"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
'''नुवाकोट बिजय'''
 
नुवाकोट काठकाण्डौ उपत्यका नजीकै उत्तर पश्चिममा पर्ने रणनितीक महत्वको ठाँउ हो। र त्यतीबेला यो काठकाण्डौ अधिराज्य अन्तर्गत थियो। पृथ्वी नारायण शाह का बावु राजा नरभुपाल शाहले आक्रमण गरी असफल भएका थिए तसर्थ [[पृथ्वीनारायण शाह|पृथ्वी नरायण शाह]]को पहिलो ध्यान नुवाकोट माथि नै गयो। पृथ्वी नरायण शाहको पहिलो प्रयास भए पनि गोर्खाली राजा हरूको नुवाकोट माथीको यो तेस्रो प्रयास थियो, यो प्रयासका सेना नायक [[काजी कालु पांडे]] थिए उनले राती नुवाकोटे हरू निदाइ रहेको बेलामा आक्रमण गरी त्याहाँ का सुरक्षा कर्मीले पत्तै नपाउने तथा प्रत्याक्रमण समेत गर्न नसक्ने गरी नुवाकोटको रणनितीक महत्वको माहामन्डल कब्जा गरीदिए। नुवाकोटका कमान्डर संख मणी रानाले घाइते नुवाकोटे सैनीकलाई प्रत्यक्रमणका लागि प्रोत्साहीत गरे तर त्यो प्रत्याक्रमणमा उनी आफै घाइते भइ [[दलमर्दन शाह]] (दल मर्दन पृथ्वी नरायणका भाइ त्यति बेला १३ वर्षका मात्र थिए)लाई ललकार्न थाले अन्तत दलमर्दनले उनको टाउको छिनाली दिदा मारिन पुगे।
 
[[काजी कालु पांडे|कालु पाण्डे]]को योजना सफल रहयो महदम किर्ति शाह (पृथ्वी नारायणका अर्का भाइ)ले नेतृत्व गरेको अर्को गोर्खाली टोलीले धरमपानी सर गर्दै अगाडि बढ्यो लडाईं नुवाकोट का रक्षक हरूलाई नमार्दा अथवा नभगाउदा सम्म जारी रह्यो। संखमणी मरेको हावा चल्ने बित्तीकै रक्षक हरू लडन भन्दा बेलकोट तिर पछि हटन थाले।काजी कालु पाण्डे एक सानो गोर्खाली फौजको टोली लिएर नुवाकोट पुगे। महदम किर्ति शाह पनि [[पृथ्वीनारायण शाह]] संगै नुवाकोट पुगे र [[नुवाकोट जिल्ला|नुवाकोट]] किल्ला भित्र पसे र नुवाकोटलाई गोर्खा राज्यमा मिलाईयो, नुवाकोटको बिजय नै नेपाल एकिकरण अभियानको पहिलो खुडकिलो बन्नपुग्यो।