"पोकली झरना" का संशोधनहरू बिचको अन्तर

Reverted 2 edits by 27.34.13.151 (talk). (ट्विङ्कल)
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पोकली झरना''' [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्रको [[सगरमाथा अञ्चल]], [[ओखलढुङ्गा जिल्ला|ओखलढुंगा जिल्ला]]को [[पोकली]] गाविसमा अवस्थित नेपालको दोस्रो अग्लो झरना हो । यो झरना करिब १३० मिटर<ref name=kanti/><ref name=aus>{{cite web|title=ओखलढुङ्गामा पकोली झरना महोत्सव शुरु |url=http://www.ausnepalnews.com/index.php?action=news&newsId=1863|publisher=ausnepalnews.com}}</ref> अग्लो छ । [[लिखु खोला]]को उत्तरपूर्वबाट झर्ने यो झरनानजिकै पर्ने घना जंगलले ढाकेको गौरी वन पोकलीको अर्को आकर्षण हो । खोलाको चट्टाने भागमा बजारिँदै झरेको पानीको बेग आनन्द दिने खालको छ । चट्टानमा पानी ठोक्किएर आकाशबाट पानी दर्किंदा समय-समयमा इन्द्रेणीसमेत लाग्छ यहाँ । झरनाको नजिकै पर्ने माधव मन्दिरले पोकली क्षेत्रलाई धार्मिक स्थलका रूपमा समेत चिनाएको छ । माधवलाई भगवान् शिवको पुरानो रूपसमेत मानिन्छ । ओखलढुंगाको सदरमुकामदेखि पश्चिममा पर्ने पोकली झरना पुग्न १२ घन्टे पैदल यात्रा गर्नुपर्छ । तर, राजधानी काठमाडौंदेखि सोझै पोकली झरना पुग्न भने करिब दुई सय किलोमिटरको दूरी पार गरेर एक घन्टा पैदल हिँड्नुपर्छ । काठमाडौंबाट [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रेपलाञ्चोक]], दोलखा, सिन्धुली, रामेछाप जिल्ला हुँदै पोकली झरना पुग्न सकिन्छ । <ref name=kanti>{{cite web|title=पुग्ने होइन पोकली?|url=http://www.ekantipur.com/nepal/article/?id=2312|publisher=ekantipur.com}}</ref>
 
==यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/पोकली_झरना" बाट अनुप्रेषित