"मद्रासी खैरो लङ्गुर" का संशोधनहरू बिचको अन्तर

थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
== शारीरिक विवरण ==
 
मदरासी खैरौ लङ्गुर एक प्रजातिको खैरो लङ्गुर हो जसको एक वयस्क भाले लङ्गुरको टाउको देखि पुच्छरको माथिल्लो भागको लम्बाई ५५ देखि ८० सेमी (२२ देखि ३१ इञ्च) हुन्छ भने यस प्रजातिको लङ्गुरको पुच्छरको कुल लम्बाई ७५ देखि ९० सेमी (३० देखि ३५ इञ्च) हुन्छ भने एक वयस्क मदरासी खैरो लङ्गुरको अौसत तौल ११ देखि २० किग्रा (२४ देखि ४४ पाउण्ड) हुन्छ।<ref name=MSL>{{cite book|author=Yapa, A.|author2=Ratnavira, G.|year=2013|title= Mammals of Sri Lanka |publisher=Field Ornithology Group of Sri Lanka |location= Colombo |pages= 1012|isbn= 978-955-8576-32-8}}</ref> यस प्रजातिको लङ्गुरको भाले पोथी भन्दा हल्का ठूलो हुन्छ। दक्षिणपूर्वी भारतमा पाइने यस प्रजातिको लङ्गुरको आकार तथा वजन श्रीलङ्कामा पाइने यही प्रजातिको लङ्गुरको भन्दा हल्का ठूलो हुन्छ। श्रीलङ्कामा बसोबास गर्ने लङ्गुरको आकार तथा वजनमा कमी भएतापनि यी प्रजातिहरू श्रीलङ्काका सबैभन्दा ठूलो लङ्गुरका प्रजातिहरू हुन्छ।<ref>Roonwal, M. L. (1981). ''Intraspecific variation in size, proportion of body parts and weight in the Hanuman langur, Presbytis entellus (Primates), in south Asia, with remarks on subspeciation''. Rec. Zool. Surv. India, 79, 125-158.</ref>
 
श्रीलङ्कामा पाइने यस प्रजातिको लङ्गुरको शरीरको माथिल्लो भाग खैरो देखि खैरौ तथा खरान रङ्ग मिसिएको जस्तो देखिन्छ भने यस्तो शरिरिक रङ्ग उमेरसँगै गाढा हुँदै जान्छ। यस लङ्गुरको श्रीलङ्काली उपप्रजातिको शरीरको तल्लो भाग हल्का खैरो रङ्गको हुन्छ।<ref>Vandercone, R. (2011). ''Dietary Shifts, Niche Relationships and Interspecific Competition in Sympatric Grey Langur (Semnopithecus entellus) and Purple-faced Langur (Trachypithecus vetulus) in Sri Lanka''. PhD Thesis, Department of Anthropology; University of Washington.</ref> यस प्रजातिको लङ्गुरको टाउकोमा हल्का उच्च भाग हुन्छ जसलाई टाढैबाट नियाल्न सकिन्छ। यस प्रजातिको लङ्गुरको हात तथा खुट्टाको रङ्ग खैरो रङ्गका हुन्छ।
 
== बासस्थान ==