"नेपालको एकीकरण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
'''नेपालको एकीकरण''' प्राचीन हिमालय क्षेत्रको चौबिसी [[गोरखा राज्य]]ले गरेको सैनिक अभियान थियो । राजा [[पृथ्वीनारायण शाह]] तथा उनका वंशज एवं विभिन्न गोरखाली भारदारहरूले पश्चिममा वर्तमान हिमाञ्चल प्रदेशको सतलज नदी देखि सिक्किमसम्म भूभागहरू विजय गरेका थिए । वि.सं. १८०१ मा भएको नुवाकोटको युद्ध देखि वि.सं. १८६१ मा भएको काँगडाको युद्ध सम्म नेपाल एकीकरणकाल रह्यो । केही विचारधाराका अनुसार गोरखालीले नेपालको एकीकरण नगरी गोरखा राज्यको विस्तार मात्र गरेको हुन् । तर इतिहासकार [[बाबुराम आचार्य]]का अनुसार उक्त सैनिक अभियान गोरखाली राज्यको विस्तार मात्रै नभै नेपालकै एकीकरण भएको हो ।
 
==नेपाल कब्जाएकिकरण==
 
नेपाल राज्य त पहिलेदेखि नै थियो, तर त्यो अहिलेको आकारमा थिएन । नेपालको अस्तित्व पाकिस्तान तथा बंगलादेशको भन्दा पहिलेदेखिको हो । यसको अस्तित्व सम्भवतः भारतभन्दा अघिको हो । करिब अहिलेको काठमाडौं उपत्यकालाई किरातकाल अर्थात करिब ईपू १० औँ/११ औँ शताब्दीदेखि नै नेपाल नामले चिनिन्थ्यो । १८ औँ शताब्दीको उत्तरार्धसम्म अहिलेको नेपालको आकारभित्र स्वतन्त्र अस्तित्वमा रहेका अनगिन्ती ससाना राज्य अस्तित्वमा थिए ।