%A4%9C%E0%A4%A8/53071|title=मनोरञ्जन| access-date=January 19, 2020}}</ref>
 
उनी नेपाली चलचित्रको साथसाथै टेलिफिल्म र नाटककी पनि अब्बल कलाकार हुन्। सुभद्रा अधिकारी एक कुशल नृत्याङ्गना समेत हुन्। अन्य नेपाली चलचित्रहरु जीवनरेखा,बदलिदो आकाश,पिरती,माया प्रीति,भाउजू,मंगलसूत्र,[[बेहुली (चलचित्र)|बेहुली]],बसन्ती,कर्जा,सौभाग्य,चोर सिपाही,स्वर्ग,[[कन्यादान (चलचित्र)|कन्यादान]],काठमाण्डु,दशगजलगायत करिब सय फिल्मका विभिन्न भूमिका अभिनय गरेर दर्शकको मन जित्दै आएकी सुभद्राको विशेष पहिचान अभिनेता सुनिल थापालाई राते काँइलाका रुपमा चिनाउने फिल्म [[चिनो (चलचित्र)|चिनो]]मा 'लेडी हिरो'को भूमिकाबाट बन्यो।