"बेल्ड एन्ड रोड इनिसिएटिभ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
तीब्र आर्थिक वृद्धि, आन्तरिक बजारको विस्तार र नवीन आविष्कारमार्फत् स्थापित भएको पुँजी र प्रविधिलाई दिगो बनाउन चीनले सन् २०१३ अक्टोबरमा बाह्य दुनियाँमा निस्किने रणनीतिक सोच अघि सार्‍यो।<ref>https://shilapatra.com/detail/4775</ref> पुरानो [[रेसम मार्ग|रेशम मार्ग]]सँग मिल्दोजुल्दो नक्सा पछ्याउँदै तर नयाँ ढंगले सामुद्रिक, भूमार्ग तथा हवाइ मार्गबाट आन्तरिक तथा बाह्य सम्बन्ध विस्तार गर्ने त्यही महत्त्वाकांक्षी योजना नै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ हो।<ref>https://www.bbc.com/nepali/news-47715957</ref> यसलाई चारवटा आयामबाट अघि बढाइएको छ। एक, पूर्वाधार विकासका लागि आवश्यक लगानी बैंक तथा वित्तीय व्यवस्थापन। दुई, विभिन्न मुलुकसँग सहकार्यका लागि मञ्च निर्माण। तीन, सन् २०२१ सम्म निर्माण गरिने परियोजनाहरूको विस्तृत प्रतिवेदन तयार। चार, सन् २०४९ सम्ममा सबै परियोजना निर्माण सम्पन्न गर्ने, जुन वर्ष [[चिनियाँ समाजवादी क्रान्ति]]को सय वर्ष पुग्दै छ।<ref>https://www.thenewsilkroadproject.com/the-new-silk-road</ref><ref>http://www.china.org.cn/china/third_plenary_session/2014-01/16/content_31212602.htm</ref>
==लागत==
आर्थिक उद्देश्यका निम्ति सबै प्रकारका सम्पर्क सञ्जाल, पूर्वाधार र पुँजीको एकीकृत र बहुराष्ट्रिय तवरमा विस्तार गर्नु यस अवधारणाको मूल अभीष्ट हो। यस सञ्जालभित्र रेल, तेल, विद्युतीय ऊर्जा प्रसारण, टेलिकम्युनिकेसन, सडक, हवाइ तथा जलमार्गको एकीकृत सञ्जाल पर्दछन्। यसभित्र हुने व्यापार व्यवसाय र कारोबारहरु आकलनकै क्रममा छन्। यस पहलका लागि पूर्वाधार बनाउन मात्र कति खर्च लाग्छ भन्नेमा विभिन्न आकलन गरिएका छन्। एउटा अध्ययनअनुसार यो महत्त्वाकांक्षीय परियोजना सम्पन्न गर्न ८ खर्ब अमेरिकी डलर खर्च हुनेछ। यसमध्ये १३ खर्ब डलर चीनले सन् २०२० देखि २०३० को बीचमा खर्च गर्नेछ। बाँकीयो रकम विश्व साझेदारीको ढाँचाबाट जुटाइनेछ।<ref>https://economictimes.indiatimes.com/news/international/business/backlash-could-cost-xi-jinpings-belt-and-road-800-billion-report-says/articleshow/71102781.cms</ref> [[एसियाली पूर्वाधार लगानी बैंक]] बहुराष्ट्रिय र बहुपक्षीय साझेदारीका माध्यमबाट वित्तीय स्रोत व्यवस्थापनको यस्तै एउटा उपकरण हो।
[[विश्व बैंक]]को अध्ययनले भने ५ खर्ब ७५ अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने देखाएको छ। यति रकमबाट यस अवधारणाले परिकल्पना गरेअनुसार ७० वटा बृहत् आर्थिक कोरिडोर विकास गर्न सकिनेछ।<ref>https://openknowledge.worldbank.org/bitstream/handle/10986/31878/9781464813924.pdf</ref><ref>https://www.csis.org/analysis/how-big-chinas-belt-and-road</ref>
==आलोचना==
चीनले आर्थिक विकासका ठूलाठूला सपना बाँडेर अविकसित वा अति कम विकसित मुलुकलाई सुरुमा ऋण लिन लगाउने, ऋण तिर्न नसकेपछि तिनको सम्पत्ति कब्जा गर्ने र क्रमश: सार्वभौमसत्तामै दख्खल दिन सक्नेसम्मका आशंका गर्दै यस अवधारणाको आलोचना गरेको पाइन्छ। नवउपनिवेशवादको अभ्यास र वातावरणीय असन्तुलन कायम गरी विश्वमा जलवायु परिवर्तनको कारक बन सक्ने भनेर पनि यसको टीकाटिप्पणी गरिएको पाइन्छ। यस्तै आलोचकमध्येको एक [[दक्षिण एसिया]]को अर्को उदीयमान आर्थिक शक्ति [[भारत]]ले चीनको यस रणनीतिमा प्रत्यक्षत: जोडिन इन्कार गरे पनि यसैको एक अंग [[एसियाली पूर्वाधार लगानी बैंक]]बाट सहुलियतपूर्ण ऋण लिएर पूर्वाधारमा लगानी गरिरहेको छ र यसरी ऋण लिने मुलुकको पंक्तिमा भारत अग्रस्थानमा छ।<ref>https://thediplomat.com/2019/09/fully-invested-india-remains-the-china-led-aiibs-biggest-borrower/</ref>