"के-पप" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''के-पप''' (कोरियाल: 케이팝, '''कोरियन पप''' को लघु रुप) दक्षिण कोरियाबाट व...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
'''के-पप''' (कोरियाल: 케이팝, '''कोरियन पप''' को लघु रुप) दक्षिण कोरियाबाट विकास भएको सांगीतिक रुप हो । नब्बेको दशक बाट नै केपपको विकास हुदैँ आएपनि सन् २००० बाट चर्चित हुन आएको हो, जसअघि केपपको सट्टामा गायो (가요) शब्दको प्रयोग गरिन्थ्यो । केपप अन्तर्गत रक, ज्याज, गोसपेल, हिप हप, आर&बी, इलेक्ट्रोनिक डान्स, फोल्क, कन्ट्री पर्दछन् भने उक्त संगीतमा कोरियाली सांगीतिक झल्को पनि मिसिएका हुन्छन् । आधुनिक केपपको सन् १९९२ मा स्थापित श्रेय सेओ ताजी एन्ड बोइज् लाई जान्छ । विभिन्न शैली, पश्चिमा संगीत, र विविध सांगीतिक शैलीगत प्रयासले दक्षिण कोरियाको सागंतिक माहोललाई आधुनिक बनाउने प्रयास भएको थियो ।
 
सन् १९९६ को केटाहरूको हट नामक समुहको स्थापना बाट आधुनिक केपपलाई आइडल मान्ने संस्कृति विकास भएको हो । सन् २००३ पछि TVXQ र BOA जस्ता समुहले दक्षिण कोरियाको छिमेकी देश जापान लगायत विश्वमा नै चर्चा बटुल्न सुरु भयो, जुन आजसम्म पनि कायम रहेको छ ।
"https://ne.wikipedia.org/wiki/के-पप" बाट अनुप्रेषित